menu

ताजा समाचार

भारतमा चलिरहेको जनयुद्धको विश्वव्यापी महत्त्व छ : माओवादी पार्टी, फ्रान्स

'मे दिवश घोषणा २०१६' मार्फत विश्वका माओवादीहरूले यो वर्ष 'चिनियाँ महान् सर्बहारा  सांस्कृतिक क्रान्ति' को ५०औँ वर्षगाँठ भव्यताका साथ मनाउने र भारतमा चलिरहेको जनयुद्धको पक्ष्यमा विभिन्न किसिमले सहयोग पुर्याउने निर्णय गरेअनुसार माओवादी पार्टी, फ्रान्सले यही नोभेम्बर १० मा एक वक्तव्य जारी गर्दै भारतमा चलिरहेको जनयुद्धको पक्ष्यमा उभिन आव्हान गरेको छ l वक्तव्यमा भनिएको छ : हामी यो वक्तव्यमार्फत भारतीय कम्युनिस्ट पाटी) (माओवादी), जनमुक्ति सेनाका छापामार योद्धाहरू जनसरकार,  जनसङ्गठनहरू र क्रान्तिका सहयोगी र शुभचिन्तकहरू र भारतका आम जनतासम्म हाम्रो संदेश पुर्याउन चाहन्छौँ र  भारतमा चलिरहेको  जनयुद्ध, जसले विश्वका लाखौँ जनताको विश्वासको प्रतिनिधित्व गर्छ, त्यसप्रति क्रान्तिकारी ऐक्यबद्धता दोहोर्याउन चाहन्छौँ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ l
----------------------------------------------------------------------------------------------------

भारतमा चलिरहेको जनयुद्धप्रति क्रान्तिकारी ऐक्यबद्धता : माओवादी पार्टी, फ्रान्स
भारतमा जनयुद्धको लामो क्रान्तिकारी इतिहास छ जुन सन् १९६७ को जनसङ्घर्षबाट विकसित भएको थियो । नक्सलबाडीबाट उठेको झिल्कोले भारतीय उपमहादेशमा क्रान्तिकारी सङ्घर्षलाई विस्तारित गर्यो,  राज्यद्वारा भयङ्कर दमनका बाबजुद पनि यो निरन्तर अघि बढ्यो । भारतका  शोषित-उत्पीडित जनतासित घनिष्ठ रूपमा गाँसिएको यो आन्दोलनलाई दबाउन प्रतिक्रियावादी प्रहरी र सेनाले हजारौँ योद्धाहरू, पार्टी सदस्यहरू कार्यकर्ताहरू, जनसङ्गठनका सदस्यहरू, सहयोगी र  शुभचिन्तकहरूको हत्या गरे पनि त्यहाँका कामरेडहरूले विभिन्न किसिमका आरोहअवरोहका बीचबाट यसलाई क्रान्तिकारी निरन्तरता प्रदान गरिरहेका छन् ।
 
भारतीय प्रतिक्रियावादी सत्ताले अहिले भारतमा ‘अपरेसन ग्रिन हन्ट’ नामको प्रतिक्रान्तिकारी अभियान चलाइरहेको छ,  हजारौँ प्रतिक्रियावादी फोर्स क्रान्तिकारी आधारक्षेत्रहरूमा तैनाथ गरेको छ ।  यसका दुइटा उद्देश्य छन् : “क्रान्तिकारी चुनौती” लाई  परास्त गरेर आदिवासी क्षेत्रलाई नियन्त्रणमा लिएर त्यहाँको प्राकृतिक स्रोतसाधनमाथि साम्राज्यवादी एकाधिकारवादीहरूलाई लुट्न र दोहन गर्ने वातावरण बनाउनु
यस किसिमको योजनाको उद्देश्य आदिवासी क्षेत्रमा माओवादी पार्टीले  जनतामा पारेको प्रभाव,  उसले जनताको जनजीवीकाका  लागि गरेको कामलाई नष्ट पार्नु रहेको छ । त्यस क्षेत्रमा पार्टी, जनसेना र जनसङ्गठनमार्फत निर्माण भएको जनसरकारलाई ध्वस्त पार्नु उसको उद्देश्य रहेको छ । ‘अपरेसन  ग्रिन हन्ट’ का नाममा प्रतिक्रियावादी सेना गाउामा पसेर हत्या लुटपाट र बलात्कार गर्दै जनयुद्धलाई सघाउने जनतामाथि नरसंहार मच्चाउंछन् ।  मलकानगिरिमा भएको अक्टोर २४ को घटना यस्तै घटना थियो, जसमा आदिवासी  ९जना गाउँलेसहित ३१ जनाको हत्या गरिएको थियो ।

भारतका कमरेडहरूले विश्वव्यापी उच्च महत्व राख्ने क्रान्तिकारी आन्दोलनको नेतृत्व गरिरहेका छन्, यो आन्दोलन सबैभन्दा शेषित–उत्पीडित जनतासित घनिष्ठरूपमा गाँसिएकाले यसले हामीलाई पनि दमनका विरुद्ध प्रतिरोधात्मक आत्मबल प्रदान गर्छ ।
हामी यो वक्तव्यमार्फत भारतीय कम्युनिस्ट पाटी) (माओवादी), जनमुक्ति सेनाका छापामार योद्धाहरू जनसरकार,  जनसङ्गठनहरू र क्रान्तिका सहयोगी र शुभचिन्तकहरू र भारतका आम जनतासम्म हाम्रो संदेश पुर्याउन चाहन्छौँ र  भारतमा चलिरहेको  जनयुद्ध, जसले विश्वका लाखौँ जनताको विश्वासको प्रतिनिधित्व गर्छ, त्यसप्रति क्रान्तिकारी ऐक्यबद्धता दोहोर्याउन चाहन्छौँ ।

भारतमा चलिरहेको जनयुद्ध जिन्दावाद !
सबै सहिदहरूप्रति श्रद्धान्जली !
लाल सलाम !

पिसिएम, फ्रान्स
नोभेम्बर १०, २०१६
भिडियो फिचरview all