menu

ताजा समाचार

मारिने अधिकांश बिहाभोजका गाउँलेहरू

भारतीय प्रतिक्रियावादले हरेक दिन नक्कली मुठभेडको योजना बनाउँदै अमुकअमुक स्थानमा यति र उति नक्सलीहरू मारिए भनेर प्रचारआतङ्क र मनोवैज्ञानिक त्रास फैलाइरहेको भए पनि उसका कुकुत्यहरू एकपछि अर्को गरेर सतहमा आइरहेका छन् । प्रतिक्रियावादी सत्ताले यस्ता काम मूलतः जनतालाई खास ठाउँबाट विस्थापित गर्ने र जनतालाई माओवादी आन्दोलनसित आबद्ध हुन नदिने, कार्यकर्तामा निरासा उत्पन्न गर्ने उद्देश्यका साथ गर्ने गरेका हुन्छन् । यो हप्ता मात्रै पनि भारतीय प्रतिक्रियावादले  ४९ जना नक्सली मारिए भनेर प्रचार गरेको छ । यसरी मारिनेमा अधिकांश आदिवासीहरू र माओवादी आन्दोलनसित प्रत्यक्ष रूपमा नगाँसिएका गाउँलेहरू हुने गर्छन् भन्ने कुरा अन्ततः प्रकाशमा आइ नै हाल्छन् । यसका लागि हालै भारतको महाराष्ट्रको गाडचिरोली जिल्लामा यही अप्रिल २२ मा भएको नरसंहारलाई लिन सकिन्छ । भारतीय प्रतिक्रियावादले भनेजस्तो नभएर गाडचिरोली घटना भिन्नै प्रकारको थियो भन्ने कुरा युवा पत्रकार तामेश्वर सिंहाको रिपोर्टबाट थाहा पाउन सकिन्छ ।
......................................................................................................................

मान्छेहरू लासमा खोजिरहेछन् आफ्नो गाउँबाट बेपत्ता युवायुवतीका अनुहारहरू

तामेश्वर सिन्हा

गाडचिरोली मुठभेडका बारेमा प्रश्न उठिरहेको समयमा पुलिसले जसलाई माओवादी भनेर मारिएका भनेर दावा गरेको थियो, तिनीहरूमध्ये धेरजसो निहत्था र निर्दोष ग्रामिणहरू थिए र उनीहरू कंससुर गाउँबाट बिहाभोजमा आएका थिए । उनीहरूलाई सुरक्षा बलले नक्सलीको शङ्काकै भरमा गोलीले भुटेका थिए ।

सूत्रबाट प्राप्त जानकारीअनुसार बोरिया तथा कंससुर जंगलमा इन्द्रावती नदी किनारमा भएको भनिएको कथित मुठभेडको स्थान नजिकको गट्टेपल्ली गाउँका आठ जना युवायुवतीहरू अहिलेसम्म पनि गाउँमा फर्केका छैनन् । तिनमा ५ जना केटी र ३ जना केटा छन् । गाउँलेहरू भन्छन्, उनीहरू नजिकैको गाउँ कंसपुरमा बिहाभोज खान गएका थिए । नजिकै गोलीवारी भएको र उनीहरू गाउँ नफर्केकाले  गाउँलेहरू उनीहरूको खोजीमा लागे । परिवारका सदस्य घर नआएपछि गाउँलेको एउटा समूह ती केटाकेटीहरूको सोधखोज गर्न नजिकैको थाना पुग्यो  । त्यसरी गएका गाउँलेलाई पनि पुलिसले समातेर उल्टै  प्रहरी प्रमुख कार्यालयमा पठाए ।

पुलिसले गाउँले तथा उनीहरूका परिवारलाई ओरिजनल आधारकार्ड अथवा पासपोर्ट साइजको फोटो ल्याउनका लागि भने । जनताले आधार कार्ड प्रहरीलाई उपलब्ध गराएपछि उनीहरूले ती लासहरू चिन्न र  चिनाउन पर्छ भनेर करबल गरे । तर इन्द्रावतीको पानीमा फुलेर र शरीर अङ्गभङ्ग भएका कारण तिनले ती लास चिन्न सकेनन् । गाउँलेहरूलाई अहिले पनि प्रहरी हेडक्वार्टमा राखेर अनावश्यक डरत्रास देखाउने काम गरिएको छ ।  चिनिएका लासको पनि पोस्टमार्टम गर्नुपर्ने तथा डिएनए परीक्षण गर्नुपर्ने भनेर परिवारलाई दिइएको छैन । विहान भोजबाट फर्किदै गरेका युवायुवतीमाथि नक्सली भनेर पुलिसले अन्धाधुन्ध गोली चलाएको हो भन्ने भनाइ गाउँलेको छ ।
 
बिहामा गएर घर नफर्केका गट्टेपल्ली गाउँका  युवायुवतीको नाम यसप्रकार छ :
१. मङ्गेस बुकुलु आत्राम, २. रासो पोछा मण्डावी, ३.अङ्कित देवु गावडे, ४.बुज्जु उसेन्डी, ५.इरपा मण्डावी, ६.मङ्गेस चुन्डु मण्डावी, ७.रासो मण्डावी र ८ नुसे पेदु मण्डावी

तपाईँहरूलाई भनिदिउँ  अठ जनामध्ये मङ्गेस चुँडु भामरागढमा ११ कक्षाको विद्यार्थी हो । र ऊ अहिलेसम्म बेपत्ता छ । क्षतविक्षत भएकाले पानीमा तैरिरहेका लासहरू चिन्न सकिने स्थितिमा छैनन् ।

एकजना मान्छेले नाम नभन्ने सर्तमा भने — “माओवादीहरूसित उता पर  भिडन्त भएको भए पनि भिडन्तपछि माओवादीहरू सो स्थानबाट हिँडेपछि पुलिस उनीहरूलाई खोज्दै आएको र विवाहको जमघटलाई नै माओवादीहरूको  जमघट ठानेर अन्धाधुन्ध गोली चलाएको हो  । यसमा धेरजसो निर्दोष गाउँले थिए ।”

यस घटनालाई कतिपय सञ्चारमाध्यमहरूले मुठभेडमा टप लिडरसहित ठूलो सङ्ख्यामा नक्सलीहरू मारिएको भनेर खुबै हल्ला गरे । टप लिडर मारिएको समाचार प्रकाशित गर्न माध्यमहरूमा होडबाजी  चल्यो । तर कसैले पनि,  कुनै मिडियाले पनि कसरी यत्रो जना मारिए र त्यसमा आदिवासी पनि मारिए भन्ने कुराको खोजबिन गर्न चासो राखेनन् । जो जो भागे भागे, भाग्न सफल नभएका गाउँलेलाई घेराबन्दी गरेर  मारियो  । कोही भाग्दा मारिए र कोही घाइते भएर पछि मरे । त्यसै भएकाले पछिसम्म लास भेटिएको हो । अहिलेसम्म ३९ जनाको लास भेटिएको छ ।

एउटा गाउँबाट बिहामा आठ जना युवायुवतीहरू मारिएझैँ, छिमेकी अन्य गाउँबाट पनि त मान्छेहरू बिहा भोजमा गएका थिए होलान भन्ने प्रश्न छ । यसै भएकाले कथित मुठभेडको स्वतन्त्र जाँचको प्रसङ्ग उठ्नु स्वाभाविक छ र क्रान्तिकारी कवि वरवर रावसहित अन्य मानवअधिकारवादी संस्थाले उठाएको माग जायज छ ।

अहिले पनि जनतामा आतङ्क फैलाउन र प्रहरीको सफलता देखाउने नाममा प्रहरीले सुकमा, छत्तिसगढमा यति जना नक्सली मारिए, बस्तरमा यति जना मारिए भनेर प्रचार गरिरहेको छ र सरकारी माध्यमहरू समाचारलाई बढाईचढाई गरेर इन्दावतीमा नक्सलीका थप लासहरू फेटिए भनेर हल्ला गरिरहेका छन् ।

खबर के पनि छ भने  घटनासित सम्बद्ध  गाउँ र छिमेकी गाउँहरूमा आतङ्क भय, र पीडाको वातावरण छ । मान्छेहरू घर फर्केका छैन्न्, र कसका घरका कति जना सदस्य मारिए टुङ्गो छैन । बाहिरबाट आएका व्यक्तिहरू जो भए पनि कुनै पनि कुरा नभन्नु र भनेमा सिध्याइदिने भनेर पुलिसले धम्की  दिएका छन् । छेउछाउका गाउँका थुप्रै गाउँलेहरू बेपत्ता भएका समचार आइरहेका छन् । गटटेपल्लीका साथै मन्ने राजाराम गाउँका युवायुवतीहरू पनि गायब भएको समाचार आएका छन् ।

आश्चर्यको विषय के छ भने पुलिसले जसलाई माओवादी भनेर हत्या गरेको छ, उनीहरू माओवादी भएको भन्ने कुनै पनि रेकर्र्ड, वारन्ट अथवा मुद्दा उनीहरूका नाममा छैन ।  यसकारण यो घटनामा गम्भीर षड्यन्त्रको गन्ध आउँछ । आफ्नो अपराध ढाक्न र त्यस क्षेत्रलाई आफूअनुकूल चलाउन नक्कली कथा बुनेर मुठभेडका नाममा प्रहरीले गाउँलेलाई नक्सलीहरूसित जोडन लागेको त होइन ? भनेर प्रश्न गर्नुपर्ने स्थिति छ ।

बस्तर/गाडचिरोली, २८,२०१८

स्रोत : अनलाइन 'जनज्वार'

अनुवाद : ऋषिराज बराल
........................................................................................

सो घटनालाई लिएर विश्वका माओवादी सङ्गठनहरू, क्रान्तिकारी बुद्धिजीवीहरू र मानवअधिकारवादी सङ्घसंसथाहरूले तीव्र निन्दा तथा भ्रत्र्सना गरेका छन् । यसै क्रममा विभिन्न सञ्चारमाध्यमहरूले सोधेको प्रश्नको जवाफमाभारतीय क्रान्तिकारी कवि तथा माओवादी विचारक वरवर रावले ''सो घटना भारतीय प्रतिक्रियावादले भारतका आदिवासी जनतामाथि चलाएको युद्ध हो" भनेर त्यसको स्वतन्त्र छानबिन र जाँचको माग गरेका छन् ।
०००
भिडियो फिचरview all