menu

ताजा समाचार

क्रान्तिकारी युवा लिगद्वारा कंसाकारमाथि कालोमोसो कारबाही

नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रकरणमा सो निगमका महाप्रवन्धक शुगतरत्न कंसाकारका  साथै विगतदेखिकै सम्बद्ध मन्त्रीहरूले गरेका भंष्टाचारको प्रतिबेदन सार्वजनिक भएपछि, सो प्रकरण र त्यसप्रतिको सरकारी व्यवहारलाई लिएर व्यापक मात्रामा जनआक्रोस  फैलिएको अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी) निकट ‘क्रान्तिकारी युवा लिग, नेपाल, ३ नम्बर प्रदेशले सो प्रकरणका प्रमुख योजनाकार महाप्रवन्धक शुगतरत्न कंसाकारमाथि  निजकै कार्यकक्षमा गएर कालोमोसो कारवाही गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) को हालै बसेको बैठकले भ्रष्टाचारी, जनविरोधी तथा राष्ट्रघातीहरूका विरुद्ध सशक्त सङ्घर्ष गर्ने निर्णय गरेअनुसार सो कारबाही गरिएको कुरा सम्बद्ध पक्षले जनाएको छ ।

यस घटनाका सन्दर्भमा 'क्रान्तिकारी युवा लिग, नेपाल' ३ नम्बर प्रदेशले संयोजक सङ्कल्पको वक्तव्यमार्फत समग्र स्थितिलाई प्रस्ट पार्दै भनेको छ :

''वाइडबडी जहाज खरिद प्रकरणमा जहाजको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौंट, जहाज खरिद प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियामा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मंगलबार मात्र प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र नारायण देवसहित पूर्व सचिव, वहालवाल सचिव र विभिन्न कर्मचारीको नाम सार्वजनिक गरेको छ । यसमा नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसकारको मुख्य भूमिका रहेको पनि तथ्यहरुले पुष्टि गरेको छ ।

 यस पृष्ठभूमिमा भ्रष्ट मन्त्री र कर्मचारीहरुलाई जिम्मेवारीबाट बर्खास्त गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सरकारले यही १८ गते पूर्व प्रधानन्यायाधिश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सरकारको यो कदम भ्रष्ट मन्त्री र कर्मचारीलाई चोख्याउन गरिएको बद्नियतपूर्ण कार्य हो ।"

यु लिगले देशभित्र र बाहिर छरिएर रहेका आम शोषित पीडित युवाहरुलाई क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचार, तस्कर, माफियाहरुका विरुद्ध थालेको यो अभियानमा लामबद्ध हुन हार्दिक आव्हान समेत गरेको छ ।

 प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :

क्रान्तिकारी युवा लिग, नेपाल ३ नं. प्रदेशको योजनामा आज (२०७५/०९/२० गते) 'नेपाल वायु सेवा निगमका भ्रष्ट महाप्रबन्धक सुगतरत्न कंसकारमाथि उनकै कार्यकक्षमा दिउसो ४ बजे कालोमसो दली कारबाही गरिएको छ । यस कारबाहीबारे हाम्रो संगठनको धारणा सार्वजनिक गर्न हामीले यो वक्तव्य जारी गरेका छौं ।

१. पर्यटन मन्त्रालय तथा नेपाल वायु सेवा निगम समेतको संलग्नतामा खरिद गरिएको दुईवटा वाइडबडी जहाज (ए ३३०–२००) को खरिद प्रक्रियामा राज्य स्रोत, साधनको चरम दुरुपयोग गरी ४ अर्ब ३५ करोडभन्दा बढी अनियमितता भएको र त्यसमा निगमका महाप्रबन्धक कंसकारको मुख्य भूमिका देखिएकोले उनीमाथि कारबाही गरिएको हो ।

२.यतिबेला नेपालमा एकातिर साम्राज्यवादी-विस्तारवादी विदेशी शक्तिकेन्द्रको निर्देशन र समर्थन प्राप्त दलाल प्रतिक्रियावादी शक्ति राज्यसत्ता सञ्चालनको केन्द्रमा छ भने अर्कोतिर लाखौं लाख उत्पीडित सर्वहारा मजदुर किसान जनताको समर्थन र बलिदानको बीचबाट हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा वर्तमान दलाल प्रतिक्रियावादी सत्ताको विरुद्धमा नयाँ जनवादी क्रान्तिको अभियानमा भीषण तयारी गर्दै अगाडि बढिरहेको छ ।

३. देशमा जनताले आजसम्म गरेको आन्दोलन, लडेको जनयुद्ध र त्यसको म्याण्डेट विपरीत हत्या, हिंसा, लुट, आतंक, बलात्कार जस्ता जघन्य सामाजिक अपराधका घटनाले स्वतन्त्रतापूर्वक बाँच्न पाउने आम जनताको न्याय प्रदत्त अधिकार विपरीत समाजको शान्ति सुरक्षाको स्थिति थिलथिलो भएको छ भने राष्ट्रघात, जनघात र संस्थागत भ्रष्टाचारले सीमा नाघेको छ । जसको पछिल्लो कडीको रुपमा वाइडबडी जहाज खरिद प्रकरणलाई जोड्न सकिन्छ ।

४. वाइडबडी जहाज खरिद प्रकरणमा जहाजको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौंट, जहाज खरिद प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियामा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मंगलबार मात्र प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र नारायण देवसहित पूर्व सचिव, वहालवाल सचिव र विभिन्न कर्मचारीको नाम सार्वजनिक गरेको छ । यसमा नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसकारको मुख्य भूमिका रहेको पनि तथ्यहरुले पुष्टि गरेको छ ।

५.यस पृष्ठभूमिमा भ्रष्ट मन्त्री र कर्मचारीहरुलाई जिम्मेवारीबाट बर्खास्त गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सरकारले यही १८ गते पूर्व प्रधानन्यायाधिश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सरकारको यो कदम भ्रष्ट मन्त्री र कर्मचारीलाई चोख्याउन गरिएको बद्नियतपूर्ण कार्य हो ।

 ६. अन्तमा, हाम्रो संगठन देशभित्र र बाहिर छरिएर रहेका आम शोषित पीडित युवाहरुलाई क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचार, तस्कर, माफियाहरुका विरुद्ध थालेको यो अभियानमा लामबद्ध हुन हार्दिक आव्हान समेत गर्दछ ।

सङ्कल्प
संयोजक
भिडियो फिचरview all