menu

ताजा समाचार

आमा, मलाई लिएर नरुनुहोला : जिएन साइबाबा


आमा, मलाई लिएर नरुनुहोला
तपाईँ मलाई हेर्न आउनुभएको बेला
मैले  तपाईँको अनुहार देख्न पाइनँ
फाइबर काँचको झ्यालबाट
मेरो अशक्त शरीरको झलक यदि तपाईँले देख्न पाउनुभएको भए
म अझै जिउँदै रहेछु  भन्ने कुरा
थाहा पाउँन तपाईँलाई निकै सकस पर्यो होला ।

आमा, म घरमा छैन भनेर नरुनु होला
जतिबेर म घरमा
र खुला संसारमा थिएँ
मेरा थुप्रै साथीहरू थिए
अहिले म कारागारको गोलघरमा बन्दी छु
मैले विश्वभरिका
अझ थुप्रै साथीहरू पाएको छु ।  

आमा, मेरो खस्कँदो स्वास्थ्यलाई लिएर उदास नहुनुहोला
म केटाकेटी छँदा,
एक गिलास दूध खुवाउन नसकेको बेला
तपाईँ मलाई साहस र शक्तिका शब्दहरू खुवाउनुहुन्थ्यो
दुःख र पीडाको यस घडीमा
तपाईँले खुवाउनु भएको शब्दबाट
म अहिले पनि बलियो छु ।

आमा, आफ्नो विश्वास नगुमाउनु होला
मैले अनुभूत गरेको छु, जेल मृत्यु होइन
यो मेरो अर्को जन्म हो
र म जब घर फर्कनेछु
म तपाईँको त्यही काखमा लुट्पुटिनेछु
जुन काखले आशा र उत्साहका साथ मलाई  हुर्कायो ।

आमा, मेरो रिहाइलाई लिएर भयभित नहुनु होला
संसारलाई भनिदिनु होला
मेरो स्वतन्त्रता खोसिएको छ ।
के ती सबैका लागि मुक्ति प्राप्त गर्न सकिन्छ
जो मेरा साथ उभिएका छन्, र
धरतीका दुखीजनहरूको दुखःको कारण खोज्नुहोला
जसमा मेरो पनि मुक्ति निहित छ


डिसेम्बर १, २०१७
०००





भिडियो फिचरview all