menu

ताजा समाचार

चिनियाँ माओवादीहरूद्वारा मजदुरआन्दोलनलाई समर्थन गर्न आह्वान

चीनको ग्वाङ्दुङको दक्षिण क्षेत्रमा  चलिरहेको मजदुर आन्दोललाई समर्थन गर्दै आएको चिनिया माओवादी समूहले यही बिहिवार एउटा वक्तव्य प्रकाशित गर्दै सत्ताधारी कम्युनिस्ट पार्टीसम्बद्ध आधिकारिक सङ्गठनलाई  आन्दोलनप्रति समर्थन गर्न र पक्राउ परेका आन्दोलनकारी मजदुरहरूको रिहाइको पक्षमा उभिन आह्वान गरेको छ ।

पेकिङ युनिभर्सिटीबाट स्नातकको पढाइ सकेर निस्केका एक जना पुराना विद्यार्थीको संयोजकत्वमा गठित ‘जासिक मजदुर  ऐक्यबद्धता समूह’ का नाममा प्रकाशित सो वक्तव्यमा अहिले बेजिङमा भइरहेको सरकार पक्षघर सङ्गठन ‘अखिल चिनियाँ ट्रेड युनियन महासघ’ को सम्मेलनलाई सम्बोधन गर्दै 'ऐक्यबद्धता समूह' का संयोजकले त्यस्तो आह्वान गरेकी हुन् ।

यु जिन माओवादी समूहका महत्वपूर्ण पात्र थिइन् र सो समूहका केही सदस्य ग्वाङ्दुङको सेन्जेन सहरमा ‘जासिक  टेक्नोलोजी कारखाना’ मा मजदुरी गर्छन् र उनीहरू त्यहाँ भएका मजदुरको हकहितका लागि केही महिनादेखि अलग्गै संस्थाका लागि माग गरिरहेका छन् ।

त्यहाँ माओवादी गतिविधि बढेपछि ‘एैक्यबद्धता समूह’ को मुख्यालयमा प्रहरीले छापा मारेको थियो । सो समूहले  यु जिनलाई अरू कार्यकर्तालाई उनकै आफ्नै ठाउँमा काम गर्न पठाएको होला भनिएको थियो । अहिले उनी कहाँ छिन् भन्ने कुरा कसैलाई थहा छैन । प्रहरीले उनलाई बेपत्ता पारेको र धेरै दिनसम्म उनी जासिक कारखानामा नआएपछि उनको बारेमा जानकारी दिन सार्वजनिक आह्वान गरियो ।

 
जासिक कारखानामा ट्रेड युनियन गठनको प्रयास गर्ने  लिउ पेङ्घुन, मि जिउपिङ, यु लिङ्कोङ र लि झानलाई करिब तीन महिनाअघि देखि हिरासतमा राखिएको छ र उनीहरूलाई आफ्ना वकिलहरूसित पनि भेटघाट गर्न दिइएको छैन । “स्थानीय न्यायिक ब्युरोले “यदि वकिलहरू ती मजदुरहरूको पक्षमा वकालत गर्ने जिद्दी गरे भने उनीहरूको लाइसेन्स रद्द पनि हुनसक्छ” भनेर धम्की दिएको छ ।

उनीहरूलाई कारखानामा काम गरिहेको समयमा सेप्टेम्बर ३ मा पक्राउ गरिएको थियो ।

आह्वानमा जासिक कारखानाका मालिकले  मजदुरहरूलाई  गाली गर्ने, हप्काउने, मजदुर अधिकारको हकभोग गर्न नदिने, कम ज्याला दिने र विरोध गरे कामबाट निकाल्ने काम गरेको र यसबारे सत्ताधारी पार्टीको मजदुर  सङ्गठनको  स्थानीय शाखा पनि केही नबोल्ने गरेको भनेर उल्लेख गरिएको छ ।

आधिकारिक र सत्ताधारी पार्टीको मजदुर सङ्गन मजदुरहरूका पक्षमा नबोलेपछि उनीहरूले आफ्नै स्वतन्त्र सङ्गठन गठन गरे ।  यसो गरेवापत उनीहरूमाथि कुटपिट गरियो र पक्राउ गरियो ।

“जासिक जस्ता कारखानाका मालिकका लागि मजदुरको इज्जत र हकहित भन्ने कुरा केही छैन र उनीहरूका माग पूरा गर्नु पर्छ भन्ने पनि केही छैन । मजदुर भनेका कमिलाजस्ता न हुन् जसलाई जतिबेर किचिपिची पार्न सकिन्छ” — पत्रमा  भनिएको छ ।

नागरिक अधिकार जनजिवीकाको खबरदारी सम्बन्धी वेबसाइटले यु जिनसम्बन्धी घटनालाई सरकारद्वारा  गरिएको “बलजफ्ती बेपत्ता” को कार्य भनेर विरोध जनाएको छ । यसलाई बेजिङस्थित ‘चिनियाँ श्रमिक खवरदारी’ संस्थाले पनि विरोध गरेको छ ।

अहिले यु जिनलाई बेपत्ता पारेकोमा चौतर्फी रूपमा आक्रोस बढेको छ । 

यसरी मजदुरहरूमाथि अन्यायको विरोध गर्दा, सरकारी युनिएनले मजदुरहरूको हकहित बेवास्ता गरेका कारण स्वतन्त्र मजदुर सङ्गठन खोल्दा  पक्राउ गर्ने र मान्छे बेपत्ता पार्ने कार्यले चीनमा भय र त्रासको वातावरण निर्माण भएको छ । वास्तवमा यु जिनले त एउटा कम्युनिस्ट पार्टीले मजदुरहरूका बारेमा गर्नु पर्ने कामकुराको बारेमा ध्यानाकर्षण मात्रै गरेकी हुन् ।

माओको मृत्यु भएको चार दशकपछि पनि  चिनियाँ सत्ताधारीहरू माओको नाममा त्रसित भइरहेका छन् । सन् १९४९ मा चिनियाँ जनगण तन्त्रको स्थापना गर्ने महाने नेता माओको विरुद्ध अहिलेका सत्ताधारीहरू वहाँले “गम्भीर राजनीतिक गल्तीहरू” गर्नुभयो भनेर भ्रम दिइरहेका छन् ।
स्थानीय तहमा निर्मित माओका सालिकहरू उखेलेर  फ्यालिएका र भत्काइएका छन् । महान् नाविक , महान नेताको छवि बिगार्ने काम सरकारी तवरबाटै हुने गरेको छ र विकास र कारखाना स्थापना गर्ने नाममा  जनमुक्ति सेनाका पुराना क्याडरहरूसमेत  गरिब जनताको जमिन कब्जा गरिएको छ र विरोध गर्नेहरूलाई राज्य विरोधी भनिन्छ ।

चीनमा अहिले सरकारको आलोचनमा गर्दै लेख्न र बोल्न पाइँदैन । जताततै सेन्सर छ । माओवादी वेबसाइटहरू सबै बन्द गरिएको छ ।


स्रोत :  रेडियो फ्रि एसिया

भिडियो फिचरview all