menu

ताजा समाचार

डोनाल्ड ट्रम्पको चौतर्फी विरोध

यो फासिवादी–साम्राज्यवादको विजय हो: माओवादी वादी पार्टी, इटाली
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक  परिणाम आएपछि विश्लेषकहरू मात्र नभएर अमेरिकाको राजनीतिलाई प्रभावित र नियन्त्रित गर्ने भनिएका  अमेरिकी एजेन्सीहरू नै आश्चर्यचकित भएका समाचारहरू प्रकाशमा आएका छन् । ट्रम्पको विजयको आधिकारिक समाचार बाहिर आउन नपाउँदै र जीत र हारको समीक्षा र विश्लेषणसमेत हुन नपाउँदै अमेरिका विभिन्न सहरमा त्यसमा पनि न्यु योर्क,  लस एन्जेल्स, क्यालिफोर्निया लगायतका सहरहरूमा “हामी ट्रम्पको पक्षमा छैनौँ”, “फक डोनाल्ट ट्रम्प” को नाराका साथ युवा जमात सडकमा ओर्लिएको थियो ।  अमेरिकामा हुने गरेका चुनावमा जीत र हारको सन्दर्भलाई लिएर सामान्य प्रतिक्रिया हुने गरे पनि यसपल्ट भने नाराजुलुससहित विरोधको आवाजका साथ जनता सडकमा उत्रेका छन् । बौद्धिक–प्राज्ञिक क्षेत्रका त्यसमा पनि सबैभन्दा बढी सडकमा निस्कनेहरूमा विद्यार्थीहरू छन् । न्यु योर्कपछि, सनफ्रान्सिस्को, मानहत्तम, अकल्यान्ड, पोर्टल्यान्ड र लस एन्जेल्सको डाउन टाउन सबैभन्दा बढी विरोधका केन्द्र बनेका छन् ।

 
यसबीच  माओवादी पार्टी इटालीले वक्तब्य प्रकाशित गरेर ट्रम्पको विजय भनेको फासिवादी–साम्राज्यवादको विजय हो भनेको छ । वक्तव्यअनुसार “अमेरिकाको राष्ट्रपति चुनावमा फासिवादी साम्राज्यवादले जितेको छ । यसले अमेरिकी साम्राज्यवादको सङ्कटको स्थितिलाई द्योतन गर्दछ । ट्रम्पको विजयको अर्थ प्रहरी शासनको मनपरी , निरन्तर जनहत्या, मुलुकको सैन्यकरण, सङ्कटकाल, चौतर्फी आतङ्क र युद्ध हो” ।
त्यसैगरी  आरसिपी, अमेरिकाले आफ्नो मुखपत्र  'रिभोलुशन' मा ‘एउटा दुष्ट फासिवादी अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको छ” भन्ने शीर्षकमा टिप्पणी गरेको छ र “अमेरिकामा आतङ्क पहिलेदेखि नै थियो अब थप आतङ बढ्ने छ”, भनेको छ ।

जेहोस् अमेरिकी सुरक्षा निकायले समेत मन नपराएका भनिएका उम्मेददवारले राष्ट्रपतिको चुनाव जितेका छन् र यस्ता उमेदवारलाई पुटिनले समर्थन गर्नु र समर्थनमा चीनसमेत जोडिनुले विश्व राजनीति कुन दिशातिर जाँदैछ भन्ने प्रश्न र आशङ्काहरू उब्जनु स्वाभाविक छ ।

भिडियो फिचरview all