menu

ताजा समाचार

क्रान्तिकारी पत्रकार सङ्गठनका ४० जना केन्द्रीय सदस्यद्वारा खुराफाती प्रवृत्तिका विरुद्ध चेतावनी

नेपाल कम्युनिस्ट पार्टी-बिप्लव सम्बद्ध पत्रकारहरूको सङ्गठन ‘क्रान्तिकारी पत्रकार सङ्गठन’ को गत बैशाखको राष्ट्रिय सम्मेलनद्वारा चुनिएका ४० जना केन्द्रीय सदस्यले आज मिति २०७५-५-७ का दिन एउटा वक्तव्य प्रकाशित गरी केही व्यक्तिहरूले सङ्गठनको केन्द्रीय समितिको बैठक बसी पदाधिकारी चयन गरेको भनेर सार्वजनिक गरेको कुरा झूठो र विधानविपरीत भएको जनाएका छन् । ५ वटा बुँदामा अभिव्यक्त सो वक्तव्यमा  सङ्गठनको विधिविधान मिचेर केही व्यक्तिले क्रान्तिकारी पत्रकार सङ्गठनको वलिदानी इतिहास र सम्मेलनको मर्मविपरीत आफू खुसी केन्द्रीय समिति घोषणा गरेको कुरा मान्य छैन भन्दै वक्तव्यमा भनिएको छ :

कृष्ण सेन इच्छुकको असल उत्तराधिकारीका रुपमा रहेको हाम्रो संगठन विगतमा कठोर दुःख, कष्ट र पीडा सहँदै सामाजिक रुपान्तरणको आन्दोलनमा प्रतिबद्ध रहँदै यहाँसम्म आइपुगेको छ । यही क्रममा गत बैशाख १५ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य उद्घाटन गरी १६ र १७ गते नगर कोटमा बन्दशत्र गरिएको सर्वविदितै छ । सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेपका कारण हामीले केन्द्रीय समितिको नाममात्र पारित गरी बाँकी पदाधिकारी केन्द्रीय समितिको पहिलो बैठकबाट चयन गर्ने गरी बन्दशत्र सम्पन्न गरेका थियौ । त्यसपछि आन्तरिक र बाह्य परिस्थितिको अप्ठारोका कारण अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । यसैक्रममा केही मान्छेहरुले केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीको चयन गरिएको भन्दै आफैले आफैलाई पदाधिकारी घोषणा गर्ने र समाचार लेखाउने तथा सामाजिक सञ्जालमा बधाई दिन लगाउने अत्यन्तै निच हर्कत गरिरहेका छन् । यी कुनै पनि हल्ला सत्य नभएको र यस्ता निराधार हल्लामा विश्वास नगर्न हामी सबैमा अनुरोध गर्दछौ । साथै अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर नगरकोट सम्मेलनको बाँकी प्रक्रियालाई पूरा गरी संगठनको नियमित काम कार्यमा अघि बढ्ने जानकारी गराउँदछौ ।”

वक्तव्यमा अगाडि  भनिएको छ : “संशयपूर्ण भूमिका भएका र खराब आचरण भएका केही पात्रहरु अमुक नेतालाई प्रभावमा पारेर जवरजस्त आफूलाई नेता घोषित गराउन लागेकोले यस्ता कार्य नगर्न आग्रह गर्दछौँ ।"

यसरी वक्तव्य जारी गर्नेमा डिल्लिराज रावत, कमल बुढा, जन्मदेव जैसी, भौतिक मल्ल, नवराज ढकाल, जानकी दहित, धनन्जय बुढा, केशव न्यौपाने,करण बडाललगायत ४० जना रहेका छन् ।

व्यक्तव्यको पूर्ण पाठ यस प्रकार छ :
क्रान्तिकारी पत्रकार संगठन, नेपाल 
प्रेस विज्ञप्ति
   २०७५/०५/ ०७

१.क्रान्तिकारी पत्रकार संगठन, नेपाल नेपाली श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा, आम नागरिकका संवैधानिक र राजनीतिक अधिकारका पक्षमा संघर्ष गर्न सधै प्रतिवद्ध छ । साथै नेपालको सामाजिक रुपान्तरणकारी आन्दोलनमा जनस्तरबाट उठ्ने सबैखाले आन्दोलनमा आफ्नो ऐक्यवद्धता जनाउँदै आएको छ । लामो समयदेखि चल्दै आएको परि वर्तनकारी आन्दोलनको प्रक्रिया पूरा भएका छैनन । विगतमा भएका कतिपय आन्दोलनबाट केही सकारात्मक परिवर्तन भए पनि पछिल्लो समयमा ती उपलब्धीहरु पनि गुम्ने खतरा बढ्दै गएको छ ।

२.यसै क्रममा यही भदौ १ गते सरकारले लागु गरेको मुलुकी ऐनले नेपाली प्रेस र आम जनताको अधिकारलाई पूरै कुन्ठित पारेको छ । खासगरी धारा २९३ देखि धारा ३०७ सम्मका प्राबधानहरुले ने पाली प्रेसको घाँटी रेट्ने काम गरेको छ । यसले खोज पत्रकारिताको हत्या गरेको छ । साथै सामान्य नागरिकको दैनिकीमाथि नै कठोर कानुन लादेर सरकारले निरंकुश चरित्र देखाएको छ । यसप्रति हाम्रो संगठन घोर आपत्ती व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने गरी ल्याइएका ती प्रावधानहरु खारेज गर्न माग गर्दछ । साथै हरण गर्न खोजिएका जनअधिकार र स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भई संघर्षमा उत्रन आम श्रमजीवी पत्रकार, अधिकारकर्मी तथा स्वतन्त्रताका पक्षधर सबैमा हाम्रो संगठन आह्वान गर्दछ । प्रेस, विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप हामीलाई स्वीकार्य छैन । श्रमजीवीका अधिकार आन्दोलनबाट मात्र रक्षा हुने विगत हामीले व्यहोर्दै आएका छौ । लोकतान्त्रिक भन्ने सरकारले पछिल्लो चरण स्थानीय स्तरमा जनतामाथि थोपरेको चर्को कर र केन्द्रमा मुलुकी ऐ नका नयाँ संस्करणहरु ल्याएर घोर निरंकुशता थोपरेको यो सन्दर्भमा फेरि पनि सबै श्रमजीवीले नयाँ आन्दोलनको आवश्यकता महशुस गरेका छन् । श्रमजीवीका हितमा हाम्रो संगठन कुनै पनि खालको संघर्ष गर्न प्रतिवद्ध छ ।

३. कृष्ण सेन इच्छुकको असल उत्तराधिकारीका रुपमा रहेको हाम्रो संगठन विगतमा कठोर दुःख, कष्ट र पीडा सहँदै सामाजिक रुपान्तरणको आन्दोलनमा प्रतिबद्ध रहँदै यहाँसम्म आइपुगेको छ । यही क्रममा गत बैशाख १५ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य उद्घाटन गरी १६ र १७ गते नगर कोटमा बन्दशत्र गरिएको सर्वविदितै छ । सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेपका कारण हामीले केन्द्रीय समितिको नाममात्र पारित गरी बाँकी पदाधिकारी केन्द्रीय समितिको पहिलो बैठकबाट चयन गर्ने गरी बन्दशत्र सम्पन्न गरेका थियौ । त्यसपछि आन्तरिक र बाह्य परिस्थितिको अप्ठारोका कारण अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । यसैक्रममा केही मान्छेहरुले केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीको चयन गरिएको भन्दै आफैले आफैलाई पदाधिकारी घोषणा गर्ने र समाचार लेखाउने तथा सामाजिक सञ्जालमा बधाई दिन लगाउने अत्यन्तै निच हर्कत गरिरहेका छन् । यी कुनै पनि हल्ला सत्य नभएको र यस्ता निराधार हल्लामा विश्वास नगर्न हामी सबैमा अनुरोध गर्दछौ । साथै अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर नगरकोट सम्मेलनको बाँकी प्रक्रियालाई पूरा गरी संगठनको नियमित काम कार्यमा अघि बढ्ने जानकारी गराउँदछौं।

४. हाम्रो संगठन बलिदान र कठोर दुःख कष्टको पृष्ठभूमीसहित यहाँ आएको हो र उच्च नैतिक मुल्यका साथ अघि बढिरहेको छ । तर, संशयपूर्ण भूमिका भएका र खराब आचरण भएका केही पात्रहरु अमुक नेतालाई प्रभावमा पारेर जवरजस्त आफूलाई नेता घोषित गराउन लागेकोले यस्ता कार्य नगर्न आग्रह गर्दर्छौं।
 
तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय सदस्यहरू :

१     डिल्लीराज रावत     २१     राजेन्द्र अधिकारी
२     कमल बुढा     २२     होमनाथ न्यौपाने
३     भौतिक मल्ल     २३     रमेश भट्टराई
४     दिप ब. घर्ती     २४     सुदिप वर्देवा
५     जन्मदेव जैसी     २५     दिया चन्द
६     निलम आरसी     २६     राजु बोहोरा
७     नवराज ढकाल     २७     करण बडाल
८     हरी भण्डारी     २८     शैलेश डंगोल
९     बाबुराम भुषाल     २९     सुरज प्याकुरेल
१०     उन्नति चौधरी     ३०     केशव भूल
११     रुपेन्द्र ऐडी     ३१     शोभराज बराल
१२     जानकी दहित     ३२     मिसन थापा
१३     बैकुण्ठ गिरी     ३३     रुपा गुरुङ
१४     केशव न्यौपाने     ३४     तिर्थराज बोहोरा
१५     तिलक अधिकारी     ३५     गोविन्द विश्वकर्मा
१६     जीवन हमाल     ३६     जगदिशनाथ योगी
१७     राजकपुर महर्जन     ३७     सन्तोषकुमार गुप्ता
१८     साहस भट्ट             ३८      टिका केसी
१९     गणेश रोका     ३९     राज सापकोटा
२०     धनञ्जय बुढा     ४०     नवराज न्यौपाने
भिडियो फिचरview all