menu

ताजा समाचार

बिप्लव समूहले मुख खोल्यो, अब ४० भाइले के गर्लान् ?

नेकपा -बिप्लव सम्बद्ध क्रान्तिकारी पत्रकार संगठनका ४० जना पत्रकारहरूले पत्रकारहरूको बैठक नै नबसी आफूआफू किसिमले अमुकको नेतृत्वमा कार्यसमिति निर्माण गरेको र त्यसलाई मान्यता नदिने भनेर केही दिनअघि मात्र प्रेस वक्तव्य प्रकाशित गरेका थिए । त्यसमा उनीहरूले प्रकाश डुब्रेको नेतृत्वमा बनेको भनेर बाहिर आएको समाचार सही नभएको र अब छिटै केन्द्रीय समतिको बैठक बसेर पदाधिकारी चयन गर्ने  भन्दै पत्रकारहरूलाई भ्रममा नपर्न आह्वान गरेका थिए ।

यसै सन्दर्भमा फ्र्याक्सन इन्चार्ज प्रकाण्डले आफू धुलिखेल हिरासतमै रहेको बेला सो निर्णयमा कतै तलमाथि नहुने र डुम्ब्रेको नेतृत्वमा बस्न नचाहनेमाथि कारवाही हुने भनेर आफूनिकट पत्रकारलाई भनेको कुरा पनि चर्चामा आएको थियो ।

यसैबीच नेकपा-बिप्लवका तर्फबाट कार्यालय सचिवका नाममा एक वक्तव्य प्रकाशित गरी सो बारे उठेका भ्रम निवारण गरिएको भनेर सो पार्टीको अनलाइन प्रकाशन 'इरातोखबर' ले जनाएको छ । ध्रुबका नाममा प्रकाशित  वक्तव्यमा कमल बुढा लगायतका व्यक्तिहरूले  क्रान्तिकारी पत्रकार संगठनका बारेमा बाहिर चलाईएका भ्रामक प्रचारबाट मुक्त हुन र प्रकाश डुम्रेको नेतृत्वमा बनेको टीम नै आधिकारीक भएकोले अन्य सदस्यहरुलाई पनि उनकै नेतृत्वमा गोलबन्द हुन् देशभरी रहेका क्रान्तिकारी पत्रकारहरुलाई आग्रह गरिएको छ ।

भिडियो फिचरview all