menu

ताजा समाचार

प्रचण्ड सरकार फासिवादी अभ्यासमा

काठमाडौँ, कात्तिक २६, नेत्रविक्रम चन्दको नेतृत्त्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा राष्ट्रियता र जनजीविकाका प्रश्नलाई लिएर गरिएको  शान्तिपूर्ण कर्यक्रममाथि दमन र धरपक गरेर प्रचण्ड नेतृत्त्वको नेपाली कांग्रेस र मओवादी केन्द्रको गठबन्धन सरकारले  फासिवादी चरित्र प्रदर्शन गरेको छ l यसै  क्रममा आज काठमाडौँको  कलंकीबाट प्रहरीले सो पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनसहित १६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरूमा ओमप्रकाश पुन, काठमाडौँ जिल्ला जनवर्गीय संगठनका इन्चार्ज रजमान तामाङ, भक्तपुर जिल्ला सदस्य आदत, जनगणतान्त्रिक सम्पर्क मञ्चका नेता बद्री यादव, दुर्गा अधिकारी, झनक श्रेष्ठ,तथा टंक जोशी ,सुर्य दुलाल ,कृष्ण टेवा,श्यामनारायण शर्मा, भवानी ओझा, कुमार सिलवाल, रवि तामाङ, रोहित खत्री,टिकाबहादुर खत्री र जयराम लगायतका  कार्यकर्ताहरू  छन् ।

मोटरसाइकल र्याली किर्तिपुरको मित्र पार्टी प्यालेसबाट सातदोबाटो हुँदै रत्नपार्क जानेक्रममा कलंकी चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको थियो । त्यसैगरी आजै  काभ्रेमा नेकपा (माओवादी) पोलिट ब्युरो सदस्य भरत बम, काभ्रे जिल्ला सेक्रेटरी शरद रसायली, ताम्सालिङ जनसरकार प्रमुख माणिक लामासहित  ८ जनालाई पक्राउ गरेको छ ।

 स्मरण रहोस् ,नेकपा (माओवादी) ले दैनिक उपभोग्य बस्तुमा ५० प्रतिशत छुटको माग राखेर कार्तिक २८ गते नेपाल बन्द गर्ने निर्णय गरेको छ ।
भिडियो फिचरview all