menu

ताजा समाचार

माओवादी छापामारको एम्बुसमा परेर भारतीय सुरक्षा फौजका २ जनाको मृत्यु, ६ जना मरणासन्न

भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजको  विशेष तस्क फोर्सका २ जनाको घटनास्थलमै मृत्यु भएको  र ६ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । माध्यमहरूका अनुसार घटना सुक्मा जिल्लाको भेजी पुलिस स्टेसनको इलाकामा भएको थियो ।

माओवादी अपरेसनमा गएको संयुक्त सुरक्षा फौजको क्याम्पमा फर्किने क्रममा उनीहरू माओवादी छापामारद्वारा गराइएको विस्फोटनमा परेका थिए । एम्बुसमा परेपछि माओवादीबाट फायरिङ गरिएको जवाफी फायरिङ भएकाले ठूलो नोक्सान नभएको भनेर प्रहरी प्रमुखले भने पनि घाइतेको सङ्ख्या ठूलो रहेको र मरणासन्न अवस्थामा रहेकाहरूको बाँच्ने सम्भावना कम रहेको कुरा सञ्चारमाध्यमहरूले जानकारी गराएका छन् ।  

भिडियो फिचरview all