menu

ताजा समाचार

अरूण तेस्रो परियोजना भारतलाई सुम्पने ओली सरकारको राष्ट्रघाती निर्णयको प्रतिरोध गरौँ ! विरोध कार्यक्रमलाई राष्ट्रिय प्रतिरोध सङ्घर्षका रूपमा अघि बढाऔं !

छिमेकी मुलुकप्रति विस्तारवादी र नवऔपनिवेशिक हैकममार्फत आर्थिक-राजनीतिक-सांस्कृतिक प्रभुत्व कायम गर्ने दुष्प्रयास गर्दैआएको कुनै पनि मुलकको शासकवर्गप्रति उत्पीडित मुलुक तथा राष्ट्रिय स्वाघीनताप्रति सजग र सचेत स्वाभिमानी नागरिकले अभिनन्दन होइन सदैव खबरदारी र प्रतिरोधमा औँला ठ्ड्याउने गर्छन् । अझ नाकाबन्दी लगायत आफ्नो भूमिको रक्षामा उभिएका जनताको हत्या गरेर नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानिताप्रति आक्रमण गर्दै आएको भारतीय विस्तारवादी शासक वर्ग, हिन्दूवता फासिवादी सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नेपाली जनतामा तिरष्कारसिबाय केही छैन । यस किसिमको स्थितिमा उनको  “नागरिक अभिनन्दन” गर्नु भनेको घृणास्पद कार्यसिबाय केही होइन । यसले स्वाभिमानी नेपालीको शीर निहुरिने स्थिति उत्पन्न गरेको छ ।  ओली सरकारको यस किसिमको कार्य दलाली प्रवृत्तिको घिनलाग्दो उदाहरण हो र यसको जति निन्दा गरे पनि कम हुन्छ ।

मोदीको स्वागत र अभिनन्दनका नाममा करोडौँ रुपिया खर्च गरिएको छ र यसमा भ्रष्टाचारको लेखाजोखा छैन । सुरक्षाका नाममा राज्यआतङ्क व्याप्त छ । विरोधका स्वरहरूमाथि दमन गरिएको छ ।  जनकपुरदेखि मुक्तिनाथसम्म भारतीय सेनाको परेड चलेको छ । अपर कर्णाली बुझाइसकेपछि ओली सरकार भारतले वषौँदेखि कब्जामा लिन प्रयास गर्दैआएको “अरूण-३ परियोजना” भारतलाई सुम्पन आतुर देखिएको छ । नेपालको सामरिक र आर्थिक पक्षमाथि दीर्घकालीन असर पार्ने ओली सरकारको यो निर्णय सबैभन्दा खतरनाक योजना हो र यसको सशक्त प्रतिरोध हुनु आवश्यक छ । नागरिक अभिनन्दनका नाममा देखाइएको दासत्व प्रवृत्तिका साथै “अरूण-३ परियोजना” भारतलाई सुम्पने राष्ट्रघाती निर्णएप्रति हामी घोर आपत्ति जनाउँछौ र यसको विरोध र प्रतिरोधमा भएका हरेक कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँछौ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ ले मोदी र ओलीले संयुक्तरूपमा उद्घाटन गर्ने “अरूण -३ परियोजना” को उद्घाटनको दिन वैशाख २९ गते राखेको विरोध कार्यक्रमप्रति ऐक्यबद्धबता जनाउँदै सो कार्यक्रमलाई राष्ट्रिय प्रतिरोध सङ्घर्षका रूपमा अगाडि बढाउन पनि हामी आह्वान गर्छौँ ।

संयोजक,
कम्युनिस्ट न्युक्लिअस, नेपाल

वैशाख २७, २०७५
भिडियो फिचरview all