menu

ताजा समाचार

भाकपा (माओवादी) द्वारा आज ६ वटा राज्य बन्दको घोषणा

कथित मुठभेडका नाममा एक महिनाअघि भारतको महाराष्ट्र राजयको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा भएको आम नरसंहारको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरोद्वारा आज  मे २५ का दिन भारतको ६ वटा राज्य मध्यप्रदेश, आन्ध्र, ओडिसा, महाराष्ट्र, छत्तिसगढ र तेलङ्गना बन्दको घोषणा गरेको छ ।

मे १९ देखि २५ सम्म 'प्रतिरोध सप्ताह' मनाइरहेको सो पार्टीले बन्दको प्रचारका लागि पर्चा,पोस्टरका साथै ठाउँठाउँमा तुल पनि टाँगेको छ । विकासका नाममा विदेशी कम्पनीलाई मुलुकको प्राकृतिक स्रोत साधन जिम्मा लगाउने र वर्षौँदेखि बस्तै आएका आदिवासीहरूलाई मूल  ठाउँबाट हटाउने सरकारी निर्णयको माओवादी पार्टीले विरोध गर्नुका साथै प्रतिरोध कार्यक्रम पनि गरिरहेको छ । आदिवासीहरूलाई  माओवादी भन्दै धरपकड, हत्या र बलात्कार गर्ने कार्य पनि भइरहेको भन्दै माओवादीले जल, जमिन र जङ्गल आदिवासी जनताको अधिकारको कुरा हो र यसको पक्षमा सदैव लड्ने घोषणा पनि गरेको छ ।

 भाकपा (माओवादी) ले २२/ २३ अप्रिलको घटना योजनाबद्ध किसिमले गरिएको नरसंहार हो र यसको उदेश्य जनतालाई आतंकित पारी सो क्षेत्रबाट विस्थापित गर्नु हो भनेको छ । माओवादी कार्यकर्तासहित ४० जना गाउँलेको हत्याको निन्दा गर्दै माओवादीले बदला लिएरै छाड्ने घोषणा पनि गरेको छ । यसै क्रममा यसै हप्ता छातिसगढ़को दन्तेवाडा जिल्लामा माओवादी छापामारले थापेको अम्बुस्मा परेर ७ जना दुस्मन फोर्सको मृत्यु हुनुको साथै एके -४७ लगायतको हतियार पनि काब्जा गरेका थिए ।

अप्रिल २३को घटना अहिले अन्तराष्ट्रिय मुद्धा बनेको छ र विभिन्न मानअधिकारवादी संस्थाहरूले यसको स्वतन्त्र छानबिनको कुरा पनि उठाएका छन् भने बौद्धिक क्षेत्रले यसका विरुद्ध विभिन्न कार्यक्रमहरू गरिरहेको  छ ।

भिडियो फिचरview all