menu

ताजा समाचार

मार्क्सको सम्झनामा माओवादीहरूद्वारा ७ भाषामा पोस्टर प्रकाशित

विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने क्रममा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको पचासौँ वार्षिकोत्सव, विश्वव्यापी महत्वको भारतीय माओवादी आन्दोलनको बसन्ते गर्जन नक्सलबाडी किसान विद्रोह,  रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकी तथा सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०० औँ जन्मदिवस विशेष कार्यक्रम  उत्साह र जोसका साथ मनाउने निर्णय गरेका थिए ।
 
यसै क्रममा सर्वहारा विचारधारा,  राजनीति र वैज्ञानिक समाजवादका प्रवर्तक र महान् क्रान्तिकारी दार्शनिक कार्ल मार्क्सको २०० औँ जन्मोत्सवका उपलक्ष्यमा ल्याटिन अमेरिकी कमरेडहरूले अंग्रेजी,स्पेनी, जर्मन हिन्दी लगायत ७ वटा भाषामा पोस्टर  प्रकाशित गरेका छन् । विश्वका सर्वहाराहरू एक होऔं, महान कार्ल मार्क्सको २०० औँ जन्मदिवस जिन्दावाद ! को आव्हान गरिएको सो पोस्टरमा  ल्याटिन अमेरिका, एसिया र युरोपका माओवादी पार्टी र संगठनहरूद्वारा  माओवादी आन्दोलनलाई  एकतावाद्धताका  साथ् अगाडि बढाउन नयाँ मार्क्सवादी-लेनिनवादी-माओवादी  अन्तर्राष्ट्रिय कमुनिस्ट केन्द्र स्थापनाको आवश्यकता बोध गर्दै  मार्क्सको २०० औँ जन्मदिवस विशेष अवसरक रूपमा मनाउन लागिएको कुरा उल्लेख गरिएको छ l





भिडियो फिचरview all