menu

ताजा समाचार

चार पार्टीहरूबीच एकता प्रक्रियाको थालनी

गत वर्षदेखि रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकी लगायत राष्ट्रियता र जनजीवीकाका मुद्दाहरूमा सहकार्य गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा-विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) र नेकपा-ऋषि कट्टेलले सहकार्य र कार्यगत एकताको प्रक्रियालाई निरन्तरता दिँदै पार्टी एकताका आधारहरू तयार पार्ने प्रक्रियालाई अगाडि बढाएको कुरा हालै चार पार्टीबीच भएको छलफलपछि मसालका नेता मोहनविक्रमद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यअनुसार एकताका आधारहरू तयार पार्न भेटघाटका कार्यक्रमलाई निरन्तरता दिँदै बहसछलफललाई तीव्र बनाउने  , सहमति भएका विषयहरू खास गरेर राष्ट्रियता र जनजीवीका लगायतका मुद्दाहरूलाई लिएर संयुक्त आन्दोलन गर्ने निर्णय भएको छ । वक्तव्यमा  आन्दोलनका कार्यक्रमलाई ठोस बनाउन छिटै बैठक बस्ने कुरा पनि उल्लेख गरिएको छ ।

मार्क्सवाद- लेनिनवाद- माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता र  सशस्त्र सङ्घर्षद्वारा सत्ता कब्जा गर्ने सैद्धान्तिक तथा राजनीतिक आधारहरू नै क्रान्तिकारीहरूलाई एक ठाउँमा ल्याउने व्यापक र वैज्ञानिक आधार हुन सक्ने कुरामा आम कार्यकर्ताको समान धारणा रहेको पाइन्छ ।

भिडियो फिचरview all