menu

ताजा समाचार

हिन्दू फासिवादी शक्तिहरू र सत्ताका विरुद्ध एक जुट हुन भाकपा (माओवादी) को आह्वान

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले हालै  जारी गरेको वक्तब्यमा यही जनवरी २५ देखि ३१ सम्म प्रतिरोध सप्ताह मनाउने र सो को अन्तिम दिन ३१ जनवरीका दिन ‘भारतबन्द’ को निर्णय गरेको कुरा उल्लेख गरेको छ । वक्तव्यमा हिन्दू फासिवादी सत्ताका विरुद्ध सम्पूर्ण जनवादी-क्रान्तिकारीहरू, प्रगतिशील तथा देशभक्त शक्तिहरूका साथै सम्पूर्ण उत्पीडित तह र तप्कालाई एकताबद्ध भएर अघि बढ्न पनि अनुरोध गरिएको छ । पार्टीका प्रवक्ता अभयका नाममा जारी वक्तव्यमा भनिएको छ :

“मुलुकका सबै क्रान्तिकारी, जनवादी, धर्मनिरपेक्ष, प्रगतिशील र  देशभक्त शक्तिहरू र उत्पीडित जनसमुदायका सबै तह र तप्का ब्राम्हणवादी हिन्दू फासिवादी शक्ति र त्यसको सरकारद्वारा प्रस्तुत चुनौतीको सामना गर्न एकै ठाउँमा आउनु नै अहिलेको समयको आवश्यकता  हो । हामीहरू एकताबद्ध हुन ैपर्छ र हिन्दूत्ववादी आक्रमण विचारधारात्मक, राजनीतिक, सैन्य र सांस्कृतिक सबै किसिमका रूपहरूका साथै ‘समाधान’ र ‘नयाँ भारत” का  विरुद्ध दृढताका साथ लड्नै पर्छ  । हामीले देशव्यापी रूपमा साम्राज्यवाद विरोधी, सामन्तवाद विरोधी, फासिवाद विरोधी  सङ्घर्षलाई घनीभूत पार्दै सबै मोर्चाका रङ्गीविरङ्गी फासिवादीहरूको प्रतिरोध गर्नुपर्छ र तिनलाई पराजित गर्नुपर्छ । यसै उद्देश्यका साथ हाम्रो पार्टी मुलुकको समग्र क्रान्तिकारी–जनवादी क्याम्प तथा जनताको ठूलो हिस्सालाई हिन्दुवता शासक गुटको ‘समाधान’ नामको आक्रमणकारी योजनाका विरुद्ध हामीले मनाउन थालेको २५ देखि ३१ जनवरी २०१९मा मनाउन थालेको प्रतिरोध सप्ताह र ३१ जनवरीको भारतबन्दलाई  सहयोग प्रदान गरेर सफल बनाउन आह्वान गर्दछ ।”

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ

प्रतिक्रान्तिकारी आक्रमणका विरुद्ध २५ देखि ३१ जनवरीसम्म प्रतिरोध सप्ताह मनाऔँ !
३१ जनवरी २०१९ मा आयोजित भारतबन्द सफल पारौँ !
सङ्घर्षका सबै रूपहरूको  प्रयोग गर्दै ब्राम्हणवादी हिन्दू फासिवादका विरुद्ध लड्न एक जुट होऔँ !


गत वर्ष गृहमन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको ‘माओवादी प्रभावित’ राज्यहरूका मुख्यमन्त्रीहरू, उच्च नोकरसाहहरू,  प्रहरी, अर्धसैनिक बल र  खुपिया अधिकारीहरूको बैठकमा मोदी सरकारले ‘समाधान’ नामको प्रतिक्रान्तिकारी योजना अघि सारेको थियो । सो योजना जनमुक्ति छापामार सेनाले आम जनताको सहभागितामा ‘अप्रेसन ग्रिन हन्ट’ (ओजिएच)  का विरुद्ध प्रत्याक्रमणको अभियानलाई तीव्र पारेपछि, खास गरेर सुकमा जिल्लाको बुर्कापाल क्षेत्रमा भएको प्रतिरोध आक्रमणपछि उसले यो योजनाको थालनी गरेको थियो ।

‘समाधान’ योजनाको थालनी सन् २००९ मा काङ्गे्रसको नेतृत्वमा युपिए सरकारले आरम्भ गरेको ‘अप्रेसन ग्रिन हन्ट’ को लज्जास्पद पछि हटाइ र अहिले बिजेपीको नेतृत्वमा रहेको एनडिए सरकारले त्यो भन्दा बढी आक्रामक प्रतिक्रान्तिकारी अभियानको थालनीको सङ्केत हो । असफल भएको ‘अप्रेसन ग्रिन हन्ट’ होस् अथवा अहिले जारी ‘समाधान’ योजना होस्, दुवै योजनाहरू मुलुकमा चलिरहेको क्रान्तिकारी आन्दोलनलाई समाप्त पार्न साम्राज्यवादीहरू खास गरेर अमेरिकी साम्राज्यवादको निर्देशनमा  भारतीय सामन्त–दलाल शासक वर्गद्वारा चलाइएका योजनाहरू हुन् । ‘अप्रेसन ग्रिन हन्ट’, जुनचाहिँ तीन चरणमा लागू गरिएको थियो, भाकपा (माओवादी) को नेतृत्वमा छापामार जन सेना, क्रान्तिकारी जन समिति,  क्रान्तिकारी जनमोर्चाहरू र आम क्रान्तिकारी जनसमुदायको संयुक्त प्रतिरोधका कारणका साथै मुलुकका जनवादी शक्तिहरू र अन्तर्राष्ट्रिय सर्वहारा, जनवादी र जनमोर्चाहरूको ऐक्यबद्धताको सहयोगले  यअसफल भयो । ‘अप्रेसन ग्रिन हन्ट’ को असफलता प्रतिक्रियावादी शासक वर्गका विरुद्ध संयुक्त जनप्रतिरोधको महान् विजय थियो ।

 जनताका विरुद्ध आठ वर्ष भीषण युद्ध चलाएर, ‘अप्रेसन ग्रिन हन्ट’ द्वारा माओवादी आन्दोलनलाई समाप्त पार्न असफल भएपछि मोदी–साह–भागवत गुटको नेतृत्वमा रहेको ब्राम्हणवादी हिन्दूवादी– फासिवादी शक्ति यताका डेढ वर्षदेखि फासिवादी शैलीमा ‘समाधान’ नामको अभियान चलाइरहेको छ । यो हाम्रो छापामार इलाका र लाल प्रतिरोध क्षेत्रहरूमा मात्र नभई ‘अर्बन नक्सल्स’ को नाम दिएर सहरी क्षेत्रमा पनि चलाइएको छ । ‘अप्रेसन ग्रिन हन्ट’ जनताविरुद्ध अघोषित युद्ध थियो भने ‘समाधान’ माओवादी क्रान्तिकारी आन्दोलनका विरुद्ध मात्र नभई समग्र जनवादी, प्रगतिशील र देशभक्तिपूर्ण आन्दोलनहरू, सङ्गठनहरू र मुलुकका शोषित र उत्पीडित जनताको प्रतिनिधित्व गर्ने व्यक्तिहरूका विरुद्ध पनि लक्षित छ ।

‘समाधान’ का नाममा गरिएको आक्रमण भारतीय शासक वर्गले जनताका विरुद्ध हिजोका दिन सन् १९८० को 'अप्रेसन मन्थन', 'जनजागरण अभियान-१' (१९९१–१९९२) र २ (१९९७–९८), 'सलवा जुडुम' (२००५–२००९) 'सेन्द्रा' आदि अपरेसकै निरन्तरताको अभियान हो र त्यसै गरी जनताले राज्यनिर्देशित गुन्डा दलहरू 'भैरव बाहिनी', 'रणबीर सेना', 'टिपिसी', 'जेपिसी', 'पिएलएफआइ', 'शान्ति कमिटी', 'हरमाद बाहिनी' कै निरन्तर रूप हो, जसका विरुद्ध  सङ्घर्ष गर्दै जनताले क्रान्तिकारी आन्दोलनलाई अघि बढाएका हुन् । बिगतका प्रति-क्रान्तिकारी अपरेसहरूमध्ये ‘अप्रेसन ग्रिन हन्ट’ र ‘समाधान’ राज्यको प्रत्यक्ष सहभागितामा भएका लामो अवधिका अपरेसनहरू हुन् भने अन्य चाहिँ छोटो अवधिका अपरेसनहरू हुन्, जसमा शासक वर्गसित सम्बद्ध तत्वहरू, जस्तो सामन्ती शक्तिहरू, प्रतिक्रियावादीहरू, उच्च वर्गका बदनाम तत्वहरू अग्रपङ्क्तिमा देखिएका थिए । यी प्रति-क्रान्तिकारी अभियानहरूलाई हामीले पछाडि फर्केर हेर्यौं भने अपरेसन र अभियानको समय जति लामो हुन्छ, उनीहरूको दमनको तरिका बढी पाशविक र फासिवादी भएको प्रस्ट देखापर्छ ।
 
‘समाधान’ को डेढ वर्षको आक्रमणले अहिलेसम्म भएका माओवादी विरोधी अपरेसनहरूमध्ये यो सबैभन्दा निमर्म, आक्रमणकारी र दीर्घकालीन योजनाबद्धामा चालिएको अपरेसनका रूपमा देखिन्छ र यसले माओवादी र सबै जुझारू आन्दोलनलाई  सन् २०२२ सम्ममा निमिट्यान्न पार्ने उद्देश्य राखेको छ । ‘समाधान’ को व्यापक स्वरूप दिएर केन्द्र तथा राज्य सरकारहरूले क्रान्तिकारी शक्तिहरूलाई लक्षित गर्दै ‘प्रहर’ १, २, ३, ‘अपरेसन मनसुन’ आदि नामका फासिवादी प्रति-छापामार अपरेसनहरू चलाइरहेको छ । ‘समाधान’ को एउटा अंशका रूपमा सरकारी संयन्त्रहरूले कालिदा, पुजारी कङ्कर, आइपेटा, कसनुर–तुमिरगुन्डा, टिमेम, नुलकाटोङ देखि भर्खरैको साकिलर हत्या जस्ता आम नरसंहारका घटनाहरू दोहोर्याइरहेका छन् । नक्कली मुठभेडहरू, व्यापक मात्रामा धरपकड, गैरकानुनी हिरासत, घरहरूमा आगलागी, सामूहिक बलात्कार, जनधनको क्षति र लूटपाट जस्ता क्रियाकलापहरू तीव्रस्तरमा गराइएका छन् । माओवादीहरू तथा लडाकु जनता सक्रिय भएका विभिन्न ठाउँमा व्यापक मात्रामा स्वेतआतङ्क मच्चाइएको छ ।

यो दमन अभियानलाई थप सहयोग पुर्याउन सरकारले माओवादी विरोधी अभियानका लागि  हवाइ सेनालगायत हातहतियार र अन्य युद्ध सामग्रीको स्तरोन्नति गर्नुका साथै निगरानी प्रति-क्रान्तिकारी प्रचारआतंक , सूचना सङ्कलन आदिलाई पनि नयाँ किसिमले प्रयोग गरिरहेको छ, जसबाट आउँदा ५ वर्षमा ‘समाधान’ को उद्देश्य पूरा गर्न सकियोस् । फासिवादी सरकारले ग्रामीण क्षेत्रमा सशस्त्र दमन तीव्र पार्ने कार्यका साथै सहरी क्षेत्रमा क्रान्तिकारी जनवादी शक्तिहरूलाई ‘अर्बन नक्सल्स’ का नाममा आक्रमणको निसाना बनाइरहेको छ र यताका दिनमा जनतामाथि सरकारले थोपरेको युद्धको आलोचना गर्ने चीरपरिचित सामाजिक अभियन्ताहरू, जनताका बीच परिचित बुद्धिजीवीहरू, प्राध्यापकहरू, वकिलहरू, पत्रकारहरू, विद्यार्थीहरू र अन्यहरूलाई पक्राउ गरेर जेलसमेत पठाइएको छ । जनताका शान्तिपूर्ण आन्दोलनहरू, जस्तो किसान आन्दोलन, विस्थापन विरुद्धको पत्थरगढी सङ्घर्ष, खनिज विरोधी आन्दोलनहरू, पाचौँ अनुसूची लागु गर्नेसित सम्बद्ध आन्दोलनहरूप्रति अति असहिँष्णु बनेर सशस्त्र प्रक्रियाद्वारा दबाउन खोजियो ।

‘समाधान’ का नाममा साशक वर्गका जनताको आन्दोलनको दमनलाई हामीले गम्भीरतापूर्वक हेर्नु आवश्यक छ, हिन्दूफासिवादी एजेन्डालाई ‘नयाँ इन्डिया’ का नाममा लागू गरेर उनीहरू सन् २०२२ सम्ममा ‘हिन्दू राष्ट्र’ बनाउने योजनामा लागेका छन् । पुँजीवादी मुलुकले ब्यहोर्नु परेको आर्थिक तथा राजनीतिक सङ्कटबाट मुक्त हुन साम्राज्यवादी मुलुकहरूले  भारतीय शासक वर्गलाई आडभरोसा दिनु अनौठो कुरा होइन ।
विश्वभरिका साशक वर्ग जनविरोधी नीतिका कारण जनतामा विकसित भएको असन्तुष्टि र प्रतिरोधी चेतनालाई दमन गर्न फासिवादी शक्तिहरूको सहारामा  फासिवादको पुनस्र्थापना गरिरहेका छन् । मोदी-साह-भागवतद्वारा नेतृत्व गरिएको मुलुकको पुनरुत्थानवादी हिन्दूवादी गुट यसैको एउटा अंश हो  । जनताको ठूलो हिस्साले ब्यहोर्नु परेका सही  र जल्दाबल्दा मुद्दा गरिबी, भोकमरी, बेरोजगारी, आधारभूत स्वास्थ्य सुविधा र शिक्षा, खाने पानी, आवास, सिँचाइ, आकास छुने महँगी जस्ता समस्याका साथै दलित आदिवासी, मुस्लिम जनताले भोग्नु परेका समस्याबाट ध्यान अन्यत्र मोडिरहेका छन् र असान्दर्भिक र विवादास्पद मुद्दा राम मन्दिर र ‘ट्रिपल तलाक’ को मुद्दा अगाडि सारिरहेका छन् । उनीहरू मुस्लिमहरू मुलुकका लागि चुनौती भन्दै ‘इस्लामिक आतङ्ककारीहरू’ माओवादीहरू, पाकिस्तानीहरू भन्ने गर्छन् । उग्र–राष्ट्रवाद, नक्कली देशभक्ति, युद्धउत्तेजना र साम्प्रदायिक भडकाव आदि कुरालाई अघि सारेर उनीहरू संसदीय प्रतिपक्षलगायत सबै किसिमका प्रतिपक्षहरूको दमन गरिरहेका छन्  । यसरी उनीहरू  मुलुक र जनतामाथि साशक वर्गीय र साम्राज्यवादी  तानासाहीलाई थप मजबुत र सुदृढ बनाउन खोजिरहेका छन् ।

मुलुकका सबै क्रान्तिकारी, जनवादी, धर्मनिरपेक्ष, प्रगतिशील र  देशभक्त शक्तिहरू र उत्पीडित जनसमुदायका सबै तह र तप्का ब्राम्हणवादी हिन्दू फासिवादी शक्ति र त्यसको सरकारद्वारा प्रस्तुत चुनौतीको सामना गर्न एकै ठाउँमा आउनु नै पर्ने हुन्छ र यो नै अहिलेको समयको आवश्यकता  हो । हामीहरू एकताबद्ध हुनै पर्छ र हिन्दूत्ववादी आक्रमण विचारधारात्मक, राजनीतिक, सैन्य र सांस्कृतिक सबै किसिमका रूपहरूका साथै ‘समाधान’ र ‘नयाँ भारत” का  विरुद्ध दृढताका साथ लड्नै पर्छ  । हामीले देशव्यापी रूपमा साम्राज्यवाद विरोधी, सामन्तवाद विरोधी, फासिवाद विरोधी  सङ्घर्षलाई घनीभूत पार्दै सबै मोर्चाका रङ्गीविरङ्गी फासिवादीहरूको प्रतिरोध गर्नुपर्छ र तिनलाई पराजित गर्नुपर्छ । यसै उद्देश्यका साथ हाम्रो पार्टी मुलुकको समग्र क्रान्तिकारी–जनवादी क्याम्प तथा जनताको ठूलो हिस्सालाई हिन्दुवता शासक गुटको ‘समाधान’ नामको आक्रमणकारी योजनाका विरुद्ध हामीले मनाउन थालेको २५ देखि ३१ जनवरी २०१९मा मनाउन थालेको प्रतिरोध सप्ताह र ३१ जनवरीको भारतबन्धलाई  सहयोग प्रदान गरेर सफल बनाउन आह्वान गर्दछ ।

हामी समग्र पार्टी पङ्क्ति, जनमुक्ति छापामार सेना, क्रान्तिकारी जनसङ्गठनहरू र जनताका जनवादी शक्तिलाई आम जनताको सहभागितामा विभिन्न कार्यक्रमहरू तय गरेर बन्दको कार्यक्रमसहित प्रतिरोध सप्ताह सफल पार्न आह्वान गर्दछौँ । आउनुहोस्, जसरी विगतमा फासिवादी साशक वर्गले अघि सारेका जनजागरण, सलवाजुडम, सेन्द, अपरेसन ग्रिन हन्ट जस्ता आक्रमणलाई हामीले तहसनहस पारेका थियौँ, त्यसै गरी हामीहरू एक जुट भएर ‘समाधान’ को प्रतिरोध गरौँ र त्यसलाई तहसनहस पारौँ !

२ डिसेम्बर, २०१८

अभय
प्रवक्ता
केन्द्रीय समिति, भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
भिडियो फिचरview all