menu

ताजा समाचार

माओवादी पार्टीहरू भेनेजुयलाका जनतालाई भन्छन्ः विश्वका सर्वहारा र उत्पीडित जनता तपाईँहरूका साथमा छन्

ल्याटिन अमेरिकी मुलुक भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपलाई लिएर नेपाललगायत विश्वभरिका साम्राज्यवाद विरोधी पार्टीहरू तथा न्यायप्रेमी जनताले आवाज उठाइरहेको अवस्थामा ल्याटिन अमेरिकाका ६ वटा माओवादी पार्टी तथा सङ्गठनहरूले हालै एक वक्तव्य प्रकाशित गरी भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपको तीव्र निन्दा तथा भ्रत्र्सना गरेका छन् ।  अहिलेको विश्व परिस्थिति, ल्याटिन अमेरिकाको स्थिति, भेनेजुयलाका जनता र क्रान्तिको बाटोको सम्बन्धमा लामो व्याख्या गरिएको सो वक्तव्यको आरम्भ ‘विश्वभरिका क्रान्तिकारीहरू एकजुट होऔँ !’ बाट गरिएको छ ।

 ‘हामी भेनेजुयलाका जनतामाथि याङ्की साम्राज्यवादी हस्तक्षेपप्रति तीव्र वर्ग घृणा प्रकट गर्छौँ’ शीर्षक रहेको सो वक्तव्यको आरम्भमा “विश्वका जनताको एक नम्बर दुस्मन महाशक्तिका नाममा विश्वमाथि प्रभुत्व कायम गर्न उद्यत् अमेरिकी साम्राज्यवादप्रति तीव्र घृणाका साथ अन्तर्राष्ट्रिय सर्वहाराको पक्षमा  आफ्नो भूमिका प्रस्ट पार्दे भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपका विरुद्ध उभिन्छौँ” भनिएको छ ।  त्यसै गरी ''‘अधिनायकत्व’,'प्रजातन्त्र र स्वतनत्रता’ का नाममा सैन्य आक्रमण गरेर भेनेजुयलाका जनतामाथि याङ्की साम्राज्यवाद उपनिवेशवादी दासत्व थोपर्न खोजिरहेको छ” भनिएको छ । वक्तव्यमा “हतियार नभएर जनता र विचार प्रधान  पक्ष भएकाले सबै साम्राज्यवादीहरू कागजी बाघ हुन् र उनीहरू विरुद्धको सङ्गठित प्रतिरोध नै मूल हतियार हो र मादुरो सरकारका सामु जनताको एकताको जगमा उभिएर प्रतिरोधमा उत्रिनु नै एक मात्र बाटो हो ।'' भनिएको छ   ।  वक्तव्यमा थप भनिएको छ : '' अवश्य पनि तपार्इँहरू भेनेजुयलाका वीर जनता यो सङ्घर्षमा एक्लो हुनुहुन्न ।  विश्वका सर्वहारा र उत्पीडित जनता तपाईहरूका साथ एक जुट भएका छन्”, भनिएको छ । 

वक्तव्यमा अगाडि भनिएको छ  : “तपाईँहरूलाई अमेरिका, क्यानडा, युरोप एसियाजसता साम्राज्यवादी मुलुकका जनताका साथै  ल्याटिन अमेरिका, एसिया , अफ्रिकाका समस्त उत्पीडित जनताको साथ छ । भेनेजुयला र ल्याटिन अमेरिकी जनतामाथि याङ्की साम्राज्यवादले प्रत्यक्ष हमला गर्नुअघि जनता अझ सङ्गठित भएर, जनयुद्धलाई थप प्रभावकारी बनाएर साम्राज्यवादी आक्रमणको सामना गर्नु आवश्यक छ ।

अन्त्यमा निम्नलिखत नाराका साथ वक्तव्यलाई टुङ्ग्याइएको छ :

भेनेजुयला र ल्याटिन अमेरिकी मुलुकहरू याङ्की साम्राज्यवादीहरूका लागि चिहान बन्नेछन् ! 
भेनेजुयलाका जनता भ्रमबाट मुक्त छन्  र प्रतिरोधको तयारीमा छन् ! 
साम्राज्यवादसहित सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् ! 
याङ्की साम्राज्यवाद विरुद्ध विश्वका जनताको सङ्घर्षले विजय प्राप्त गर्नेछ ! 

यसरी हस्ताक्षर गर्ने पार्टी तथा सङ्गठनहरूमा : 

१. कम्युनिस्ट पार्टी अफ इक्वेडर–रेड सन 
२.मोभिमियन्तो पपुलर पेरू (रिअर्गनाइजेसन कमिटी), 
३.कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड  फ्र्याक्सन)
४. रेड फ्र्याक्सन अफ द कम्युनिस्ट पार्टी अफ चिली 
५. माओइस्ट अर्गनाइजेसन फर द रिकन्सटिच्युसन अफ द कम्युनिसट पार्टी अफ कोलम्बिया 
६.बिल्डिङ कमिटी अफ द माओइस्ट कम्युनिस्ट पार्टी अफ गालिजिया रहेका छन् । 
भिडियो फिचरview all