menu

ताजा समाचार

नेकपा (बिप्लव)का केन्द्रीय नेताहरू पक्राउ

अनलाइन 'इः रातोखबर’ अनुसार नेकपा (बिप्लव) का दुई जना केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’, रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढा र सहिद परिवार सदस्य लालबहादुर ओली ‘विश्व’ लाई यही वैशाख ६ गते दाङ जिल्लाको तुलसीपुर नगरपालिका र रोल्पाबाट ओली सरकारले पक्राउ गरेको छ । चूडामणि ओली ‘आदर्श’ जनयुद्धकाल देखिकै रोल्पाका पुराना नेता हुन् भने चन्द्रबहादुर खड्का ‘असल’ नेकपा (बिप्लव) का जुझारु युवा नेताका रूपमा जानिन्छन् । सो अनलाइनका अनुसार पक्राउ गरिएकाहरूलाई कहाँ राखिएको छ भन्ने कुरा थाहा हुन सकेको छैन ।

नेकपा (बिप्लव) माथि प्रतिबन्ध लगाएपछि ओली सरकारले सो समूहमाथि देशव्यापी रूपमा राज्यआतङ्क मच्चाएको छ र व्यापक धरपकड गरेको छ । यसरी पक्राउ पर्नेमा लेखक, पत्रकार, तथा सामान्य समर्थकहरू  पनि रहेका छन् । सो समूहमाथि लगाइएको प्रतिबन्धको चौतर्फी विरोध भएको छ । प्रतिबन्धको विरोध गर्दै  कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका समूह तथा सङ्गठनहरूले यथा शीघ्र प्रतिबन्ध हटाउन माग गरेका छन् ।



भिडियो फिचरview all