menu

ताजा समाचार

प्राध्यापकहरूसहित आठ जनालाई पक्राउ पुर्जी

 दिल्ली र जवाहरलाल विश्वविद्यालयमा व्यापक तनाव
अप्रेसन ग्रीन हन्ट को नाममा दिएर मोदी सरकारले चौतर्फी राज्य आतंक मच्चाइरहेको अवस्थामा अहिले माओवादीलाई सघाएको नाममा दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूमाथि आक्रमण तीव्र पारेको छ ।

भारतको मलकानगिरि  जिल्लामा गत अक्टोबर २४ तारिखका दिन भएको नरसंहारका विरुद्ध बौद्धिक क्षेत्र सशक्त प्रतिरोधमा आएपछि यसलाई आतङ्कित पार्न बुद्धिजीवीहरूमाथि निगरानी राख्ने र एकएकओटा बहाना बनाएर विभिन्न घटनासित जोडेर  हत्या र अपराधको मुद्दा लगाइ धरपकड गर्ने काममा  मोदी सरकारले तीव्रता दिएको छ ।   छत्तीसगढ जिल्लाको नमा गाउँमा शुक्रबार मारिएका सामानाथ बाघेलको घटनासित जोडेर दिल्ली विश्वविद्यालयकी प्राध्यापक नन्दिनी सुन्दर, जवाहरलाल विश्वविद्यालयकी प्राध्यापक अर्चानाप्रसाद, जोसी अधिकार संस्थाका विनित तिवारी,  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का विनोद, स्यामला,  भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) छत्तीसगढ जिल्लाका सेक्रेटरी संजय पराटेलगायत आठ जनालाई छत्तिसगढ प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
 
माओवादीको विरूद्ध गठित 'सलवा जुडुम' निकै बदनाम भएपछि र यसका विरद्ध जनता प्रतिकारमा उत्रिएपछि त्यस क्षेत्रमा प्रहरीप्रशासनले माओवादी पार्टी र कार्यकर्ता विरुद्ध अभियान सञ्चालन गर्न ‘एक्सन ग्रुप फर नेस्नल एन्टिग्रिटी’ (अग्नी) नामको अर्को गुन्डा दल गठन गरेको थियो र यसको काम माओवादी  विरुद्ध सुराकी गर्नु, माआवादीहरूलाई सहयोग गर्नेहरूलाई आतङ्कित पार्नु र प्रहरीको आडमा हत्या र वलात्कार गर्नु थियो ।  २८ वर्षीय बाघेल सोही दलको सक्रिय सदस्य  थिए र उनका विरुद्ध जनअदालतमा मुद्दा परेको थियो । जनताकै अगुवाइमा गत सुक्रबार बाघेलमाथि जनकारबाही भएको थियो । अहिले  प्रहरीले जनताले पोलेको नाम र उजुरका आधारमा पक्राउ पुर्जी जारी गरेको भनेर ‘एक्सन ग्रुप फर नेस्नल एन्टिग्रिटी’ (अग्नी) र प्रहरी ज्यादतीको विरोध गर्नेहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  रिचा केसव नामले नन्दिनी सुन्दरम केही दिन अघि त्यस क्षेत्रमा आएर माओवादीको विरोध नर्गन र गरेमा ठीक हुने छैन भनेर धम्याएकी हुनाले सो हत्यामा उनको पनि हात छ भन्ने दलिल प्रहरीले गरेको छ । निकै साहशी र जुझारु स्वभावकी भनेर परिचित नन्दिनी सुन्दरमले पहिले पनि सलवा जुडमका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन् । भर्खरै उनको पुस्तक 'डी बर्निंग फरेस्ट : इन्डियाज वार इं बस्तर' प्रकाशित भएको थियो l  
। नन्दिनीले आफूलाई योजनाबद्ध  ढङ्ग्ले फसाउन खोजिएको भनेर प्रतिवाद गरेकी छन् र यसका प्रहरी प्रमुखहरू षड्यन्त्रपूर्ण किसिमले लागेको कुरा पनि उनले उल्लेख गरेकी छन् । केही दिन अघि मात्र प्रहरी आफैँले नन्दिनीको पुत्ला जलाएको थियो । यसबीच इतिहासविद प्राध्यापक रामचन्द्र गुहा र स्वराज अभियानका नेता प्रशान्त भूषणले सरकारी फासिवादी प्रवृत्तिको विरोध गर्नेहरूलाई आतङकारीका सहयोगी भनेर फसाउने षड्यन्त्र भइरहेको छ भनेर प्राध्यापकहरू विरुद्ध जारी गरिएको पुर्जीको विरोध गरेका छन् ।

स्मरण रहोस्, दिल्ली विश्वविद्यालय माओवादीहरूको अखडा भनेर यसअघि पनि प्राध्यापक जिएन साइबाबा,  विद्यार्थी नेता तथा सांस्कृतिककर्मी हेम मिश्रालाई माओवादीको आरोप लगाएर जेलमा राखिएको थियो । आन्ध्र-ओडिसाको नरसंहारका विरूद्ध दिल्लीको जन्तरमन्तरमा भएको जनसभामा प्राध्यापक साइबाबा, बुद्धिजीवी सरोज गिरी लगायतका व्यक्तित्वहरूले सम्बोधन गरेका थिए ।

भिडियो फिचरview all