menu

ताजा समाचार

आजदेखि कोलकातामा जनसाहित्यिक महोत्सव

भारतको कोलकातामा आजदेखि २ दिनसम्मभव्यताका साथ जनसाहित्यिक महोत्सव मनाइने कुरा सो महोत्सव आयोजक समितिले जनाएको छ । ‘बस्तर सोलिडरिटी नेटवर्क’ को पहलकदमी र केही वरिष्ठ जनपक्षधर लेखकहरूको सक्रियता र सहभागितामा हुन लागेको सो महोत्सवमा समितिको सल्लाहकारमण्डलमा  बहुचर्चित पत्रिका आमुखका सम्पादक कञ्चनकुमार, कवि तथा समालोचक सब्यसाची देव, चर्चित महिला लेखिका कृष्णा बन्धोपाध्याय लगायतका लेखक चथा बुद्धिजीवीहरू रहेका छन् ।

आयोजक समितिले साहित्यिक महोत्सवको आयोजना गर्नुको उद्देश्यबारे एउटा अवधारणापत्र सार्वजनिक गरेको छ । त्यसमा भनिएको छ :  “पिपुल्स लिटरेरी फेस्टिबल मुलुका विभिन्न छेउकुनामा छरिएर रहेका आलोचनात्मक चेत तथा प्रतिरोधी आवाजसित सम्बद्ध साहित्यिक सिर्जना र सर्जकलाई एकैठाउँ ल्याउन चाहन्छ । ...हाम्रो जनसाहित्य महोत्सव साहित्यलाई आलोचनात्मक चेतद्वारा सामाजिक रूपान्तरणको कार्यतर्फ प्रवृत्त गराउने प्रयास हो ।  ”

आह्वानपत्रको पूर्ण पाठ यस प्रकार छ :

हामी ‘बस्तर सोलिडरिटी नेटवर्क (कोलकाता)’ सित सम्बद्ध सदस्यहरूले मार्च २४-२५, २०१८ मा कोलकोतामा 'पिपुल्स लिटरेरी फेस्टिबल' अर्थात्  जनसाहित्य महोत्सवको आयोजना गरिरहेका छौँ । 'पिपुल्स लिटरेरी फेस्टिबल' मुलुकका  विभिन्न छेउकुनामा छरिएर रहेका आलोचनात्मक चेत तथा प्रतिरोधी आवाजसित सम्बद्ध साहित्यिक सिर्जना र सर्जकहरूलाई एकैठाउँ ल्याउन चाहन्छ । आलोचनात्मक लेखन तथा आलोचनात्मक किसिमले आवाज उठाउने लेखक साहित्यकारहरूका आवाज दबाउन  राज्य र उसका कर्पोरेट माध्यमहरू तथा सामाजिक दृष्टिले प्रभुत्वशाली वर्ग निरन्तर  रूपमा लागिपरेको कुरा सबैलाई थाहा भएकै कुरा हो ।
साहित्यकला र आलोचनात्मक विचारमाथिको दमन, सेन्सरसिप र हिंसाको प्रयोग यतिबेर हाम्रो समयको विशिष्ट विशेषता नै बनेको छ । त्यसमा पनि खास विचारलाई प्रोत्साहित गर्ने र  खास धारणा माथिको निमर्म दमन अहिलेको राज्यसत्ताको प्रधान चरित्र बनेको छ र यसबाट बौद्धिक तथा साहित्यकला क्षेत्र आक्रान्त बनेको छ । अहिले तलदेखि माथिसम्म खास गरेर स्कुल तहको पाठ्यक्रमहरूमा  गरिएको फेरबदलद्वारा एकातिर ब्राम्हणवादी-हिन्दूवादी संस्कृतिलाई सर्वोपरि र श्रेष्ठ मान्ने विचारलाई स्थापित गर्न गरिएको छ र यी सबै कार्यले नवउदारवादी कर्पोरेटवादी सांस्कृतिक विस्तारलाई र्नै सहयोग पुग्ने काम भएको छ ।

‘जि जयपुर लिटिरेचर फेस्टिबल’,  ‘टाटा लिटरेचर लाइव मुम्बई’ अथवा  ‘एपिजय कोलकाता लिटरेरी फेस्टिबल’ यस्ता केही सन्दर्भहरू हुन्, जुन कर्पोरेट सांस्कृतिक उद्धेश्यको परिपूर्ति र आवश्यकता प्रदर्शन गर्न आयोजित गरिएका थिए ।  अहिले प्रभुत्वशाली वर्ग तथा राज्यसंयन्त्र वैचारिक सङ्घर्षका आवरणमा मुस्लिम विरोधी फासिवादी संस्कृतिको प्रदर्शन र प्रवर्धन गरिरहेको छ । यस किसिमका महोत्सवहरू ‘भारतीय’ साहित्यिक उत्पादनका अन्तर्राष्ट्रिय बजारका व्यापारीहरू जम्मा हुने र गर्ने आधार बनेका छन् ।

हाम्रो जनसाहित्य महोत्सव साहित्यलाई आलोचनात्मक चेतद्वारा सामाजिक रूपान्तरणको कार्यतर्फ प्रवृत्त गराउने प्रयास हो ।  हामी साहित्यलाई हाम्रो वरिपरिको शक्ति निर्माणबारे सही जानकारी गराउने माध्यमका रूपमा अघि बढाउन चाहन्छौँ । साम्राज्यवादी बहुराष्ट्रिय पुँजीवाद, महिलामाथि हुने पितृसत्तात्मक दमन, दलित समुदाय लगायत पछिपरेको उत्पीडित तथा सिमान्तकृत वर्ग तथा समुदाय माथि भएका उत्पीडन र राष्ट्रवादका नाममा भइरहेका विभिन्न किसिमका दमन र आतङ्का विरुद्ध हामी साहित्यलाई उभ्याउन चाहन्छौँ । हामी लेखनका माध्यमबाट मानवतामाथिको जन्जीर तोड्ने प्रयासमा जोड दिन्छौँ । र यो काम हामी कर्पोरेट  संस्थाहरू र राज्यसंयन्त्रको हुकुमीपनबाट मुक्त भएर स्वतन्त्र किसिमले गर्न चाहन्छौँ ।

यो आयोजनालाई सफल पार्न जनता र जनसङ्घर्षका पक्षमा बिना कुनै सम्झौता कलम चलाउँदै आएका लेखकहरू तथा बुद्धिजीवीहरूलाई हामीले विशेष अनुरोध र आमन्त्रण गरेका छौँ । हामीलाई सहयोग गर्न र उपस्थित हुन उहाँहरूले हादिकतापूर्वक स्वीकार गर्नुभएको छ । यसले अवश्य पनि जनताको लोकप्रिय सांस्कृतिक मोर्चातर्फको यात्रालाई सघाउ पुग्नेछ र प्रतिक्रियावादका विरुद्धको प्रभुत्वशालीलाई यात्रालाई अगाडि बढाउनेछ ।  हामी कोलकोतामा मार्च २४-२५ मा हुने जनसाहित्य महोत्ससवमा तपार्इँको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ र तपाईँको उपस्थिति र सुझावसल्लाहले हाम्रो अभियान अवश्य पनि सफल हुनेछ भन्ने कुराप्रति  विश्वस्त छौँ ।

यस्ता हजारौँ महोत्सवहरू भइरहून् भन्ने कामनासहित :

'बस्तर सोलिडसरिटी नेटवर्क' (कोलकाता च्याप्टर)

जनसाहित्य महोत्सवका लागि सल्लाहकारमण्डल

सब्यसाचि देब (कवि तथा साहित्यिक समालोचक),
कृष्णा बन्धोपाध्याय (लेखक, सम्पादक र मार्क्सवादी-नारीवादी चिन्तक)
अशोक चट्टोपाद्याय  (सम्पादक, सांस्कृतिक समसमय, लेखक : ‘कङ्गल हरिनाथ’)
कञ्चनकुमार (सम्पादक, आमुख, कवि तथा अनुवादक)

भिडियो फिचरview all