menu

ताजा समाचार

फुजिमोरोको सजाय माफीको विरोध र कमरेड गोन्जालोको रिहाइको माग गर्दै हजारौँ जनता सडकमा

आफ्नो शासनकालमा हजारौँ पेरुभियाली नागरिकको हत्या गर्ने अमेरिकी साम्राज्यवादका पिट्ठु पेरूका पूर्व-राष्ट्रपति अल्बर्टो फुजिमोरोलाई २५ बर्से कारावास सजायबाट सजाय माफी दिइएको घटनाले अहिले पेरूका सडकहरू तातेका छन् । माओवादी आन्दोलनलाई दबाउन उनीबाट एक चरणको काम लिइसकेपछि अमेरिकी साम्राज्यवादको पाल्तु कुकुरका रूपमा परिचित फुजिमोरोलाई अमेरिकी साम्राज्यवादकै चाहनामा सत्ताबाट हटाएर भ्रष्टाचार आदिको मुद्धा लगाइको थियो । सजाय सुनाएपछि केही समय जेलमा राखेर उनलाई जमानतमा रिहाइ गरिएको थियो ।  उनी निर्वासित हुन चाहे पनि अन्य राष्ट्रहरूले उनीप्रति चासो राखेका थिएनन् । अहिले वृद्धावस्था भन्दै पेरूको सरकारले उनलाई सजायमाफी दिएको छ । यसलाई लिएर पेरूका जनता हत्यारा फुजिमोरो भन्दै सरकारको निर्णयका विरुद्ध दिनदिनै सडक सङ्घर्ष गरिरहेका छन् । पेरू सरकारको निर्णयले पेरूभित्र मात्र नभएर बाहिर पनि विरोधका कार्यक्रमहरू भएका छन् ।

एकातिर जनताका लागि लडेका पेरू कम्युनिस्ट पार्टीका नेता अबिमाइल गुज्मान, कमरेड गोन्जालोलाई वकिलसमेत राख्न नदिई २५ वर्षदेखि जेलमा राखिएको छ, उनलाई  जेलमै सिध्याउने परिपंच गरिंदैछ भने अर्कोतिर आम नरसंहारकारी फुजिमोरोलाई माफी दिइएको घटनाले सर्वत्र आक्रोस उत्पन्न गरेको छ । पेरूमा माओवादी आन्दोलनसित सम्बद्ध थुप्रै नेताकार्यकर्ताहरूलाई बिना मुद्धा अहिले पनि जेलमा राखिएको छ र औषधीउपचारको पनि व्यवस्था गरिएको छैन   ।

पेरूमा हुन लागेको आम चुनावको समयमा फुजिमोरोलाई अहिलेका राष्ट्रपति पेड्रो पाब्लो कुजिन्स्कीले सजाय माफी दिएका हुन् ।  खास गरेर सन् १९९० देखि २००० सम्मको उनको शासनकाललाई पेरूको सबैभन्दा पीडाको कालका रूपमा लिइन्छ । पेरुमा सबैभन्दा बढी आम नरसंहार र मान्छे बेपत्ता पार्ने काम यसै समयमा भएको छ  । करिब ५ लाख जनता उनको पालामा मारिएको तथा बेपत्ता पारिएको अभिलेख सार्वजनिक भएको छ ।

क्रिसमस र नयाँ वर्षको उपलक्षमा  भन्दै उनलाई माफी दिने घोषणसँगै सबैभन्दा ठूलो विरोधकार्यक्रम पेरुको राजधानी लिमामा ४ जनवरीका दिन भएको थियो । फोटोसहित “हत्यारा फुजिमोरो” लेखिएको  ब्यानर बोकेर हज्जारौँ जनता सडकमा निस्किएका थिए । उनीहरू फुजिमोरोले हत्या गरेका र बेपत्ता पारेका आफन्तहरूको फोटोसहित प्रदर्शनमा उत्रिएका थिए । दर्शन शान्तिपूर्ण भए पनि जनताको विशाल उपस्थिति देखेर  प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस तथा लाठी चार्ज गरेर विरोध कार्यक्रमलाई दबाउने प्रयास गरेको थियो । समाचार माध्यमअनुसार प्रहरीले एक दर्जन जति प्रदर्शनकारीलाई पक्राउ समेत गरेको थियो । अन्तर्राष्ट्रिय समाचार माध्यमअनुसार प्रदर्शनमा ६० हजारभन्दा बढीको उपस्थिति थियो ।
 
लामो अवधिसमम सत्तामा रहेर आम जनताको हत्या गर्ने ७९ वर्षीय फुजिमोरोलाई उमेर र रोगको बहाना बनाएर माफी दिने, अनि जनताको मुक्तिको लडाईँको नेतृत्व गरेका २५ वर्षदेखि जेल जीवन बिताइरहेका ८३ वर्षीय विभिन्न रोगले ग्रसित कमरेड गोन्जालोलाई चाहिँ किन जेल ! भनेर अहिले चौतर्फी आवाज उठेको छ । सरकारकै कतिपय सदस्यहरू  र  सामाजिक कार्यकर्ता तथा वाम बुद्धिजीवीहरूले सजाय माफीको विरोध गरेका छन् ।

अहिले पनि दिनदिनैजसो लिमासहित ग्रामिण क्षेत्र पुनो, टाक्ना, आरेक्विपा, आयाकुचो, ट्रजिलो आदि ठाउँमा  कमरेड गोन्जालोसहित सम्पूर्ण राजबन्दी रिहाइ गर, कुजिन्स्की सरकार मुर्दावादको नारासहित विरोधका कार्यक्रमहरू भइरहेका छन् ।



भिडियो फिचरview all