menu

ताजा समाचार

नेकपा-बिप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टी-बिप्लवका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगरको ३ र ४ नम्वर वडाको सिमानामा पर्ने राजबंशी चोक नजिकै सुर्दशन सवार प्राइभेट गाडी रोकेर प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी नेकपा निकट युवा जनस्वंयसेवकको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न विराटनगर जादैथिए । युवा सम्मेलनको अवसर पारी विराटनगरमा वृहद जनसभाको आयोजनासमेत गरिएको थियो । सुदर्शनसँगै नेकपाका पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ सहित अन्य स्थानीय नेताकार्यकर्ताहरू पनि पक्राउ परेका छन् । सुर्दशनसहित पक्राउ गरिएका सबैलाई अहिले मोरङको तिनपैनीमा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यसैबीच  खुल्ला जनसभालाई सम्बोधन गर्न गैरहेको बेला आफ्ना नेताकार्यकर्तालाई पक्राउ गरिएको प्रति नेकपा-बिप्लवका पूर्वी कमाण्ड इन्चार्ज ‘विरही’ले आपत्ती जनाउदै बिनासर्त रिहाइको माग गरेका छन् ।

खुला र वैधानिक किसिमको कार्यक्रमप्रति सरकारले गरेको व्यवहारको अहिले सर्बत्र निन्दा भएको छ ।  ओली प्रधानमन्त्री हुनेबित्तिकै देखाइएको व्यवहारले ओली सरकार कुन बाटो हिंड्न खोज्दैछ भन्ने कुराको संकेत गर्छ  l सरकारले नेकपा-बिप्लवमाथि कुनै पनि किसिमको प्रतिबन्ध नलगाएको अवस्थामा खुला कार्यक्रममाथि हस्तक्षेप र धरपकड गर्नुले ओली सरकारले आगामी दिनमा गर्ने राजनीतिक अभ्यासलाई नै इंगित गर्छ । हामी ओली सरकारको यस किसिमको व्यवहारको घोर निन्दा तथा भ्रत्सना गर्छौं र कमरेड सुदर्शनसहितका कमरेडहरूको अबिलम्ब रिहाइको माग गर्छौं  


भिडियो फिचरview all