menu

ताजा समाचार

फिलिपिन्स कम्युनिस्ट पार्टी भन्छ : ‘फिलिपिन्समा चिनियाँ साम्राज्यवादी हैकम लाद्ने प्रयासको प्रतिरोध गरौँ’

‘दक्षिण-चीन सागर’ फिलिपिन्सका लागि सामरिक दृष्टिले असाध्यै महत्वपूर्ण क्षेत्र हो । यसलाई आफ्नो प्रभुत्त्वमा लिएर  सैन्य अड्डा कायम गर्न अमेरिका तथा चीनले प्रयास गर्दै आएका छन् । यो क्षेत्रलाई लिएर अमेरिका तथा चीनबीच एकहिसाबले शीत युद्ध चद्धलिरहेको छ । अमेरिका र चीनबीच युद्धसमेत हुन सक्ने सम्भावनायुक्त सामाचार र रिपोर्टहरू प्रकाशित भइरहेका छन् । हिजोदेखि नै  फिलिपिन्ससित अमेरिकाको सैन्य सम्झौता भएको छ र अहिलेको दुतेर्ते सरकारको ट्रम्पसित त्यति राम्रो सम्बन्ध छैन ।

चीनप्रतिको दुतेर्ते सरकारको नीतिप्रति अमेरिका असन्तुष्ट भइरहेको अवस्थामा ‘दक्षिण-चीन सागर’को विषयलगायतका विषयलाई लिएर चिनियाँ राष्ट्रपति सि जिनपिङ फिलिपिन्स भ्रमणमा छन् । केही दिनअघि मात्र फिलिपिन्स कम्युनिस्ट पार्टीले ‘दुतेर्ते सरकार फिलिपिन्सलाई चीन-अमेरिका युद्धमा घसिटतैछ’ भनेर वक्तव्य प्रकाशित गरेको थियो अहिले । सो पार्टीले आफ्नो प्रकाशनमा ‘फिलिपिन्समा चिनियाँ साम्राज्यवादी हैकम लाद्ने प्रयासको प्रतिरोध गरौँ’ शीर्षकमा नोभेम्बर २०, २०१८ मा एउटा लेख प्रकाशित गरेको छ । त्यसमा साम्राज्यवादी अमेरिकाका झैँ साम्राज्यवादी चीन पनि अनेक बहाना बनाएर फिलिपिन्समा  आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न चाहन्छ भनिएको छ ।
सो लेखमा भनिएको छ

चिनियाँ राष्ट्रपति सि जिनपिङको नोभेम्बर २०–२१ को भ्रमण फिलिपिन्समा समग्र रूपमा आफ्नो प्रभुत्व लाद्ने प्रयासको एउटा रूप हो ।  अमेरिकी साम्राज्यवादीहरू जस्तै  चीनले पनि “सदभावना वार्ता’ र “बहुआयामिक सहयोग” जस्ता गुलिया पदावलीहरूमा आफ्ना साम्राज्यवादी उद्देश्यहरू ढाकछोप गर्न खोजिरहेको छ । वास्तवमा, चीनले हाम्रो मुलुकमा आफ्नो साम्राज्यवादी दबाब र प्रभुत्व लाद्न खोजिरहेको छ ।

एउटा साम्राज्यवादी शक्तिका रूपमा, आफ्नो समग्र आर्थिक उद्देश्य र भू–राजनीतिक दृष्टिले फिलिपिन्सको रणनीतिक महत्व छ भन्ने कुरा  चीनले बुझेको छ । चअमेरिकासित बढ्दो अन्तर–साम्राज्यवादी व्यापार युद्ध, शक्ति प्रदर्शन र युद्धको तयारीका क्रममा चनि फिलिपिन्समा आफ्नो वर्चस्व कायम गर्न चाहन्छ ।

लेखमा ‘चीन फिलिपिन्समा आर्थिक उपनिवेशवादमा वृद्धि गर्न चाहन्छ’, ‘चीन स्प्राटलेमा सैन्य शिविर राखन चाहन्छ’, ‘दुतेर्तेले मुलुकको प्राकृतिक स्रोतसाधन र सार्वभौम सत्ता बिक्रीमा राखेको छ’, ‘दुतेर्ते र सि जिनपिङको सम्बन्ध मित्रताको नभएर चाकरीबाजको सम्बन्ध हो’, ‘चीन साम्राज्यवादी शक्ति हो’, ‘फिलिपिन्सलाई सदैव आर्थिक पछोटेपनमा राख्ने चालबाजी’,‘दुतेर्तेको दोहारो गद्दारी’,  ‘चिनियाँ साम्राज्यवादी प्रभुत्वको प्रतिरोध गरौँ’ र ‘राष्ट्रिय स्वाधीनताका लागि लडौँ’ शीर्षकमा चीन किन फिलिपिन्समा आफ्नो प्रभुत्व किन कायम गर्न चाहन्छ भन्ने कुराका साथै दुतेर्तेको राष्ट्र विरोधी र दोहोरो भूमिकाको पनि चर्चा गरिएको छ ।

 सो लेखमा फिलिपिन्सलाई अमेरिकी साम्राज्यवाद र  चिनियाँ साम्राज्यवादको खेलमैदान नबनाउन दुतेर्ते सरकारलाई चेतावनी दिनुका साथै र राष्ट्रिय स्वाधीनताका लागि लड्न फिलिपिन्सका जनतालाई आह्वान पनि गरिएको छ ।


भिडियो फिचरview all