menu

ताजा समाचार

माओवादीसितको भिडन्तमा २ जना सब-इन्स्पेक्टरसहित ५ जनाको मृत्यु, १२ जना मरणासन्न

भारतको छत्तीसगढ राज्यको  नारायणपुर जिल्लाको अबुजमाद जंगल क्षेत्रमा  माओवादी दमन अभियानमा खटिएको विशेष केन्द्रीय टास्क फोर्स र स्थानीय रिजर्भ फोर्सको संयुक्त टोली र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाबीच बुधवार बिहान ११ बजे भएको दोहोरो भिडन्तमा २ जना सब-इन्स्पेक्टर, २ जना हवाल्दारसहित विशेष टास्क फोर्सका ५ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य १२  जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय संचार माध्यमहरूले जनाएका छन् l १२  जनामद्ध्ये पनि २ जना बाच्न सक्ने स्थितिमा नरहेको कुरा समाचार माध्यमहरूले जनाएका छन् l

घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरबाट  लागिएको र भिडन्तमा मर्नेको संख्या अझ बढी हुन् सक्ने कुरा समाचार माध्यमहरूले जनाएका छन् l ३ घन्टासम्म चलेको भनिएको सो भिडन्तमा ६० जना सरकारी फोर्स  रहेको र माओवादीको ६ नम्बर कम्पनी संलग्न रहेको भनेर भारतीय माध्यमहरूले जनाएका छन् l सरकारी स्रोतले माओवादीतर्फ पनि ठूलो नोक्सान भएको भने पनि अहिलेसम्म आधिकारिक समाचार प्राप्त भएको छैन l  उल्टै माओवादी छापामारले ठूलो संख्यामा हातहतियार कब्जा गरेको कुरा प्रकाशमा आएको छ l
 
सरकारले यताका दिनमा माओवादी दबाउन अनेक उपाय गरिरहेको, गाउँलेलाई समातेर कागज गराएर  माओवादीले आत्मसमर्पण गरेको होहल्ला गरिरहेको, पलायानवादीहरूको हवाला दिएर मनोआतंक उत्पन्न गरिरहेको र माओवादी खुम्चिए भनेर प्रचारवादी गरिरहेको अवस्थामा भएको यो घटनाले सरकारी दाबीलाई झूटो साबित गरेको भनेर संचार माध्यमहरूले जनाएका छन् l

गत वर्ष यसै क्षेत्रमा ३७ जना सरकारी फोर्सको मृत्यु भएको थियो l भारतीय सत्ताधारी वर्गले मनाउने गरेको गणतन्त्र दिवशको २ दिनअघि भएको यो घटनालाई ''कथित गणतन्त्र दिवसको अर्थ छैन, यसलाई खारेज गरौं " भनेर माओवादीले केही दिनअघि गरेको आव्हानसित जोडेर पनि यस घटनालाई  हेरिएको छ l
 
भिडियो फिचरview all