menu

ताजा समाचार

नेकपा-विप्लवप्रति ओली सरकार थप कठोर : प्रकाण्ड अदालतबाटै पक्राउ , विप्लब लगायतका नेताहरूलाई पक्राउ पुर्जी

गत हप्ता हेटौँडाबाट काठमाडौँ  आउँदा पक्राउ परेका नेकपा-बिप्लवका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई चन्दा प्रकरणबाट सर्बोच्च अदालतले बेकसुर ठानी रिहाइ गरे पनि प्रहरीले एनसेल टावरमाथि आगजनी गरेको अभियोग लगाई अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ ।

पक्राउ गर्ने  थाहा पाएपछि अदालत परिसरबाट बाहिर ननिस्किएर रजिष्ट्रार  कार्यालयमै बसेका  प्रकाण्डलाई मानवअधिकार आयोगले गाडीमा आफ्नो कार्यालय लान खोजेपछि  प्रहरीले आपत्ति जनायो र आयोग  र वार यसोसिएसनका पदाधिकारीहरूले पक्राउ नगर्न प्रहरीसामु कुरा राखे पनि प्रहरीले उनीहरूकै  बीचबाट अपराधीका झैँ व्यवहार गरी प्रकाण्डलाई खोसेर लगेको कुरा सामाजिक सञ्जालहरूलागायत बिभिन्न माध्यमहरूले जनाएका छन्  । उनलाई काभ्रे लागिएको कुरा पनि थाहा हुनआएको छ ।

प्रकाण्डसँगै पक्राउ  परेका उनका सहयोगी हरिचन्द्र आचार्य र गाडीचालक मानबहादुर श्रेष्ठ भने रिहा भएका छन् ।

७ जना केन्द्रीय नेता हिरासतमा

यताका दिनमा विभिन्न आरोप र बहानामा ओली सरकारले नेकपा-बिप्लवका ७ जना केन्द्रीय नेता प्रकाण्ड, गम्भीर, जीवन्त, बाबुराम पुन, किरण, दिपेश र आजादलाईलाई पक्राउ गरी विभिन्न जिल्लामा हिरासतमा राखेको कुरा सो पार्टीको प्रकाशनले उल्लेख गरेको छ। यसरी हिरासतमा राखिएका बाबुराम पुनबाहेक सबै दसबर्से जनयुद्धमा भूगोल तथा विभागमा महत्त्वपूर्ण जिम्मेवारी लिएका नेताहरू छन् ।

बिप्लव लगायतका नेताहरूलाई पक्राउ पुर्जी

प्रकाण्ड सँगै पक्राउ परेका सहयोगी हरिचन्द्र आचार्यलाले ''आफूलाई हिरासतमा निर्मम किसिमले कुटपिट गर्दै स्थायी सदस्य सुदर्शन र विषम कहाँ छन् भनेर सोधेको " भन्ने भनाइका आधारमा प्रहरी प्रशासन यी दुई नेताको खोजीमा छ भन्ने कुरा थाहा हुन्छा भने प्रकाण्डको गिरफ्तारीलाई लिएर गरिएको नेपाल बन्द र कालिकोटमा भएको बम बिष्फोटको घटनासित जोडीमहासचिब नेत्रबिक्रम चन्द 'बिप्लव' लगायत कालिकोटका केन्द्रीय नेता रनवीर, एटम आदिका नाममा कालिकोट प्रशासनले पक्राउ पुर्जी जारी गरेको कुरा प्रकाशन माध्यमहरूले  जनाइसकेका छन्
सिङ्गो केन्द्रीय समिति रित्तो बनाउने चाल ?

ओली सरकारले देखाएको व्यवहार हेर्दा  सरकार सिङ्गो नेतृत्त्व पंक्तिलाई कब्जामा लिएर नेकपा- बिप्लवलाई रित्तो पार्ने षड्यन्त्रमा लागेको त छैन भनेर आशंका गर्नु पर्ने स्थिति बनेको छ ।
भिडियो फिचरview all