menu

ताजा समाचार

मुलुकको ढुकुटी रित्याउँदै प्रचण्ड सरकार

काठमाडौँ कात्तिक २८ राष्ट्रघाती सरकारका रूपमा बदनाम भएको पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धन सरकार अब मुलुकको ढुकुटी रित्याउन कम्मर कसेर लागेको कुरा नवधनाढ्य सुजाता कोइरालालाई उपचारखर्चका नाममा ५० लाख दिने निर्णयबाट पुष्टि भएको छ । तराईका जमिनदार र सङ्क्रमण कालका नाममा लामो अवधिसम्म सरकारी सुखभोग गरेका  पूर्व राष्ट्रपति रामवरण यादवलाई दिएको उपचार खर्च विरोधको विषय बनिरहेको अवस्थामा प्रचण्ड सरकारले उपचार खर्चका नाममा सुजाता कोइरालालाई र ५० लाख दिने निर्णय चौतर्फी आक्रोस र विरोधको बनेको छ । समाचार माध्यमहरू तथा सामाजिक सञ्जालहरूले  सरकारको यस निर्णयलाई जनघाती र अपराधपूर्ण निर्णयको संज्ञा दिएका छन् ।
महँगो स्वास्थ्य सेवाका कारण साधारण जनताले सामान्य औषधीउपचार गर्न नसकेको स्थिति र  सरकारले आम नेपाली नागरिकलाई सिटामोलको सुविधासमेत उपलब्ध गराउने नसकेको अवस्थामा नवधनाढ्हरूका लागि मुलुकको ढुकुटी रित्याउनुले माओवादसित नाम जोडिएका प्रचण्ड र उनले नेतृत्व गरेको सरकार आम जनताविरुद्ध मात्र नभएर मुलुकलाई खोक्रो बनाएर परजीवी बनाउन क्रियाशील छ भन्ने कुरा प्रमाणित हुन्छ ।

भिडियो फिचरview all