menu

ताजा समाचार

नोटबन्दी विरुद्ध भारतीय वामपन्थीहरूको प्रदर्शन

भारतमा नरेन्द्र मोदी सरकारले हजार र पाँचसयको नोटमाथि लगाएको प्रतिबन्ध नेपालका नवधनाढ्यहरूको समेत टाउको दुखाइ भइरहेको अवस्थामा भारतमा सिपिआइ (एमएल) लिबरेसन, एआइसिसिटियु, न्यु सोसियलिस्ट अल्टर्नेटिव लगायतका पार्टीहरूले बेङ्लोरमा प्रदर्शन गरेका छन् । उनीहरूले प्रकाशित गरेको पर्चामा हजार र पाँचसयको नोटमाथि लगाएको प्रतिबन्धलाई  मोदी सरकारको नाटक भनेका छन् र ठूला पुँजीपतिहरूको सबै अवैद्य सम्पतिको व्यवस्थापन गरेपछि विपक्षीहरू तर्साउन ल्याएको भनेका छन् ।

त्यसैगरी उनीहरूले स्विस ब्याङ्कलगायत  विदेशमा राखेको सम्पति, रियल स्टेट, हाउजिङ कम्पनीमा लगाएको सम्पति लगायत भ्रष्टाचारसित सम्बद्ध सम्पतिबारे केही नबोल्ने मोदी सरकारको यस किसिमको नीति गोही र सार्कलाई सुरक्षित राखेर साना माछा मार्ने काम मात्र हो भनेका छन् । उनीहरूले यसलाई ठूला पुँजीपति वर्गको हितमा चालिएको कदम हो र  यसको मारमा पर्नेचाहिँ मध्यम वर्गीयहरू र आम नागरिक नै हुन् भनेका छन् । उनीहरूका भनाइमा विदेशी ब्याङ्कमा रहेका र अन्य सम्पतिबारे केही नबोल्ने र नोटबन्दी गरेर कालो धनको पर्दाफास गरेको भन्नु हाँस्यास्पद  काम मात्र हो ।

 सो प्रदर्शन सुरु हुनेबित्तिकै  नारासमेत  लगाउन  नदिई ३० जना वामपन्थी नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गर्नुले मोदी सरकार अभिव्यक्ति स्वतन्त्रताको विरोधी मात्र नभएर इदिअमिनको बाटोमा लागेको भनेर उनीहरूले विरोध जनाएका छन् । स्मरंण रहोस्, नोटबन्दीका कारण त्यहाँ थुप्रैले ज्यान गुमाएका छन् ।
भिडियो फिचरview all