menu

ताजा समाचार

क्रान्तिकारी कवि वरवर रावको ताजा कविता

(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  हत्याको षड्यन्त्र गरेको भनेर क्रान्तिकारी कवि तथा माओवादी विचारक वरवर रावलाई नोभेम्बर १२ सम्मका लागि हिरासतमा राखिएको छ । वहाँसहित अन्य सामाजिक अभियन्ताहरूलाई पनि सोही अभियोगमा मुद्दा चलाइएको छ र वहाँहरू पनि हिरासतमा हुनुहुन्छ । भारतीय फासिवादको यस किसिमको कुकृत्यको विरोध गर्दै नेपाललगायत विश्वका कवि, लेखक तथा समाजिक कार्यकर्ताहरूले उहाँहरूको रिहाइका लागि आवाज उठाइरहेका छन् ।  यहाँ  रावले  हिरासतमै हिन्दीमा लेख्नुभएको ( खास गरेर वहाँ तेलगुमा लेख्नु हुन्छ) कविता ‘कलमको सिपाही’ प्रस्तुत  गरेका छौँ ।)
............................................................................................................................
 

कलमको सिपाही

मलाई कोठरीमा राखेर ताला लगाएपछि
गार्डले आफ्नू भाषामा
केही सोध्यो
मेले भनेँ
“हिन्दीमा भन्नुस्”
“कुन अभियोगमा आएका हौ”
“ऐल्गार”
उसकै भाषामा मेले उत्तर दिएँ ।

“त्यो पनि केस हो” ?
त्यो त पुकार हो,
“आवाज”
उसको प्रश्न थियो ।
“म त्यही  भन्न चाहन्थेँ
त्यो त एउटा कविको आवाज हो
जनतालाई पुकार्दै गरेको” ।

“तर, क्राइम चाहिँ के हो” ?
“म एउटा कवि हुँ”
“ए यसो भनन त...
तिमी कलमको चोर हौ” ?
“होइन म कलमको सिपाही हुँ” ।

त्यो सिपाहीले यसको अर्थ बुझ्ने
त्यो समय फेरि आउँनेछ ।
०००
भिडियो फिचरview all