menu

ताजा समाचार

नवदलाल प्रचण्डलाई दोरम्बामा कालो झण्डा

सहिदको रगतमाथि खेलवाड गर्दै साम्राज्यवाद र विस्तारवादको सेवामा लीन नवदलाल पुष्पकमल दाहाल प्रचण्डलाई रामेछाप डांडाकटेरी  दोरम्बाका जनताले कालो झण्डा देखाएर तिरस्कार गरेका छन् । जनयुद्ध विसर्जन गरेको १२ वर्षसम्म पाइला टेक्नु आवश्यक नठानेका  प्रचण्ड सुरक्षा गार्ड र आसेपासेलाई वरपर राखेर बडो तामझामका साथ साउन ३१ गते हेलिकप्टरमा दोरम्बाको सहिद भूमिमा पुगेका थिए । सोही क्रममा प्रचण्ड र उनका चाटुकारलाई चुनौती दिँदै नेकपा-विप्लवका कार्यकर्ताले देखाएको कालोझण्डाको घटना अहिले राजनीतिक वृत्तमा निकै चर्चाको विषय बनेको छ ।

नेकपा-विप्लवका तर्फबाट दोरम्बाका सहिदहरूको स्मृतिमा गर्न लागेको  कार्यक्रमस्थल नवप्रतिक्रियावादीहरूले कब्जा गरेर कार्यक्रम गर्न नदिने योजना बनाएको भए  पनि विप्लवका कार्यकर्ता तथा शुभचिन्तकहरुबाट नाराका साथ कालो झण्डा देखाउँदै प्रचण्डलाई “स्वागत” गरेपछि प्रचण्डका कार्यकर्ता मात्र नभई सेनाका साथ पुगेका प्रचण्डसमेत आत्तिएको स्थितिमा पुगेको कुरा त्यहाँ सहभागी प्रचण्डकै कार्यकर्ताले जनाएका छन् ।

नेकपा- विप्लव नजिकको अनलाइन eratokhabar अनुसार त्यस समयमा विप्लवका कार्यकर्ताले :  सहिदको अपमान गर्न पाइंदैन !, राजनीतिक दलाल प्रचण्ड : मुर्दावाद !, एकीकृत जनक्रान्ति : जिन्दावाद !, वैज्ञानिक समाजवाद :  जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी :  जिन्दावाद !, वीर सहिद :  लाल सलाम ! जस्ता नारा लगाउँदै कालो झण्डा देखाएका थिए  ।

२०६० साल साउन ३१ गते शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएको ज्ञानेन्द्र शाहका  जल्लादहरूले संविधानसभालाई केन्द्र बनाएर भइरहेको वार्ता भंग गर्ने उद्देश्यले २१ जना  निहत्था माओवादी नेताकार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले नृशंस हत्या गरेका थिए ।
भिडियो फिचरview all