menu

ताजा समाचार

मोदी फासिवादका विरुद्ध एक जुट हुन भाकपा (माओवादी)को आह्वान

जनवरी १, २०१८ मा भारतको महाराष्ट्रस्थित भीमा कोरेगाउँमा भएको हिंसात्मक घटनासित जोडेर मोदी सरकारले केही बुद्धिजीवीलाई पक्राउ गरेको र पक्राउ गरिएका बुद्धिजीवीको ल्यापटपमा मोदीको हत्या गर्ने योजनामा आधारित माओवादीको चिठी फेलापरेको भनेर भारतीय फासिवादी सरकारले दुष्प्रचार गरिरहेको अवस्थामा बरबर रावसहित थुप्रै बुद्धिजीवीहरूको घर खानतलासी गर्यो र वरवर रावसहित केही बुद्धिजीवीहरूलाई पक्राउ गर्यो  । अहिले कवि वरवर रावसहित ५ जना बुद्धिजीवीहरूलाई मोदी हत्याप्रकरणको नक्कली चिठी योजनामा जोडेर मुद्दा चलाइएको छ र अदालतले उनीहरूलाई नजरबन्दमा राख्न आदेश दिएको छ ।  गौतम नवलखालाई नजरबन्दबाट मुक्त गरे पनि अरूहरू अहिले पनि नजरबन्दमा नै छन् ।

यसैबीच भारतीय फासिवादी सरकार कसरी हिजोका दिनदेखि उसका जनविरोधी क्रियाकलापको आलोचना गर्नेहरूको हत्या गरिरहेको छ र फरक मत राख्नेहरूको  आवाज बन्द गर्न कसरी आतङ्कित पारिरहेको छ भनेर भाकपा (माओवादी) ले वक्तव्य  प्रकाशित गरेको छ ।  पार्टीले मोदी फासिवादका विरुद्ध सम्पूर्ण उत्पीडत वर्ग तथा समुदायका साथै  जनवादी र क्रान्तिकारी शक्तिहरूलाई  एकजुट भएर  लड्न पनि आह्वान गरेको छ ।


भाकपा (माओवादीको वक्तव्यको पूर्ण पाठ यसप्रकार छ :

सामाजिक कार्यकर्ताहरूको गैरन्यायिक गिरफ्तारी र  उनीहरूमाथि थोपरिएको फर्जी मुद्दाहरूको भ्रत्सना गरौँ
व्राम्हणवादी हिन्दू फासिवादका विरुद्ध देशव्यापी  संयुक्त आन्दोलनको निर्माण गरौँ

भीमा कोरेगाउँ षडयन्त्रको मुद्दामा पुणे पुलिसले ६ जुन २०१८ देखि देशव्यापी रूपमा बुद्धिजीवीहरूको धरपकड आरम्भ गरेको छ । सुरुमा सुधिर धवाले, रोना विल्सन, सुरेन्द्र गाड्लिङ, सोमा सेन र महेश राउतलाई पक्राउ गरियो । धरपकडको दोस्रो चरणमा २८ अगस्तका दिन वरवर राव, वरूण गोन्जालवस, अरूण फेरेरा, गौतम नवलखा र सुधा भारद्वाजलाई सोही षड्यन्त्रको  मुद्दाका नाममा घरैबाट हिरासतमा लिइयो । पुलिसले  गोवामा प्रो. आनन्द तेलतुम्डेको घर, प्रो. सत्यनारायण, पत्रकार क्रान्ति र कुरमनाथ (हैदरावाद) र फादर स्टान स्वामी (राँची) को घरमा आतङ्कपूर्ण किसिमले खानतलासी गर्यो  ।

पुणे पुलिस र महाराष्ट्र सरकारले जनवरी १, २०१८मा भएको भीमाकोरे गाउँ हिंसा घटनाका पछाडिको असली पात्र सम्भाजी भिडे, जसलाई नरेन्द्र मोदीले आफ्नो गुरु भन्ने गरेका छन्, र मिलिन्द एगबोटेलाई केही नगरी छाडिदिएको छ ।
 
जुन महिनादेखि आफ्नो प्रभाव र पकडमा रहेका माध्यमहरूमार्फत षड्यन्त्रका सिद्धान्तहरूको प्रचारप्रसार गर्दै पुलिसले — रोना विल्सनको ल्यापटपको अध्ययन गर्दा  भेटिएको चिठीमा रोना विल्सन र अरूहरू मोदीको हत्या गर्ने र भारतीय राज्यसत्ताको विरुद्ध युद्ध लड्ने भनेर माओवादीहरूले बनाएको योजनामा सहभागी भएको भनेर हल्ला गर्दै आएको  छ ।
 
थुप्रै प्रतिष्ठित विद्वानहरू र सेवा निवृत्त  प्रहरी अधिकारीहरू र न्यायाधीशहरूले चिठीको अपत्यारिलो  र नक्कली प्रकरणको विश्लेषण गरेर सो चिठी यसकारणले नक्कली र बनावटी हो भनेर सबै खुलस्त पारेका छन् । उनीहरूले खुलारूपमा रहेका ‘अभियोग लगाइएका’ हरू र हाम्रो पार्टी, एउटा भूमिगत पार्टीबीच यस किसिमका चिठीहरू र मेलहरू अझ मूल नाममै, त्यो पनि सैन्य अपरेसनहरू र लजिस्टिकका सूचनाहरू यसरी खुलारूपमा आदानप्रदान हुन सक्ने कुरा होइन भनेर तर्कपूर्ण प्रश्न उठाएका छन्  । यस अर्थमा माथि उल्लेखित केही बुद्धिजीवीहरूलाई मोदीको हत्याको योजनामा लागेका भन्नु भारतका जनतामाथि गरिएको एउटा सबैभन्दा ठूलो अपराधमध्येको एउटा  अपराध हो । दाबोल्कर पानसरे, कलबुर्गी, गौरी लङ्केशको हत्या तथा  ओमर खालिदको हत्याको  प्रयास गरेर तथा जि.एन. साइबाबा र अरूहरूलाई जेल पठाएर फरक विचार राख्नेहरूको आवाजलाई बन्द गराउने काम भइरहेका छन् भन्ने कुरा प्रस्ट छ । वास्तवमा यो मोदी राज्यसत्ताको असली र ठाडो षडयन्त्र हो । हाम्रो आन्दोलनप्रति गहन अध्ययन गर्नेल सैन्य अभियानमा संलग्न हाम्रो भूमिगत छापामार फोर्सका काम गर्ने तरिकाका बारेमा जानकारी राखेको हुन्छ । समातिएका सामाजिक अभियन्ताहरूको यसमा कुनै भूमिका छैन  भनेर बुझेको छ ।  

डाक्टर बिनायक सेन, सोनी सुरीदेखि साइबाबा र वरवर राव, सुधा भारद्वाज र अरूहरूसम्म सबै लोकतान्त्रिक अधिकारकर्मी र क्रान्तिकारी बुद्धिजीवीहरू हुन्, जसले आफ्नो समग्र जीवन उत्पीडितहरू, दलितहरू, आदिवासीहरू, अल्पसङ्ख्यकहरू, महिला, मजदुरहरू र किसानहरूको अधिकारको पक्षमा, उनीहरूको सङ्गठित हुने र आन्दोलनमा सहभागी हुन पाउने अधिकारका पक्षमा समर्पित गरेका छन् । यस किसिमका गतिविधिहरूलाई नै वर्तमान फासिवादी मोदी र साह सत्ता नियन्त्रण गर्न चाहन्छ ।

यथार्थमा मोदी-साह-बिजेपी/आरएसएस फासिवादी सत्ताले जन विश्सनीयता गुमाइसकेको छ र  आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा गम्भीर सङ्कटको सामना गरिरहेको छ । चुनावको बेला मोदीले भ्रष्टाचार, बेरोजगारी समाप्त पार्ने, किसानको आम्दानी दोब्बर पार्ने आदिआदि भनेर गरेका बाचाहरू सबै उत्तानो परेका छन् । सत्ताधारीहरूको क्रोनी पुँजीवादप्रतिको पक्षधरता र अम्बानी, अदानी, मोदी, माल्याहरूको भ्रष्टाचारसितको संलग्नता सबै उदाङ्गो भएको छ । मौद्रिक नीति, जिएस्टीलगायत साम्राज्यवादपरस्त उनीहरूका नीतिहरूले भारतीय अर्थतन्त्रमा ध्वसांत्मक असर परेको छ, यसका कारण साना र मध्यम स्तरका उद्योगकाराखानाहरू बन्द भएका छन् र व्यापक मात्रामा बेरोजगारी बढेको छ । दलित, अदिवासी, महिलाहरू तथा दाभोल्कार, गौरी लङ्केश जस्ता प्रगतिशील र बुद्धिजीवीहरू तथा अरूहरूमाथि हिन्दूत्व भिजिलान्ते गिरोहद्वारा भएको आक्रमणले यी फासिवादी तत्वहरूका विरुद्धको एकता तथा धुवीकरणलाई अघि बढाउनु स्वाभाविक छ ।
 
यस किसिमको पृष्ठभूमिमा मोदी-साह सत्ताद्वारा  हिरासत र लोकतान्त्रिक अधिकारकर्मीहरू तथा क्रान्तिकारी बुद्धिजीवीहरूलाई आतङ्कित पार्ने र जेलको पठाउने काम भएको छ :

–“नइँ पेसवाइ-नहीँ चलेगी” को नारासाथ भीमा कोरेगाउँ कार्यक्रममा दलितहरू, अल्पसङ्ख्यकहरू र क्रान्तिकारी आन्दोलनकारीहरूबीच भएको एकताबाट अत्तालिएर त्यसलाई अघि बढ्न नदिन,

–पुँजीवाद, भ्रष्टाचार, बेरोजगारी, इन्धनलगायत अन्य अत्यावश्यक वस्तुहरूको आकासिंदो मूल्य वृद्धिबीच पाकिस्तानका सन्दर्भलाई लिएर देखाइएको नक्कली राष्ट्रवाद र सहरी नक्सलवादका नाममा गरिएको आतङ्बाट पनि केही नचलेपछि जनताको ध्यान अन्यत्र मोड्न,

–दण्डकारण्य, झारखण्ड र ओडिसामा अनवरत बमवारी चलाउन, सेना र अर्धसेनाको थप तैनाथी गर्न र  काङ्ग्रेसी सरकाले आरम्भ गरेको ‘अप्रेसन ग्रीनहन्ट’ लाई थप तीव्र बनाउन । आदिवासीमाथि सामूहिक हत्या र निर्मम दमनका अथाह शृङ्खला जारी छन् । यी क्षेत्रमा भएका दमन र आतङ्कलाई लिएर आदिवासीले बाहिरका मान्छेसित कुनै पनि किसिमको सम्बन्ध नबनाउन् भन्ने  सत्ताधारीहरू चाहन्छन् । पक्राउ परेका बुद्धिजीवीहरूमा तिनीहरू पनि छन्, जसले राज्यद्वारा यस्ता ठाउँमा भएका हत्या र आतङ्कको भण्डाफोर गर्नमा आफूलाई अग्रपङ्क्ति उभ्याएका छन् ।

-सहरी नक्सलवादको डरत्रास देखाएर, कर्पोरेट शक्तिहरूको विरोध गर्नेहरू र सरकारका जनविरोधी नीतिहरूको विरोध गर्नेहरूलाई नक्सलवादीद्वारा प्रोत्साहित गरिएका र आडभरोसा प्राप्तहरू भन्दै सरकार उनीहको आवज बन्द गर्न चाहन्छ, यस्ता हरेक आन्दोलनमाथि दमन गर्न चाहन्छ । भर्खरै पनि हामीले यो कुरा थुथिगुडी सङ्घर्ष र पत्थरगडी आन्दोलन लगायतका आन्दोलनमा देखिसकेका छौँ । सामाजिक कार्यकर्ताहरूमाथिको धरपकड यस किसिमका आन्दोलनमा लागेका अगुवाहरूमाथिको चेतावनी हो भन्ने कुरा प्रस्ट भएको छ ।

फादर स्तान स्वामी र वरवर रावजस्ता वयोवृद्धहरूमाथि भएको धरपकड र यातनाले माथि उल्लेखित उद्देश्य पूरा गर्न मोदी सत्ताको छटपटीलाई पूर्णरूपमा उजागर गर्छ ।

सबै किसिमका फासिवादी शक्तिहरूका विरुद्ध लड्नुपर्ने आवश्यकता दिनानुदिन बढ्दो छ । राज्य, खास गरेर मोदी-साह-आरयसयसत्रय गठबन्धनका कुत्सित गतिविधिहरूलाई उदाङ्गो पार्ने सबै लोकतान्त्रिक शक्तिहरूको हामी प्रशंसा गर्दछौँ ।
 
हामी जनवादी र क्रान्तिकारी शक्तिहरू, अनि मजदुरहरू, किसानहरू, दलितहरू, आदिवासीहरू, अल्पसङ्ख्यकहरू र महिलाहरूलाई एक जुट हुन र व्राम्हणवादी हिन्दूत्व फासिवादी शक्तिहरूमाथि प्रत्याक्रमण गरेर परास्त गर्न आह्वान गर्दछौँ ।

अभय
प्रवक्ता
केन्द्रीय समिति- भाकपा (माओवादी)
सेप्टेम्बर २०१८
भिडियो फिचरview all