menu

ताजा समाचार

ओलीले मोदीभक्तिको पुराण गाइरहेकै बेला कञ्चनपुरमा फेरि भारतीय ज्यादति

मोदीभक्तिको अपूर्व प्रदर्शनपछि भ्वाङ परेको कथित राष्ट्रवादी भोटो टाल्न प्रधानमन्त्री ओली असिनपसिन भइरहेकै बेला उता कञ्चनपुर जिल्लाको  बेलौरी नगरपालिका १० भुडामा भारतले फेरि नेपाली भूमि कब्जा गरेर सिमानामा आतङ्क मच्चाएको समाचारहरू प्रकाशमा आएका छन् । वर्षौंदेखि स्थानीय किसान खेमराज पन्तले उपभोग गरेको जमिनमा भारतीय सिमा सुरक्षा बलले भारतको जमिन भनेर उनलाई धम्क्याउनुका साथै जमिन जोत्नबाट वंचित गरेको छ  ।

घटनाको विवरण दिंदै जग्गाधनी पन्तले ''आफ्नो अग्लो-होचो जमिन सम्याउँदै गर्दा एसएसबी आएर रोकिदिए । आफ्नो लालपुर्जा भएको  मालपोत तिर्दै आएको जमिन सम्याउँदै गर्दा एसएसबी आएर नजोत्न भन्दै धम्क्याए" भनेका   छन्  । एसएसबीले खेत मिलाउन रोकेपछि आफ्नो खेतीपातीको काम रोकिएको कुरा पनि पन्तले बताएका छन्  ।

यसबारे  बेलौरी नगरपालिकालाई जानकारी गराएको कुरा उल्लेख गर्दै यस विषयमा बेलौरी नगरपालिका १० का वडाध्यक्ष होरिलाल चौधरीले नेपाली सुरक्षा अधिकारीसहित भारतीय एसएसबीसंग छलफल गरेर निकास निकाल्ने बताए पनि यसबारे ठोस कामकुरा केही  हुन नसकेको कुरा पनि उनले बताएका छन्  ।

कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय एसएसबीले घरीघरी ज्यादती  गर्दा,  सिमानामा सीमा सुरक्षा क्याम्प राख्न नेपाल सरकारलाई पटकपटक अनुरोध गर्दा पनि  क्याम्प नराखिएको कुरामा स्थानीयले गुनासो गरेका छन् ।  बैशाख पहिलो साता भारतीय एसएसबीले कञ्चनपुरकै पुर्नवास नगरपालिका ९ विचफाँटा आफ्नै भूमिका तारबार लगाउदा तारबार उखेलिदिएका थिए । त्यसै क्षेत्रमा भारतीय यसयसबी ले सिमानाका नागरिक गोबिन्द गौतमको हत्या गरेको कुरा सबैलाई थाहा भएको कुरा हो ।

यसरी पटकपटक भारतीय पक्षबाट सीमामा ज्यादती र हस्तक्षेप हुँदा पनि केपी ओली नेतृत्वको सरकारले कुनै कदम  चाल्ने कुरा त परै जाओस् , मोदीको नेपाल भ्रमणको बेला सीमा समस्याको विषयमा केही बोल्नु पनि आवश्यक ठानेन । ओली सरकारको यस किसिमको आत्मसमर्पणवादी प्रवृत्तिको स्थानीय जनताले कडा आलोचना गरेका छन् ।

वर्षौंदेखि सिमानाका नेपाली जनताले भोगचलन गर्दै आएको जमिन सीमा व्यवस्थापनका नाममा भारतले आफ्नो  भन्ने र यसबारे नेपाल सरकार केही नबोल्नुले कतै  नेपाल सरकार आफै सिमाना बेचबिखनतिर लागेको त छैन भनेर प्रश्न उठ्नु/ उठाउनु स्वाभाविक भएको छ ।



भिडियो फिचरview all