menu

ताजा समाचार

फासिवादी हस्तक्षेपविरुद्ध क्रान्तिकारी माओवादी : सम्पूर्ण नेता तथा कार्यकर्ताको रिहाइको माग

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड मोहन बैद्य ‘किरण’ ले आज फागुन ७ गते एक वक्तव्य प्रकाशित गरी नेकपाको भातृ सङ्गठन  युवा मोर्चाको सम्मेलनका सन्दर्भमा सरकारद्वारा गरिएको व्यापक धरपकडको निन्दा तथा भ्रत्र्सना गर्दै पक्राउ परेका नेता हेमन्तप्रकाश ओलीसहित सबै कार्यकर्ताको अविलम्ब रिहाइको माग गर्नुभएको छ । कमरेड किरणले सरकारको व्यवहारलाई फासिवादी हस्तक्षेपको संज्ञा दिनुभएको छ ।
 
यस्तो छ वक्तव्यको पूर्ण पाठ :

''यही २०७४ फागुन ६ गते नेकपाको मातृ सङ्गठन युवा मोर्चाले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल सरकारद्वारा सशस्त्र प्रहरी हस्तक्षेप गरी नेता कमरेड हेमन्त प्रकाश ओली, पदम् राईसहित दर्जनौँ कार्यकर्तालाई गिरफ्तार गरिएको छ । युर्वा मोर्चाको शान्तिपूर्ण रूपमा आयोजित सम्मेलनमा आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारद्वारा गरिएको यस प्रकारको फासिवादी हस्तक्षेप, दमन तथा गिरफ्तारीको हाम्रो पार्टी कडा विरोध, निन्दा एवम् भ्रत्र्सना गर्दछ । साथै हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड हेमन्तप्रकाश ओलीसहितका सम्पूर्ण नेता तथा युवा साथीहरूको अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ ।"


भिडियो फिचरview all