menu

ताजा समाचार

मोदीको भ्रमण र ओलीको लम्पसारवादका विरुद्ध कतै बेलुनमा भारतीय विस्तारवाद मुर्दावाद लेखेको व्यानर उडाइए र कतै मोदी-ओलीको पुत्ला दहन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालको प्रधानमन्त्री ओलीको निर्लज्ज किसिमको लम्पसारवादका विरुद्ध नेपालका स्वाभिमानी जनता, विभिन्न पार्टी र सङ्घसंस्थाहरूले उठाएको आवाजलाई दबाउन प्रहरी प्रशासनले एक हप्ताअघिदेखि व्यापक धरपकड र आतङ्क मच्चाए पनि आज मोदी नेपाल भ्रमणमा आएको दिन सामाजिक सञ्जालहरू र अनलाइन माध्यमहरूद्वारा मात्र नभई सडकमै निस्केर स्वाभिमानी नेपाली जनता र क्रान्तिकारी पार्टीहरूका कार्यकर्ताहरूले भारतीय विस्तारवाद र ओली सरकारका विरुद्ध विरोधका कार्यक्रम गरेका छन् ।

यसैक्रममा आज नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले कालो कपडामा  “भारतीय विस्तारवाद मुर्दावाद !” लेखेर बेलुनमा झुन्ड्याएर उडाएका छन् । काठमाडौँको अति व्यस्त र विशेष सुरक्षाभित्र को स्थान टुँडिखेलवरिपरी ६ ठाउँबाट बेलुन उडाएपछि उनीहरूले सडकमा भारतीय “विस्तारवाद मुर्दावाद !”, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद !” भनेर नारा पनि लगाएका छन् । प्राप्त जानकारी अनुसार सुन्धरा, भृकुटीमण्डप, बागबजार, भोटाहिटी, वीरअस्पताल, र न्यूरोडगेट मोदी भ्रमणको विरोधमा कालोझण्डासहितको वेलुन उडाइएको थियो ।अहिले सो भिडिओको व्यापक चर्चा हुनुका साथै सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ ।


 त्यसैगरी नेकपा–विप्लव, कञ्चनपुर जिल्ला पार्टीले दिउँसो जनसहभागिताका बीच ओली र मोदीको पुत्ला दहन गरेको कुरा सो पार्टी नजिकका माध्यमहरूले जनाएका छन् । कन्चनपुरको बनवासा क्षेत्रमा  केही दिनअघि मात्र भारतीय प्रहरीको ज्यादतीका कारण आक्रेसित जनता अहिले मोदी र ओलीका विरुद्ध सडकमा निस्केका छन् ।


भिडियो फिचरview all