menu

ताजा समाचार

प्रशिक्षण कार्यक्रममा प्रहरी हस्तक्षेप : नेकपा (क्रान्तिकारी माओवादी ) द्वारा हस्तक्षेपको विरोध

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १८ गुम्बाडाडाँमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)  को भातृ संगठन क्रान्तिकारी युवा लिगको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

 यही फागुन २८ गते सो पार्टीका महासचिब कमरेड मोहन बैद्यले उद्घाटन गर्नुभएको सो प्रशिक्षण कार्यक्रम मूलत: राजनीतिक तथा शारीरिक तन्दुरुस्तीमा केन्द्रित रहेको भए पनि  केन्द्रमा रामबहादुर थापा 'बादल" को नेतृत्त्वमा रहेको गृह प्रशासनको मकवानपुर प्रशासनले शान्तिपूर्ण किसिमले भइरहेको  प्रशिक्षण कार्यक्रममाथि  हस्तक्षेप गरेको छ ।

यसै सन्दर्भमा प्रहरी हस्तक्षेपको विरोधमा सो पार्टीका पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज दिनेश  शर्मा 'सागर" ले प्रेसवक्तव्य प्रकाशित गर्दै  ''वर्तमान दलाल प्रतिक्रियावादी सत्ताले प्रहरीमार्फत दमनपूर्ण हस्तक्षेप गर्ने कुचेष्टा गरेको छ ,सामाजिक फाँसिवादी केपी वली सरकारको कम्युनिस्ट मुखुण्डो उदाङ्गो भएको छ " भन्नु भएको छ  ।साथै यस्ता प्रकारका हस्तक्षेप पुनः दोहोर्याए उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवार सरकार नै हुने कुराप्रति जोड दिंदै इन्चार्ज सागरले  राज्यको यस्तो दमनबाट विचलित नभई निरन्तर नयाँ जनवादी क्रान्तिको झन्डा उठाउन युवाहरूलाई आह्वान गर्नुभएको छ ।

सो पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कमरेड वसन्त बोगटीका अनुसार. युवाहरुको राजनीतिक तथा शारीरिक प्रशिक्षण कार्यक्रम चलिरहेको अवस्थामा मकवानपुरका एसपी विकासराज खनालको आदेशमा सप्रनी बिनस चौधरीको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रममा हस्तक्षेप गरेको थियो । युवाहरुको शारीरिक प्रशिक्षण चलिरहेको बेला पुगेका प्रहरीहरुले क्रान्तिकारी युवाहरुलाई कार्यक्रम रोक्न धम्की समेत दिएको बोगटीले बताउनु भयो । प्रहरी हस्तक्षेपको क्रान्तिकारी युवाहरुले प्रतिकार गरेका छन् ।

शान्तिपूर्ण किसिमका यस्ता कार्यक्रमप्रति भएको हस्तक्षेपले ओली सरकार अनावश्यक  रूपमा मुलुकमा मुठभेडको  स्थिति निम्त्या उने दुष्प्रयास गरिरहेको त छैन भनेर प्रश्न उठ्नु/ उठाउनु स्वाभाविक भएको छ ।
भिडियो फिचरview all