menu

ताजा समाचार

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूको एम्बुसमा परेर ९ जना कोब्रा बटालियनका सदस्यको मृत्यु, ४ जना मरणासन्न

मार्च १३ का दिन भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराम क्षेत्रमा   भारतीय कम्युनिस्ट पार्टी (माओवादी)  का छापामारहरूले थापेको ल्यान्डमाइनमा परेर भारतको छत्तिससगढ़ राज्यमा ९ जना कोब्रा बटालियनका सदस्यको मृत्यु  भएको र  ४  जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय संचार माध्यमहरूले जनाएका छन् l केही दिनअघि मात्र तेलंगनाको बिजापुर क्षेत्रमा  नक्कली मुठभेडमा सर्वसाधारणसहित  १० जनाको हत्या गरेर ठूलो सफलता प्राप्त गरेको भनेर हल्ला गरेको  सरकारका लागि सुकमाको यो  घटना निकै ठूलो चुनौती भएको कुरा पनि समाचार माध्यमले जनाएका छन् l

घटनामा माओवादी छापामार अप्रेसनमा गएको माइन प्रतिरोध (एन्टी-ल्यान्डमाइन)  गाडी निकै माथि उडेर पर हुत्तिएको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् l समाचार माध्यमहरूले ठूलो मात्रामा हातहतियार  छापामारहरूले कब्जामा लिएको भए पनि  सम्बद्ध  पक्षले यसबारे केही जानकारी नगराएको कुरा पनि जनाएका  छन् l

स्मरण रहोस्, गत साल यसै जिल्लामा   माओवादी छापामारको एम्बुसमा परेर३७ जना  सरकारी सुरक्षा फौजको मृत्यु भएको थियो l

भिडियो फिचरview all