menu

ताजा समाचार

कमरेड किरणद्वारा कमरेड असारेसहितका नेताकार्यकर्ताको रिहाइको माग

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड मोहन बैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै यही असार १६ गते नेकपा-विप्लवद्वारा आयोजित पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेप र इश्वरी दाहाल ‘असारे’ सहितका कमरेडहरूको  गिरफ्तारीको विरोध र पक्राउ गरिएकाहरूको अबिलम्ब रिहाइको माग गर्नु भएको छ । वहाँले ''शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा यसरी गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यास हो", भन्नुभएको छ  ।

 असार १७, २०७५ जारी वक्तव्यको पूर्ण पाठ यसप्रकार छ :

''हालै एउटा शान्तिपूर्ण कार्यक्रममा भेला भइरहेको बेला नेकपासित सम्बद्ध क. असारे काका, क. पदम राई, क. भरत बमलगायतका करिब ४ दर्जन जति नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ भनी आएको समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा यसरी गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यास हो । आफूलाई कम्युनिष्ट तथा वाम बताउने सरकारको यस प्रकारको निन्दनीय गतिविधिको हामी कडा विरोध तथा भत्र्सना गर्दछौं । साथै, गिरफ्तार गरिएका क. असारे काका, क. पदम राई, क. भरत बम सहितका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाईका लागि सरकारसित हामी जोडदार माग गर्दछौं । "

भिडियो फिचरview all