menu

ताजा समाचार

मिलानमा जनयुद्ध समर्थकहरूको बैठक

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतमा चलिरहेको जनयुद्ध, भारतीय प्रतिक्रियावादी दमन र यसका विरुद्ध विश्वका क्रान्तिकारी शक्तिहरू तथा न्यायप्रेमी जनसमुदायको ऐक्यबद्धताको विषयलाई लिएर यही डिसेम्बर ८ देखि इटालीको मिलानमा विशेष बैठकको आयोजना गरिएको कुरा ‘भारतमा चलिरहेको जनयुद्धका सम्बन्धमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता कमिटी’ ले जनाएको छ ।

बिहान १० बजेदेखि आरम्भ हुने बैठकलाई विषयवस्तु अनुसार तीन चरणमा विभाजित गरिएको छ ।

पहिलो चरणमा भारतीय प्रतिक्रियावादी सत्ता र साम्राज्यवादको चर्चा हुनेछ । यसमा जनयुद्धका विरुद्ध चलाइएको ‘अप्रेसन ग्रिनहन्ट’, दमन, आम नरसंहार,राजनीतिक बन्दीहरूको चर्चासँगै पुस्तक बिमोचनको कार्यक्रम रहेको छ ।

दोस्रो चरणमा अहिले भारतमा चलिरहेको जनयुद्धको सन्दर्भ, कार्यनीति र रणनीतिको चर्चा गरिनुका साथै आयोजक कमिटीको प्रतिवेदन र भारतीय कम्युनिस्ट पार्टी (माचोवादी) को सन्देश सुनाइनेछ ।

तेस्रो चरणमा भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि विभिन्न मुलुकमा गठित समर्थन समिति र तिनका गतिविधिको जानकारी र  सहभागीहरूबाट विशेष धारणा राख्ने कामसँगै प्रस्तावहरू पारित गरिनेछन् ।

सहभागीहरूले राखेका धारणालाई अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस भाषामा अनुवाद गरी सुनाइने छ ।

मिलानमा हुन लागेको यस कार्यक्रममा कुनकुन मुलुकबाट क-कसको सहभागिता रहने छ भन्ने कुरा सार्वजनिक नभय पनि यसमा राजनीतिक पार्टीहरूभन्दा बौद्धिक क्षेत्रको उपस्थिति रहने कुरा आयोजक संस्थाले जनाएको छ ।

भिडियो फिचरview all