menu

ताजा समाचार

माओवादीको एम्बुसमा परेर भारतीय जनता पार्टीका विधायकसहित ५ प्रहरीको मृत्यु

भारतमा यही अप्रिल ११ तारिखदेखि हुन लागेको लोकसभा निर्वाचनलाई सक्रिय रूपमा बहिष्कार गर्ने आह्वानसहित प्रचारात्मक तथा फौजी माध्यममार्फत वहिष्कार अभियानलाई तीव्र बनाइरहेको भाकपा (माओवादी) ले थापेको एम्बुसमा परेर सत्ताधारी पार्टी भारतीय जनता पार्टीका विधायक  भीमा माण्डवीसहित अन्य ५ जना सुरक्षा फौजको मृत्यु भएको छ ।

 पहिलो चरणको निर्वाचनमा परेको छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लाको  श्याम गिरी क्षेत्रमा भएको सो घटनामा अन्य ५ जना सुरक्षा फौजका सदस्य मरणासन्न अवस्थामा रहेको कुरा पनि भारतीय समाचार माध्यमले जानकारी गराएका छन् । चुनावप्रचारको क्रममा अघिपछि प्रहरीको सुरक्षासहित हिँडेकाविधायक माण्डवी  अप्रिल  ९ तारिखका दिन बेलुका ४.३० बजे एम्बु्समा परेका हुन् । एम्बुसमा सो गाडी निकै माथि हावामा उडेका कारण एम्बुस शक्तिशाली भएको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।

छत्तिसगढ राज्यको दन्तेवाडा जिल्ला भाकपा (माओवादी) राम्रो पकड भएको जिल्ला मानिन्छ र विगतका वर्षहरूमा पनि यहाँ माओवादी पार्टीका कामकारवाहीहरू सफलता साथ सम्पन्न  भएका छन् । स्मरण रहोस्, ४  दिनअघि मात्र माओवादीले थापेको एम्बुसमा परेर छत्तीसगढ राज्यको बस्तर जिल्लामा अर्धसैनिक बल बोर्डर सेक्युरिटी फोर्सका असईसहित ५ जनाको मृत्यु भएको थियो ।

भिडियो फिचरview all