menu

ताजा समाचार

फासिवाद विरुद्धको लडाइँ तीव्र पार्ने प्रणसहित क्रान्तिकारी लेखकहरूको सम्मेलन सम्पन्न

ब्राम्हणवादी फासिवाद र साम्राज्यवादी फासिवाद बिरुद्धको लडाइँ तीव्र बनाउने प्रणसहित भारतका क्रान्तिकारी लेखकहरूको केन्द्रीय सङ्गठन 'विप्लवी रचयिता सङ्गठ' (विरसम) ले आफ्नो २६औं राज्यस्तरीय सम्मेलन  सम्पन्न गरेको छ l भारतको तेलंगाना प्रदेश स्तरीय सो सम्मेलन म़हाबुबनगरमा यही जनवरी १४ देखी १६ सम्म चलेको थियो l

तेलंगना र नजिकका अन्य राज्यहरू खास गरेर आन्ध्रका करिब २००० जति लेखक-कलाकारहरूको उपस्थिति रहेको सो सम्मेलनमा मार्क्सवादप्रति प्रतिबद्ध विशिष्ट विद्वानहरू, प्राध्यापकहरू, लेखक , पत्रकार र सामाजिक कार्यकर्ताहरूलाई अतिथिका रुपमा आमन्त्रण गरिएको थियो l यसरी आमन्त्रित व्यक्तित्त्वहरूमा विरसमका संस्थापक तथा पूर्व अध्यक्ष वरवर राव, प्रोफेसर आनंद तेलतुंबडे, प्रोफेसर हरगोपाल, वरलक्ष्मी,  विद्वान उदय भानु,  दुडु प्रभाकर, शिवरात्रि सुधाकर, प्रोफेसर कासिम, वीरसाताधारी, सियासत संपादक जाहिद अली खान, उपन्यासकार कल्याण राव थिए  l "हिंदू ब्राह्मणवादी फासिवाद र  आधुनिक समाजमा यसले पारेको नकारात्मक   असर" शीर्षकमा विचारगोष्ठीको आयोजना गरिएको थियो, जसमा वक्ताहरूले  ब्राह्मण्यवादी हिन्दू फासिवादले जनवादी साहित्य र संस्कृतिका विरुद्धमा भारतीय समाजमा परेको असरबारे आफ्नो धारणा राखेका थिए ।

कमरेड चारु मजुमदारको नेतृत्त्वमा स्थापित भाकपा (माले) को विरासतसित जोडिएको 'विप्लवी रचयिता सङ्गम' (रिभोलुस्नरी राइटर्स एसोसिएसन) भाकपा (माले) पिपुल्सवारको भात्री सङ्गठनका रूपमा विकशित भएको थियो र भाकपा (माओवादी) पार्टीको निर्माणपछि यसले  भारतीय माओवादी आन्दोलनको सांस्कृतिक मोर्चाका रूपमा आफ्नो भूमिकालाई निरन्तर सक्रिय बनाइरहेको छ l यसका थुप्रै सदस्यहरूलाई भारतीय फासिवादले माओवादीका नाममा हत्या गरिसकेको छ ।

हिन्दूवादी फासिवाद विरुद्धको सङ्घर्षलाई अझ व्यापक र मजबूत बनाउने तथा जनताको माओवादी क्रान्तिकारी सङ्घर्षलाई सघाउ पुर्याउने निष्कर्षका साथ सम्न्मेलन समाप्त भएको थियो l १५ ओटा प्रस्ताब पास गरिएको सो कार्यक्रममा सो सम्मेलनबारे सो सङ्गठनकी पूर्व महासचिव  वारालक्ष्मीले भारतीय फासिवादको चरित्रका साथै क्रान्तिकारी संस्कृतिक कर्मीहरूले खेल्नु पर्ने भूमिकाबारे पनि विस्तृत प्रकाश पारेकी थिइन् l
दलित तथा उत्पीडित समुदाय, आदिवासी जनतामाथि भएको दमन, विश्वविद्यालय तथा शिक्षा क्षेत्रमा भएको आतंक, अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज र दमन, लेखकहरूमाथिक झूटा मुद्दा, किसानहरूको आत्महत्याको विषय, मजदूर समितिलगायत जनवर्गीय सङ्गठनमाथि लगाइएको प्रतिबन्ध लगायत बहुराष्ट्रिय कम्पनीका लागि आदिवासी जनताको विस्थापनजस्ता विषयलाई लिएर १५ ओटा प्रस्तावहरू समेलले पारित गरेको  छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिएका छन् l  यसमा भनिएको छ :

 ''भारतीय प्रधानमन्त्री  मोदी, अमेरिकी राष्ट्रपति ट्रम्प र  इज़राइली राष्ट्रपति नेतन्याहुको गठबन्धनले भारतलाई विश्वव्यापी रूपमै  खतरनाक मुलुकका रूपमा उभ्याएको छ  l"

त्यस्तै अर्को प्रस्तावमा भनिएको छ :

 ''चिनियाँ  सामाजिक साम्राज्यवादले अन्य मुलुकहरूको  बाजार नियन्त्रण गर्नुका साथै  प्राकृतिक स्रोतसाधनको उपयोगमार्फत शोषणको प्रक्रियालाई अघि बढाएको छ  । यो नयाँ   साम्राज्यवादी देश हो, जुन संयुक्त राज्य अमेरिकासित  प्रतिस्पर्धा गर्दै अन्य  मुलुकको के आन्तरिक मामलामा  हस्तक्षेप गर्नेगर्छ । हामीहरू अमेरिकी तथा चिनियाँ साम्राज्यवाद विरुद्ध  लड्नका लागि जनतासित आह्वान गर्छौं ।"





भिडियो फिचरview all