menu

ताजा समाचार

माओवादी छापामारसितको भिडन्तमा ४ जना भारतीय सीमा सुरक्षा बलका सदस्यहरूको मृत्यु, एक मरणासन्न

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूसितको भिडन्तमा भारतीय सीमा सुरक्षा बल ११४ बटालियनका दुई जना जवानको मृत्यु भएको  र एक जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमअनुसार  आज जुलाई १५ तारिखका दिन बिहान ३.४५ बजे छत्तीसगढ राज्यको कङ्कण जिल्लाको विएसएफ क्याम्प नजिकको महला क्षेत्रमा भएको दोहोरो भिडन्तमा सो घटना भएको थियो ।

हिजो शनिवार मात्रै पनि सोही जिल्लामा माओवादी छापामारसितको भिडन्तमा २ जना  भारतीय सीमा सुरक्षा बलका सदस्यहरूको मृत्यु भएको थियो ।
भिडियो फिचरview all