menu

ताजा समाचार

फासिवादी मोदी सरकारद्वारा गरिएको गाडचिरोली नरसंहारको अन्तर्राष्ट्रिय स्तरमा विरोध

भारतीय फासिवादले यही अप्रिल २२, वैशाख ९ गतेका दिन महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा गरेको आम नरसंहारको अहिले भारतलगगायत विश्वका न्यायप्रेमी जनता, जनसङ्सङ्गठनहरू तथा मानवअधिकारवादी संस्थाहरूले घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् ।

भारतीय सरकार  प्रहरी प्रशासनले सो घटना “नक्सलीसितको मुठभेड” मा भएको भने पनि घटना सो अनुसार नभएको, सो क्षेत्रमा निहत्था जनता तथा माओवादीहरूमाथि भएको दमनको प्रतिरोध कसरी गर्ने भनेर माओवादी छापामारहरू तथा जनसत्ताका कायकर्ताहरूबीच विचारविमर्श भइरहेको अवस्थामा चारैतिरबाट घेरा हालेर सो घटना घटाइएको भनिएको छ  ।

सो हत्या काण्डमा पहिले १६ जना माओवादीको हत्या भएको भनियो र पछि घाइते अवस्थामा रहेकाको हत्या गरेर सो सङंख्या २७ पुर्याइयो  र अहिले जम्मा ३७ जना दोहोरो भिडन्तमा मारिए भनेर सरकारले प्रचार गरिरहेको छ । सिआरफिए र कमान्डो –'सि ६०' को संयुक्त फोर्सले बिहान ६ बजेको समयमा चारैतिरबाट घेरेर रकेट लन्चर, ग्रिनेड र आधुनिक हतियारले आक्रमण गरेका थिए । गाडचिरोली जिल्लाको पूर्वी भाग इन्द्रावती नदीको छेउमा भएको सो घटनामा नदीमा हाम फालेर कतिपय छापामारले ज्यान जोगाएको र  कतिपय पौडिन नसकेर नदीमै बगेको कुरा पनि समाचार माध्यमले जनाएका छन् ।

अहिलेसम्म माओवादीका तर्फबाटटकेही सूचना आएको छैन सो घटनामा ९ जना महिला तथा ३ जना सिनियर माओवादी नेताको को हत्या  भएको भनेर प्रहरी प्रशासनको हवाला दिंदै समाचार माध्यमहरूले जनाएका छन् ।
 
सो घटनाको चौतर्फी विरोध :

'पियुडिआर' द्वारा सरकारी दाबीको विरोध

यसैबीच भारतीय मानवअधिकारवादी संस्था ‘पिपुल्स युनियन फर  डेमोक्रेटिक राइट’ ले एक वक्तव्य प्रकाशित गरी सो घटना सरकारले भने भन्दा फरक भएको र प्रहरीले सिङ्गो गाडचिरोली जिल्लालाई आतङ्कगृहमा परिणत गरेर कम्बिङ अप्रेसनका नाममा निहत्था जनतामा आतङ्क मच्चाएको छ भनेको छ ।

'आइसिएसपिडब्ल्युआइ' द्वारा  अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

आजै  ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ले एक वक्तवय प्रकाशित गरेर सो नरसंहारको निन्दा तथा भ्रत्सृना गरेको छ र त्यसका विरुद्ध आवाज उठाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

लन्डनमा  भारतीय हाइ कमिसन अगाडि प्रदर्शन गरिने

त्यसैगरी भारतीय हाइ कमिसन लन्डनअगाडि मे दिवसका दिन गाडचिरोलीमा फासिवादी मोदी सरकारले गरेको नरसंहारको विषयलाई लिएर व्यापक जनप्रदर्शन हुने कुरा बेलायती माओवादीहरूको वेबसाइट 'डेमोक्रेसी एन्ड क्लास स्ट्रगल ' ले जनाएको छ  ।

वरवरा रावद्वारा निन्दा तथा भ्रत्सना :

यसैबीच क्रान्तिकारी कवी तथा माओवादी विचारक वरवरा रावले यु ट्युबमार्फत  सो घटनाको निन्दा गरेका छन्  ।  तेलगु भाषामा प्रकाशित सो वक्तव्यलाई अंग्रेजी माध्यमहरूले पनि प्रकाशित गरेका छन् ।

'जनमेल' सो नरसंहारकोतीव्र निन्दा तथा भ्रत्सना गर्छ र  फासिवादी मोदी सरकारका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा  आवाज उठाउन आव्हान गर्दछ  । 
भिडियो फिचरview all