menu

ताजा समाचार

बन्दका क्रममा माओवादी छापामारको एम्बुसमा परेर सब इन्सपेक्टरको मृत्यु, भाजपा नेताको घर ध्वस्त

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको भारतका ६ ओटा राज्य बन्दको  पूर्वसन्ध्यामा हिजो माओवादी छापामारले राखेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुकमा जिल्लामा हिजो २०६ कोब्रा बटालियनका एक जना सब इन्सपेक्टरको मृत्यु भएको छ र अर्को एक जना  मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अप्रिल २३ र२४ मा महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा भएको नरसंहारको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आज ६ ओटा राज्य बन्दको घोषणा गरेको छ ।

यसैबीच आजको बन्दको सिलसिलामा माओवादी छापामारहरूले छत्तिसगढ राज्यको कङ्कड जिल्लाको टकोडीस्थित भारतीय जनता पार्टीका बिधायक उसेंडीको फर्महाउसलाई बमले  उडाइदिएका छन् । माओवादीहरूलाई कसरी समाप्त पार्न सकिन्छ भन्दै  छत्तिसगढका मुख्यमन्त्रीले  कहिले विकासका नाममा र कहिले शान्तिका नाममा “विकास यात्रा” चलाएको र त्यसैक्रममा सो क्षेत्रको यात्रा तय गरिएको बेला सो विष्फोट भएको हो ।

आदिवासीका विरुद्ध आदिवासीको प्रयोग गर्ने र माओवादीहरू  सिध्याउने उदेश्यका साथ् “बस्तरिया डिभिजन” बनाएका  छत्तिसगढका मुख्यमन्त्री रमण सिंहले राज्यमा उल्टै जातीय द्वन्द्व बढाउने काम गरेको भनेर उनको आलोचना र निन्दा हुने गरेको छ ।

 
भिडियो फिचरview all