menu

ताजा समाचार

भाकपा (माओवादी)का छापामारहरूको एम्बुसमा परेर ६ जना सरकारी फौजको मृत्यु, थुप्रै घाइते, दर्जनौँ, हतियार कब्जा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूको एम्बुसमा परेर भारतीय सुरक्षाबलका ६ जनाको मृत्यु र थुप्रै घाइते हुनुका साथै थुप्रै हातहतियारहरू कब्जामा लिएको कुरा भारतीय माध्यमहरूले जनाएका छन् ।

समाचारअनुसार हिजो मङ्गलवारका दिन भारतको झारखण्ड र छत्तिसगढ राज्यको सीमामा पर्ने  बुरा पहार क्षेत्रअन्तर्गत गह्र्वा जिल्लाको  तुमेर गाउँमा बेलुका साँझपख सो घटना भएको हो । सो ठाउँमा माओवादीहरूको गतिविधि नियन्त्रण गर्न गएको सेन्ट्रल रिजर्व फोर्सअन्तर्गत ‘झारखण्ड जगुवार फोर्स’ को विशेष दस्ताको गाडी ल्यान्ड माइनमा परेपछि दोहोरा फायरिङ भएको र ६ जना घटनास्थलमै मृत्यु भएको र अरू थुप्रै घाइते भएको कुरा समाचारमा उल्लेख गरिएको छ । यसै ठाउँमा सन् २०१६को मे महिनामा ७ जना भारतीय सुरक्षाबलका सदस्यहरू एम्बुसमा परेका थिए ।

साँझको समय भएका कारण थप फोर्स त्यस ठाउँमा पठाउन गारो भएकाले मृत्यु हुनेको सङ्ख्या अझै प्रस्ट नभएको, बढी पनि हुन सक्ने कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । सरकारी माध्यमहरूले यो समाचारलाई लुकाएका छन् ।

आगामी केन्द्रीय चुनावलाई ध्यानमा राखेर मोदी सरकारले २०१९ सम्म माओवादीहरूलाई समाप्त पार्ने भनेर ग्रामीण क्षेत्रमा एकातिर 'अपरेसन ग्रिन हन्ट–३’ लागू गरिरहेको छ भने अर्कोतिर सहरी क्षेत्रमा राज्यआतङ्का विरुद्ध उभिएको बौद्धिक समुदायमाथि “माओवादीहरूसित सम्बन्ध बनाएको” भनेर दमन र धरपकड गरिरहेको छ । केही दिनअघि मात्र ५ जना बुद्धिजीवीहरूमाथि भएको धरपकड यसैको उपज हो । मोदी सरकार एकातिर दमन र अर्कोतिर लोभलालच, प्रचारआतङ्क र अनेक भ्रम उत्पन्न गरेर माओवादी आन्दोलनप्रति जनतामा विभ्रम उत्पन्न गरिरहेको छ ।

माओवादीहरू कमजोर भएको, प्रभाव घट्तै गएको भनेर सरकारले हल्ला गरिरहेको समयमा यो घटनाले माओवादीहरू कमजोर भएका छैनन् भन्ने यथार्थलाई पुनः पुष्टि गरेको छ ।

 हिजो २६ जुनदेखि भाकपा (माओवादी) ले एक हप्ते प्रतिरोध सप्ताह अभियान चलाएको कुरा पनि स्मरणीय छ ।

भिडियो फिचरview all