menu

ताजा समाचार

माओवादीहरूको तीन ऐतिहासिक प्रस्ताव

युरोपका ७ वटा माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको  बैठकले विश्वक्रान्तिका सम्बन्धमा केही महत्वपूर्ण प्रस्तावहरू पारित गरेका छन् । पारित प्रस्तावहरूमा विश्वका माओवादी क्रान्तिकारीहरूबीच एकीकृत अभियानको थालनी जेलमा रहेका क्रान्तिकारीहरूको रिहाइ तथा विश्वका विभिन्न मुलकहरूमा चलिरहेको जनयुद्धलाई सहयोग र समर्थन गर्ने सम्बन्धी प्रस्तावहरू रहेका छन् । नोभेम्बर २०१८ मा जारी वक्तव्यको सारसङ्क्षेप अनुवाद तल प्रस्तुत गरिएको छ ।
................................................................................................

संसारभरिका सर्वहाराहरू एक होऔँ !

युरोपका मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टी तथा सङ्गठनहरूको तेस्रो बैठकद्वारा पारित प्रस्तावहरू

प्रस्ताव नम्बर १ :
‘एकीकृत अन्तर्राष्ट्रिय माओवादी सम्मेलन’ सम्बन्धी प्रस्ताव

हामी मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टी तथा सङ्गठनहरूले पहिलो र दोस्रो बैठककै तय गरेको यात्राको बाटोलाई निरन्तरता दिएर तेस्रो बैठकको आयोजना गर्यौं र यसले ल्याटिन अमेरिकी मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टी तथा सङ्गठनहरूको पाचौँ बैठकले लिएको बाटोलाई सहयोग प्रदान गरेको छ । तेस्रो बैठकको सफल निष्कर्ष सैद्धान्तिक बहस र सहकार्यको जारी प्रक्रियामा एउटा महत्वपूर्ण अवसर बनेको छ । मार्क्सवाद-लेनिनवाद-माओवाद मुख्यतः माओवादका आधारमा आजका दिनसम्म वैचारिक एकताका लागि हामीबीच जारी सङ्घर्ष सदैव संशोधनवाद विरुद्धको निर्मम सङ्घर्षसित गाँसिएको छ, हामी विश्व सर्वहारा क्रान्तिको पक्षमा  हाम्रो प्रयासलाई थप वृद्धि गर्दै जानेछौँ ।
 
यी सैद्धान्तिक प्रश्नहरूमा आधारित भएर गरिएको सहभागी पार्टी तथा सङ्गठनहरूबीचको गहिरो एकतासँगै  यी सैद्धान्तिक प्रस्थापनामा हामीसित एकता गर्न चाहने पार्टी तथा सङ्गठनहरूलाई समावेश गर्ने सङ्घर्षप्रति हामी प्रतिबद्ध छौँ । आमन्त्रित गरेर पनि  विशेष कारणवस सहभागी हुन असमर्थ अन्य मुलुकका पार्टी तथा सङ्गठनहरूलाई विशेष आमन्त्रण गर्न चाहन्छौँ । उनीहरूका भनाइमा जनाइएका प्रतिबद्धताप्रति सलाम प्रकट गर्दै उनीहरूका साथै यस महाद्विपका अन्य कम्युनिस्ट शक्तिहरूलाई हाम्रो संयुक्त प्रयासमा सहभागी गराउने प्रयास निरन्तर जारी राख्छौँ ।

हामी विश्व सर्वहारा क्रान्तिको तुफानी केन्द्र बनेका उत्पीडित मुलुकहरूका मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टी तथा सङ्गठनहरू, जो विशेष गरेर सङ्घर्षको अग्र मोर्चामा छन्, तिनलाई पनि हृदयदेखि नै आमन्त्रण गर्दछौँ । पेरू, भारत, टर्की र फिलिपिन्समा चलिरहेका जनयुद्धहरू हाम्रो क्रान्तिकारी अठोटलाई दरिलो बनाउन उत्प्रेरणाका प्रकाशपुञ्ज हुन् ।

हाम्रो अडान प्रस्ट छ र हरेक मुलुकको जनयुद्धलाई हामी हाम्रो आफ्नै मुलुकको सङ्घर्षका रूपमा लिन्छौँ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ, त्यसैले हामी तिनीहरूमाथिको कुनै किसिमको आक्रमणलाई क्रान्तिकारी प्रतिबद्धताका खास केन्द्रमाथि भएको आक्रमण भनेर दुत्कार्छौँ र साथै हामी सशस्त्र सङ्घर्षको विसर्जन  र “शान्ति सम्झौता’” को उपयोग अथवा साम्राज्यवाद, संशोधनवाद र प्रतिक्रियावादसितको सहकार्यलाई पनि दुत्कार्छौँ । टर्कीको जनयुद्धका सन्दर्भमा केही निच प्रकृतिका घटनाहरूका कारण, हामी के कुरामा प्रकाश पार्नु आवश्यक ठान्छौँ भनेँ, कुनै पनि कम्युनिस्ट, क्रान्तिकारी, साथै एकदमै क्रान्तिकारी पार्टी, सङ्गठन, आन्दोलन अथवा व्यक्ति किन नहोस्, जस्तोसुकै परिस्थितिमा पनि साम्राज्यवादी मुलुक होस् अथवा सामन्ती–नोकरसाही पुँजीवादी मुलुक किन नहोस्, पार्टी पङ्क्ति तथा आम जनतामाथि आक्रमण गर्ने  पुरानो सत्तासित हातेमाला गर्ने कुरा हुन सक्तैन । यसो  गर्नु भनेको अपराध हो, र त्यसैले हामी हाम्रा टर्किस कमरेडहरूलाई प्रहरी र राज्यका अधिकारीलाई सुम्पने कार्यको जोडदार रूपमा भत्र्सना गर्छौ र उनीहरूमाथि लगाइएको अभियोग अविलम्ब फिर्ता लिन माग गर्दछौँ । हामी टर्कीका क्रान्तिकारी शक्तिको पक्षमा दृढताका साथ उभिन्छौँ ।

विश्वमा कम्युनिस्टहरू कति साहस र गतिका साथ अघि बढिरहेका छन् भन्ने कुरा हामी प्रस्टताका साथ देख्न सक्छौँ, यिनमा जनयुद्ध हाँकिरहेका पार्टीहरू पनि हुन सक्छन् अथवा जनयुद्धलाई अगाडि बढाउन पार्टीलाई पुर्नगठनको प्रक्रियामा लागेका पार्टीहरू पनि हुन सक्छन् । माओवादले सर्वहारा विश्वक्रान्तिको  नयाँ र महान् प्रवाहलाई निरन्तर अघि बढाइरहेको छ । विश्वका कम्युनिस्टहरू एकजुट हुनुका लागि जारी प्रयासलाई अझ अगाडि बढाउनु आवश्यक छ भन्ने आवाज चारैतिर गुन्जिएको छ । हामी हाम्रो समग्र क्षमताका साथ ‘एकीकृत अन्तर्राष्ट्रिय माओवादी सम्मेलन’ को जिम्मेवारीलाई सफलतापूर्वक योगदान दिन तयार छौँ ।

माओवादको झण्डामुनि एकजुट होऔँ !
जनयुद्धको विजय निश्चित छ !
कम्युनिस्ट पार्टीहरू पुनर्गठनको सङ्घर्षलाई अघि बढाऔँ !
एकीकृत अन्तर्राष्ट्रिय माओवादी सम्मेलनलाई अघि बढाऔँ !

०००

प्रस्ताव नम्बर २ :
क्रान्तिकारी राजनीतिक बन्दीहरू, युद्ध बन्दीहरू र प्रतिक्रियावादी सत्ताद्वारा बेपत्ता पारिएकाहरूको जीवनरक्षाका सम्बन्धमा पारित प्रस्ताव

हामी मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टी तथा सङ्गठनहरूको तेस्रो बैठकमा सहभागी पार्टी र सङ्गठनहरू विश्वभरिका क्रान्तिकारी राजनीतिक बन्दीहरू र युद्ध बन्दीहरूका पक्षमा दृढताका साथ उभिन्छौँ र उनीहरूप्रति क्रान्तिकारी न्यानो अभिवादन प्रकट गर्दर्छौँ । हाम्रो वर्गको अडानलाई उच्च राख्दै उनीहरूको अठोटले गद्दारीको सडेको बाटो लिने छैन र उनीहरूको सङ्घर्षले दुस्मन विरुद्धको सङ्घर्षको विश्वका सामु प्रेरणाको उदाहरण प्रस्तुत गर्नेछ ।

साम्राज्यवादका विरुद्ध र शोषित-उत्पीडितहरूको पक्षमा लडिरहेकाहरू प्रतिक्रान्तिकारी शक्तिहरूको निसानामा पर्ने गर्छन् नै । हरेक किसिमका उपाय निकालेर प्रतिक्रियावादीहरूले सङ्घर्षलाई निस्तेज बनाउन खोज्छन् । जेल निर्वासन गरेर, बेपत्ता पारेर, यातना दिएर, आधारभूत अधिकारबाट वञ्चित गरेर प्रतिक्रियावादले क्रान्तिकारीहरूको हत्या गर्छ र सदाका लागि जेलमा राख्ने प्रयास गर्छ ।
 
संसारभरि नै शोषण-उत्पीडनका विरुद्ध लड्नेहरूले आफ्नो व्यक्तिगत चाहना र शरीरको मायालाई  भन्दा क्रान्तिलाई माया गरेको उदाहरण हामी संसारभरि नै देखिरहेका छौँ । नर्वे साथसाथै फ्रान्समा फासिवादका विरुद्धको सङ्घर्षमा फासिवाद विरोधी युवाहरूलाई पक्राउ गर्ने तथा यातना दिने गरेको कुरा हामीले देखेका छौँ । संयुक्त राज्य अमेरिकामा क्रान्तिकारीहरूको बढ्दो स्थितिलाई लिएर त्यहाँ अनेक किसिमका अभियोगहरू लगाएर उनीहरूको प्रतिबद्धतालाई निरुत्साहित गर्न सकिन्छ भनेर राज्यले हरहमेसा व्यवहार गरिरहेको हुन्छ । मेक्सिकोमा जनताको पक्षमा आवाज उठाउने लोकप्रिय मास लिडरलाई अनेक अभियोग लगाएर बेपत्ता पारिन्छ, उदाहरणका रूपमा डाक्टर अर्नेस्टो सरनास गार्सियाको सन्दर्भलाई लिन सकिन्छ । ब्राजिलमा २३ जना युवाहरूसित सम्बद्ध घटना पनि यस्तै प्रकृतिको छ । जेलमा रहेका क्रान्तिकारीहरूको हत्या गर्ने सन्दर्भमा टर्की सरकार कुख्यात छ, जर्मन सरकारसित मिलेर यसले २०१५ मा १० जना क्रान्तिकारी कार्यकर्तालाई बन्दी बनाएको थियो, जसको अहिलेसम्म अत्तोपत्तो छैन । फिलिपिन्समा आदिवासी जनताका मानवअधिकारवादी  तथा क्रान्तिकारी नेताहरूलाई गैरकानुनी ढङ्गले हिरासतमा लिएर  मार्सल लका नाममा दिनदहाडै हत्या गरिने गरिएको छ ।

भारतमा प्राध्यापक जि. एन साइबाबालगायतका  व्यक्तित्वहरूलाई बन्दी बनाएर सिङ्गो भारतलाई बन्दीगृहमा परिणत गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट नेता कमरेड अजिथलाई अन्यायपूर्वक बन्दी बनाएर जेलमा राखिएको छ र पछिल्ला दिनमा यस्ता घटनाहरू निरन्तर घटिरहेका छन् । जेलमा ओषधीउपचार समेत गर्न नदिएर भारतीय फासिवाद बन्दी नेता तथा कार्यकर्ताको हत्याको वातावरण बनाइरहेको छ ।  कुनै पनि फासिवादी राज्य क्रान्तिकारीहरूलाई झुकाउन र राज्यको पक्षमा लगाउन अनेक तिकडमका साथ प्रयासरत रहने गर्छ । उदाहरणका लागि पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालोलाई जेलमा एकान्तमा राखेर प्रतिक्रियावादी सरकाले वहाँलाई विचलित बनाउने प्रयास गरिरहेको छ ।

 र पनि प्रतिक्रियावादका विरुद्ध जेलभित्र र बाहिरको सङ्घर्ष खेर गएको छैन, बरु यसले हाम्रो सङ्घर्षलाई थप मजबुत नै बनाएको छ । वहाँहरूको त्यागको भावनालाई  उच्च महत्व दिएर हामी वहाँहरूको थालनी गरेको सङ्घर्षमा सहभागी हुनुपर्छ,  जसबाट वहाँहरू आफ्नो् परिवार, आफ्ना साथीभाइ र कमरेडहरूको बीचमा पुगेर क्रान्तिमा पुन सरिक हुनु सक्नुहोस् ।

०००  
 
प्रस्ताव नम्बर ३ :  
विश्वमा चलिरहेको जनयुद्धप्रति वर्ग ऐक्यबद्धताको प्रस्ताव

तेस्रो बैठकमा सहभागी पार्टी र सङ्गठनहरू आआफ्ना मुलुकमा नयाँ जनवादी क्रान्ति र विश्व सर्वहारा क्रान्तिका लागि जनयुद्ध चलाइरहेका विश्वका कम्युनिस्ट पार्टीहरूका साथसाथै ती पार्टीको नेतृत्वमा जनयुद्ध लडिरहेका योद्धाहरू तथा आम जनताप्रति न्यानो कमरेडली अभिवादन प्रकट गर्दछौँ । पृथ्वीबाट साम्राज्यवादको नामोनिसान मेटाउन जनयुद्ध हाँकिरहेका पेरू, भारत, टर्की र फिलिपिन्सका कमरेडहरू बलिदानका लागि तमतयार भएर सङ्घर्षलाई  घनीभूत रूपमा अघि बढाइरहेका छन् ।  सिद्धान्तप्रतिको उहाँहरूको दृढता र वर्गसङ्घर्षको उच्च रूप जनयुद्धमार्फत नयाँ जनवादी क्रान्तिबाट अघि बढेर  समाजवादी क्रान्ति र सांस्कृतिक क्रान्तिको बाटो हुँदै साम्यवादमा पुग्ने वहाँहरूको लक्ष विश्व सर्वहारा र उत्पीडित जनताका लागि चम्किलो प्रकाशपुञ्ज हो ।

मार्क्सवाद-लेनिनवाद-माओवाद सम्बद्ध आन्दोलनका बीचबाट अन्तर्राष्ट्रिय सर्वहाराहारामाझ  नयाँ पार्टी र सङ्गठनहरूको विकास हुनेछ र विश्व क्रान्तिको महान् प्रवाहको निर्माण हुनेछ, जनयुद्धको नेतृत्व गरेर महत्वपूर्ण अग्रदस्ताको भूमिका खेलिरहेका पार्टीहरू, विश्वक्रान्तिका तुफानीकेन्द्र बनेका उत्पीडित मुलुकहरूले यो जिम्मेवारी पूरा गर्नेछन् । अहिले चलिरहेका जनयुद्धमा कुनै पनि मुलुकमा हुने विजयले विश्वक्रान्तिको एउटा जबर्जस्त वातावरण तयार पार्नेछ र विश्वस्तरमै क्रान्ति र प्रतिक्रान्तिबीचको  सन्तुलनमा ठूलो अन्तर पैदा गर्नेछ ।

नयाँ सत्ताका लागि गरिने हरेक कार्य, हरेक कदमका साथै प्रतिक्रियावादका विरुद्धको हरेक प्रहारप्रति हर्षित होऔँ, हरेक कमरेडको सहादतले हामीलाई साम्राज्यवादकाको पतनका लागि थप प्रभावकारी र ऊर्जाशील बनाउन र थप दृढ बनाउन सहयोग प्रदान गर्छ । युरोपको भूमिबाट हामी जुनसुकै किसिमले भए पनि जनयुद्धलाई सघाउने हाम्रो प्रयासलाई उच्च बनाउँछौ, जहाँ जनयुद्ध चलिरहेको छ, त्यहाँ विजयका लागि र अन्य मुलुकहरूमा जनयुद्धको आरम्भ र विकासका लागि हाम्रो प्रयास निरन्तर रूपमा रहनेछ ।

विश्वमा चलिरहेको जनयुद्ध जिन्दावाद !

हस्ताक्षरकर्ताहरू :

माओवादी कम्युनिस्ट पार्टी, फ्रान्स
जेन-फोल्केट-कम्युनिस्ट लिग, नर्वे
रेड फ्ल्याग कलेक्टिव, फिनल्यान्ड
कमिटिज फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी, अस्ट्रिया
कमिटी रेड फ्ल्याग-एफआरजी
कम्युनिस्ट पार्टी अफ टर्की/माक्र्सिस्ट-लेनिनिस्ट
पेरू पिपुल्स मुभमेन्ट (रिअर्गनाइजेसन कमिटी)


नोभेम्बर  २०१८

अनुवाद : 'जनमेल' डेस्क
source: https://www.newepoch.media/single-post/2018/12/05/ENGLISH---Resolutions-of-the-III-Meeting-of-Marxist-Leninist-Maoist-Parties-and-Organisations-in-Europe


भिडियो फिचरview all