menu

ताजा समाचार

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा जर्मनी र अस्ट्रियाका माओवादीद्वारा प्रदर्शन

आफूलाई माओवादी भन्ने तर विश्वका माओवादीहरूले घरेलु फासिवाद र साम्राज्यवादका विरुद्ध गरेको सङ्घर्ष र उनीहरूमाथि भएको दमनका बारेमा एक शब्द पनि बोल्नु आवश्यक नठान्ने नेपालका माओवादी विपरीत युरोपेली तथा ल्याटिन अमेरिकी माओवादीहरू यस मामिलामा निकै सक्रिय र जिम्मेवार ठहरिएका छन् । फिलिपिन्स र टर्कीको होस् अथवा भारतमा चलिरहेको जनयुद्धको पक्षमा होस्   अथवा अन्य मुलुकहरूमाथि साम्राज्यवादले गरेको आक्रमण र हस्तक्षेपका विरुद्ध होस्, उनीहरू अन्तर्राष्ट्रिय सर्वहारावादका पक्षमा दृढताका साथ उभिएका पाइन्छन् । अन्तर्राष्ट्रिय स्तरमै ‘भारतमा चलिरहेको जनयुद्धका समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ गठन भएको छ र यसले विविध कार्यक्रममार्फत भारतमा चलिरहेको जनयुद्धको पक्षमा र भारतीय फसिवादले भारतका उत्पीडित जनता र माओवादी पार्टीका विरुद्ध चलाएको 'अप्रेसन ग्रीनहन्ट' का विरुद्ध आवाज उठाइरहेको छ ।

यसै क्रममा केही दिनअघि फिलिपिन्समा जारी जनयुद्धको समर्थनमा जर्मनीमा जनप्रदर्शन गरेको  जर्मनीका माआवादीहरूले पछिललो समयमा जर्मनीमा पर्चा, पोस्टरिङ तथा व्यापक मात्रामा ब्यानरहरू टाँसेर र '''अप्रेसन ग्रीनहन्ट' बन्द गर्", कमरेड अहित, प्रो साइबाबालाई रिहा गर् ", ''भारतमा चलिरहेको जनयुद्धलाई सहयोग गरौं" लगायतका नारासहित कोण सभा गरेर भारतमा चलिरहेको जनयुद्धको समर्थन गरेका छन् । त्यसै गरी अस्ट्रियाका माओवादीहरूले अस्ट्रियाको राजधानी भियनामा भारतमा चलिरहेको जनयुद्धको समर्थनमा
ब्यानरसहित कोणसभा गरेका छन् ।
(भियनामा भारतीय जनयुद्धको समर्थनमा जुलुस )

भिडियो फिचरview all