menu

ताजा समाचार

बरबर राव, गौतम नवलखा, आनन्द तेलतुम्बडे लगायतका बुद्धिजीवीहरूको घरमा प्रहरीद्वारा छापा

भारतीय फासिवादी सत्ताको विरोध गर्नेहरू त्यसमा पनि बौद्धिक समुदायलाई एकएकवटा बहाना बनाएर भाकपा (माओवादी) सित जोडेर मानसिक तथा शारिरीक यतनाका साथै जेल र हिरासतको कसुरदार घोषित गरिरहेको भारतीय प्रतिक्रियावादले केही महिनाअघि भीमा कोरे गाउँमा दलितहरूमाथि भएको दमन र त्यस विरुद्धको प्रतिरोधसित जोडेर  थुप्रै सामाजिक कार्यकर्ता–पत्रकार, वकिल, मानवअधिकारीवादी कार्यकर्ता पक्राउ गरेको थियो ।  सो घटना सेलाउन नपाउँदै फेरि त्यस्तै घटनाको पुनरावृत्ति भएको छ ।

भारतीय प्रगतिशील अनलाइन ‘जनज्वार’ का अनुसार आज २८ अगस्त  बिहान ४ बजे एकै समयमा दिल्ली, महाराष्ट्र, आन्ध्र र  झारखण्डका बुद्धिजीवीहरूको निवासमा छामा मारिएको थियो ।

केही महिनाअघि झारखण्डको पत्थलगढीमा भएको  नरसंहारको घटनालाई  उजागर गर्न सक्रिय बुद्धिजीवी स्टेन स्वामीको घरमा छामा मारेर पुलिसले घरमा भएका कम्प्युटर, ल्यापटप, सिडीहरूका साथै थुप्रै पुस्तकहरू कब्जा गर्नुका साथै  र उनीसित महाराष्ट्रका विभिन्न सङ्गठनहरूसितको सम्बन्धका बारेमा सोधपुछ गर्यो ।

त्यसैगरी पहिले नै भीमा कोरे गाउँ  घटनासित सम्बद्ध भनेर पक्राउ गरिएका अरूण फरेराको पुणेस्थित घरमा छापा मारेर थुप्रै कागपत्रहरू पुणे पुलिसले कब्जामा लियो । त्यस्तै शिक्षक, वकिल, मानवअधिकारवादी सुसान अब्राहम, सुधा भारद्वाज र बेरन गोन्जाविल्सको मुम्बईस्थित आवासमा छापा मारियो ।

त्यसै गरी सामाजिक कार्यकर्ता गौतम नवलखाको दिल्ली निवास  तथा आइटी प्रोफेसर आनन्द तेलतुब्डेको निवास गोवामा पनि पुलिसद्वारा छापा मारियो ।

यसका साथै बहुचर्चित कवि तथा माओवादी विचारक बरबर राव, बरबर रावकी छोरी अनाला र पत्रकार कुरमनातको आन्ध्रस्थित घरमा पनि त्यही समयमा प्रहरीले छापा मारेर कागजातहरू कब्जामा लियो ।

प्रहरीले घरका मान्छेलाई आतङ्कित पार्नुका साथै यसरी लगिएका कागजपत्रहरूको कुनै सूची नबनाएको र मुचुल्का पनि नगरेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।

पछिल्लो समाचार अनुसार बरबर रावलाई प्रहरीले हिरासतमा लिएको छ l

भिडियो फिचरview all