menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) को महत्त्वपूर्ण निर्णय

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को हालै बसेको स्थायी समिति बैठकले पार्टी एकता तथा सहकार्य सम्बन्धी केही महत्त्वपूर्ण निर्णय गरेको कुरा सो पार्टीका महासचिव कमरेड मोहन बैद्यद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यथास्थितिवादमा पतन भैसकेकाहरूले वाम गठबन्धनका नाममा भ्रम दिइरहेको अवस्थामा आएको यस वक्तव्यप्रति राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी क्रान्तिका पक्षधरहरूले सकारात्मक र सहयोगी भाव राख्दै  यसलाई राष्ट्र र जनताप्रतिको गम्भीर दाइत्वबोधको उपजका रूपमा लिएका छन् ।

यही माघ ३ गते जारी ३ बुँदे वक्तव्यमा  नयाँ जनवादी क्रान्तिका पक्षधरहरूसित एकताका लागि वार्ता टोली निर्माण गरेको व्यहोराका साथै भारतीय विस्तारवादले देशका विभिन्न स्थानमा गरेको सीमा अतिक्रमणका विरुद्ध संयुक्त कार्यक्रम गर्न पनि आव्हान गरिएको छ ।
वक्तवमा भनिएको छ : “पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।”

बैठकले विचार मिल्ने पार्टीहरूसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका गरिएको विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय लिएको कुरा  पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

साथै वक्तव्यमा "लामो समयदेखि भारतीय शासक वर्गले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै आएको छ । लामो समयदेखि कैयौं ठाउँमा सिमास्तम्भ गायब पार्ने काम हुँदै आएको छ । हालै विरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औं विघा जमिन मिचेर सिमास्तम्भ सारिएका समाचार प्रकाशमा आएका छन् । यस स्थितिमा पार्टी भारतीय विस्तारवादको सीमा अतिक्रमणकारी गतिविधिको घोर विरोध तथा भत्र्सना गर्दछ र यसबारे तुरुन्तै कदम चाल्न सरकारसित जोडदार माग गर्दछ" भनिएको छ l

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :
 
२०७४ माघ २ र ३ गते महासचिव कमरेड किरणको अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक बस्यो । बैठकमा पार्टी एकतार कार्यगत एकतालगायतका विषयका बारेमा लिइएका महत्वपूर्ण निर्णयहरूलाई यस प्रेसवक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।

१. पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दैगएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।

तसर्थ, यसबारे गम्भीर हुँदै क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ ।

२. साथै, उक्त पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय पनि लिइएको छ ।

३. लामो समयदेखि भारतीय शासक वर्गले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै आएको छ । लामो समयदेखि कैयौं ठाउँमा सिमास्तम्भ गायब पार्ने काम हुँदै आएको छ । हालै विरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औं विघा जमिन मिचेर सिमास्तम्भ सारिएका समाचार प्रकाशमा आएका छन् । यस स्थितिमा पार्टी भारतीय विस्तारवादको सीमा अतिक्रमणकारी गतिविधिको घोर विरोध तथा भत्र्सना गर्दछ र यसबारे तुरुन्तै कदम चाल्न सरकारसित जोडदार माग गर्दछ ।


मोहन वैद्य (किरण)
महासचिव
भिडियो फिचरview all