menu

ताजा समाचार

मे दिवसका दिन भारतीय राजदूतावासअगाडि विरोध प्रदर्शन हुने

ब्रिटेन तथा आयरल्यान्डमा क्रियाशील माओवादीहरूले यसपल्टको मे दिवस भारतीय फासिवादका विरुद्धमा र गाडचिरोलीमा सहादत प्राप्त गर्ने आदिवासी जनता तथा माओवादी कमरेडहरूको पक्षमा केन्द्रित भएर मनाउने निर्णय गरेको कुरा ताहाँबाट प्रकाशित जनपक्षीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘वाइआर एफ्लोनिदावच मावर’ र रिभोलुस्नरी प्राक्सिस-रेड ब्लक’ को संयुक्त आह्वान

ब्रिटिस माओवादी बुद्धिजीवीहरूको वेबसाइट ‘डेमोक्रेसी एन्ड क्लास स्ट्रगल’ ले जनाएअनुसार  ‘वाइआर एफ्लोनिदावच मावर’ र रिभोलुस्नरी प्राक्सिस-रेड ब्लक’ को संयुक्त आयोजनामा मे १ का दिन लण्डनस्थित भारतीय राजदूतावास सामु विरोध प्रदर्शन कार्यक्रम हुनेछ । दिउँसो ३ बजे आरम्भ हुने सो कार्यक्रममा व्यापक सहभागिताका लागि आयोजक पक्षले आह्वान गरेको छ ।  उपस्थितिका लागि अनुरोध गर्दे आयोजकले भनेका छन् :

 “कर्पोरेट कम्पनीहरूद्वारा आदिवासी जनतालाई आफ्नो थातथलोबाट विस्थापित गर्न खोज्दा जनताले गरेको प्रतिरोधलाई दबाउन  भारतीय फासिवादी हिन्दूवता राज्यले ‘अपरेसन ग्रिन हन्ट’ अन्तर्गत गरेको आम नरसंहारको विरोध कार्यक्रमलाई सहयोग पुर्याउन हामी सबै प्रगतिशील र क्रान्तिकारीहरूलाई आश्वान गर्दछौँ ।”

त्यसै गरी ‘डेमोक्रेसी एन्ड क्लास स्ट्रगल’  वेबसाइटका सम्पादक निक्लेस भन्छन् : ''मे दिवसलाई कर्मकाण्डीय तरिकाले होइन, सर्वहारा ऐक्यबद्धताको दिनका रूपमा, गाडचिरोली नरसंहारको विरोध र २०१८ का हाम्रा सहिदहरूप्रति प्रतिबद्धताको दिनका रूपमा मनाऔँ ।"
 
निक्लेसले ‘ मे दिवसले बाटो बिराएको हो ? उत्पीडितहरूलाई सहयोग गरेर महान् मे दिवस अभियानको सम्झना गरौँ
’ शीर्षकमा एउटा टिप्पणी प्रकाशित गरेका छन् ।

मे दिवसको इतिहासको छोटो चर्चा गरिसकेपछि उनी भन्छन्  : “आज भारतीय राज्यले भारतको पश्चिम क्षेत्रको एउटा गाउँमा त्यत्रो नरसंहार मच्चाउँदा पनि  पश्चिमी माध्यमहरू केही नभएको जस्तो गरिरहेका छन् ।

१८ महिनाबीचमा पहिले मलकानगिरी, त्यसपछि तेलङ्गाना अनि अहिले गाडचिरोलीमा भारतीय हिन्दूवता फासिवादी राज्यले योजनाबद्ध किसिमले भारतीय सर्वहाराको अग्रदस्ता माओवादी कमरेडहरूको व्यापक हत्या गरिरहेको छ ।
 
त्यसैगरी भारतका अल्पसङ्ख्यक उत्पीडित समुदाय दलित, आदिवासी र मुस्लिमहरूमाथि पनि  हरेक दिनजसो उत्पीडन हुने गरेको छ, र पनि  पश्चिमा माध्यमहरूका लागि यी विषय चासोका विषय बन्न सकेका छैनन् ।
 
मे दिवसलाई कर्मकाण्डीय तरिकाले होइन, सर्वहारा ऐक्यबद्धताको दिनका रूपमा, गाडचिरोली नरसंहारको विरोध र २०१८ का हाम्रा सहिदहरूप्रति प्रतिबद्धताको दिनका रूपमा मनाऔँ ।  
 
भिडियो फिचरview all