menu

ताजा समाचार

लाखौँ चिनियाँ ट्रक ड्राइभरहरूको सङ्घर्षप्रति चिनियाँ कम्युनिस्ट पार्टी (माओवादी) को ऐक्यबद्धता

न्युनतम ज्याला, बढ्दो इन्धन मूल्य, राजमार्गमा प्रहरीद्वारा दिइने दुख, पार्किङ समस्या तथा च खास एप्सको मानोमानीजस्ता समस्यालाई लिएर चीनको लामो रुटका ट्रक ड्राइभरहरूले गत हप्तादेखि  आरम्भ गरेको आम हडताल अहिले विश्वव्यापी चर्चा र चासोको विषय बनेको छ । यस किसिमका सानातिना हडताल पहिले पनि हुने गरेको भए पनि खासखास प्रान्तबाट आरम्भ भएको यसपल्टको हडताल चीनव्यापी रूपमा  विस्तार भएको छ र यसले अन्तर्राष्ट्रिय चर्चा पनि पाएको छ । ८ जुनदेखि करिब ३० लाख ट्रक ड्राइभरहरू हडतालमा सहभागी छन् भनेर समाचार माध्यमहरूले जनाएका छन् । सामाजिक संजालमा '' चीनभरिका ३० लाख ट्रक चालक" लाई साथ दिन आव्हान गर्दै भनिएको छ :

''अब हामी चुपचाप बस्ने स्थिति छैन, एकताबद्ध भएर अब उभिनुको विकल्प छैन । " उनीहरूले राजमार्गमा गाडी तेस्र्याएर नाराजुलुस गरेका छन्।

 यो हडताल खास गरेर अनहुई, गुइझोउ, जियाङ्सी, हुबेई, हेनान साङदोङ, झेजियाङलगायत छुकिङ र साङ्घाईका सहरी क्षेत्र नगरपालिकाहरूमा बढी तीव्र बनेको छ । यी क्षेत्र भनेका हिजोका दिनदेखि नै संघर्षका क्षेत्रहरू हुन् । खास गरेर वर्तमान सामाजिक साम्राज्यवादी चिनियाँ कम्युनिस्ट पार्टीका जनघाती नीति, योजना र कार्यक्रम तथा साम्राज्यवादी पंतिस्पर्धाका विरुद्ध सन् २०१० मा गठित चिनियाँ कम्युनिस्ट पार्टी (माओवादी) ले यो हडतालप्रति ऐक्यबद्धता जनाएपछि चिनियाँ ट्रक ड्राइभरहरूको यो हडताल थप विस्तारित भएको छ । सामाजिक सञ्जालमार्फत गरिएको आह्वानका भरमा आरम्भ यो हडताल अब योजनाबद्ध र सङ्गठित रूपमा अघि बढेको छ ।

सि जिंपिङ सरकारले हडतालका समाचार नछाप्न तथा सामाजिक सञ्जाल र अनलाइनमा प्रकाशित समाचार डिलिट गर्न निर्देशित गरेको छ र हडताल नरोके कडा कारबाही गर्ने भनेर निर्देशन जारी गरेको छ । हङकङको 'लेबर बुलेटिन' ले प्रकाशित गरेको समाचार सरकारी निर्देशनमा डिलिट गरे पनि  पनि अन्य माध्यमहरूले समाचार निरन्तर प्रवाहित गरेका छन् र हडताल झन्झन् तीव्र बनेको छ । हडतालको पक्षमा निस्किएको जुलुसमा “जनविरोधी चिनियाँ कम्युनिस्ट पार्टी : मुर्दावाद !” को नारासमेत लागेको छ ।





































































'
ड्राइभरहरूलाई उधृत गर्दै समाचार माध्यमहरूले लेखेका छन् : “ तेल असाध्यै महङ्गो छ, गत हप्ता मात्रै ८ प्रतिशत बढाइएको छ । सारा तेल आफैँले हाल्नुपर्छ, ज्याला कम छ , एप्स शुल्क तिर्नु पर्छ, ठाउँठाउँमा पुलिसको चित्त बुझाउनु पर्छ । अब हाम्रा सामु हडताल र सङ्घर्षको विकल्प छैन ।”
यसैबीच चिनियाँ कम्युनिस्ट पार्टी (माओवादी) को “सङ्घर्ष समिति” ले सो हडतालप्रति ऐक्यबद्धता जनाउँदै “चिनियाँ ट्रक ड्राइभरहरूको हडताल: जिन्दावाद !” शीर्षकमा एउटा अपिल प्रकाशित गरेको छ । घटना र वस्तुस्थितिको व्याख्या गरिसकेपछि वक्तव्यमा भनिएको छ :

“ट्रक ड्राइभरहरूको  राष्ट्रव्यापी हडतालले मुलुकले ब्यहोरिरहेको समग्र समस्या हल गर्छ भन्ने कुरामा हामी आशावादी छैनौं तापनि यो घटना चिनियाँ सर्वहारालाई ब्युझाउँन अहिलेको समयमा एउटा महान् आरम्भ चाहिँ हो । यस सङ्घर्षप्रति सत्तामा रहेका बुर्जुवाहरूले समाचारलाई दबाउन जति प्रयास गरे पनि उनीहरूले जनतामा रहेको वामपन्थीहरूप्रतिको प्रभावलाई मेटाउन सक्तैनन् । पुँजीवादी फासिवादी अधिनायकत्वबाट एक किसिमले निस्सासिँदो अवस्थामा रहेको चीनमा यसले सङ्घर्षको आँधिबेहेरी ल्याएको छ, स्वस्फूर्तरूपमा आरम्भ भएको ट्रक ड्राइभरहरूको यो हडतालले  जमेको पोखरीझैँ बनेको चिनियाँ श्रमजीवीहरूको आन्दोलनमा नयाँ तरङ्ग पैदा गरेको छ, तर, यसले हामी मार्क्सवादी-लेनिनवादी-माओवादीका लागि पनि द्विविधामुक्त हुन तदारुकताका लागि घण्टी बजाएको छ ।”   




भिडियो फिचरview all