menu

ताजा समाचार

सुदर्शनसहितका नेतालाई सार्वजनिक अपराधको मुद्धा

खुला र शान्तिपूर्ण किसिमले आयोजना गरिएको युवा मोर्चाको राष्ट्रिय सम्मेलनमा अतिथिका रूपमा सहभागी हुन सम्मेल्लनस्थलतर्फ गइरहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितका नेता तथा कार्यकर्ताहरूलाई फागुन ६ गते बिराटनगरमा पक्राउ गरी हिरासतमा राखिएको विषयलाई लिएर चोतर्फी विरोध र प्रतिरोध भइरहेको अवस्थामा अहिले फेरि मोरङ जिल्ला प्रशासनले माओवादी नेता हेमन्तप्रकाश सहित पद्म राईलाई सार्वजनिक अपराधको मुद्दा लगाएको कुरा नेकपा–बिप्लव नजिकको अनलाइन प्रकाशन 'इः रातोखबर'ले जनाएको छ ।

इः रातोखबरका अनुसार : नेताद्वयलाई जनताको उपस्थितिमा जनसभा गर्न खोजेको  र प्रहरीलाई गालि बेइज्यती गरेको आरोप लगाउदै प्रमुख जिल्ला अधिकारीको कार्यालय मोरङले मुद्दा दायर गरेको हो । तर नेताद्वय ओली र राईले विराटनगरमा हुने खुल्ला आमसभामा जादै गर्दा प्रहरीले आफुहरुलाई अन्यायपूर्ण तरीकाले पक्राउ गरेको भन्दै पक्राउ पुर्जीमा हस्ताक्षर नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयले जनाएको छ । वर्तमान संविधान अनुसार विनाकारण २४ घण्टा हिरासतमा राख्न नपाइने कानुनी व्यवस्था भएपनि पक्राउ गरिएको ४८ घण्टा वितिसकेपछि मात्र नेताद्वयलाई सार्वजनिक मुद्दा लगाउन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उपस्थित गराइएको हो ।


भिडियो फिचरview all