menu

ताजा समाचार

कमरेड असारेसहित थुप्रै पक्राउ : सरकारको दमनकारी नीतिको चौतर्फी विरोध

नेपाल कम्युनिस्ट पार्टी-बिप्लवद्वारा आयोजित ‘पार्टीप्रवेश तथा ध्रुवीकरण’ कार्यक्रमबाट सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सो पार्टीका सल्लाहकार समितिका संयोजक  तथा वरिष्ठ नेता इश्वरी दाहाल ‘असारे’ सहित थुप्रै नेता तथा कार्यकर्ताहरू पक्राउ गरेको कुरा सो पार्टीसम्बद्ध प्रकाशन 'इःरातोखबर' अनलाइनले जनाएको छ ।

सो अनलाइनका  अनुसार कार्यक्रमबाट पक्राउ पर्नेमा सो पार्टीका केन्द्रीय नेताहरू पदम राई, मकर गुरुङ लगायतका नेता तथा  कार्यकर्ताहरू रहेका छन् । पक्राउ परेकाहरूलाई बालाजु थानामा राखिएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ । आजको पार्टी प्रवेश कार्यक्रममा तत्कालीन माओवादी केन्द्रबाट साहित्यकार आहुतिको नेतृत्वमा विद्रोह गरेका केही सदस्यहरू प्रवेश गर्ने समाचार पनि सार्वजनिक भएको  थियो ।

यसरी पूर्वनिर्धारित र शान्तिपूर्ण किसिमले गर्न लागिएको कार्यक्रममा हस्तक्षेप गरेर पक्राउ गर्नुलाई राजनीतिक वृत्तलगायत बौद्धिक क्षेत्रले सरकारको फासिवादी निरङ्कुश प्रवृत्तिको सँज्ञा दिँदै निन्दा तथा भ्रत्र्सना गरेका छन्  ।

यताका दिनमा ओली सरकारले नेकपा-विप्लवलाई खुला कार्यक्रम गर्नसमेत अघोषित प्रतिबन्ध लगाएको स्थिति छ र अदालतले रिहाइ गर्दा पनि पटकपटक पक्राउ गरेर वर्तमान संविधानको धज्जी उडाइरहेको छ ।

भिडियो फिचरview all